कामना सेवा विकास बैंकको संस्थापक शेयर खरिद बिक्री सम्बन्धी सूचनाKamana Sewa Bikas Bank: Notice Regarding Promoter Share Purchase and Sale
- वर्ग:
- Auction
- प्रकाशित मिति:
- Published on July 2, 2026
- जारीकर्ता:
- NEPSE Trading
- पढ्ने समय:
- 1 मिनेट
संस्थापक सेयर खरिद गर्न चाहनुहुने संस्थापक सेयरधनी महानुभावहरुलाई जरुरी सूचना
प्रथम पटक प्रकाशित मिति २०७९/०३/१८
यस कामना सेवा विकास बैंक लिमिटेडको विभिन्न संस्थापक सेयरधनीहरुद्वारा ५,०००/- कित्ता संस्थापक सेयर बिक्री गर्न इच्छा राखी निवेदन दिनु भएकोले नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको एकीकृत निर्देशनको इ.प्रा.नं. १०/०७२ को बुँदा नं. १५ (ख) मा भएको व्यवस्था बमोजिम पहिलो प्राथमिकता अनुरुप उक्त संस्थापक सेयर खरिद गरी लिन इच्छुक यस बैंकका साविक संस्थापक सेयरधनीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
साथै, यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिन भित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन प्राप्त नभएमा नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको अधिनमा रहि प्रचलित कानून बमोजिम बाह्य खरिदकर्तालाई संस्थापक सेयर बिक्रीका लागि प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
नोट : यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी यस बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा के कति सेयर खरिद गरी लिनु हुने हो सो को व्यहोरा खुलाई निवेदन दिनु हुन सूचित गरिन्छ।
Urgent Notice to Promoter Shareholders Interested in Purchasing Promoter Shares
First Published Date: २०७९/०३/१८
This notice has been published for the information of the existing promoter shareholders of Kamana Sewa Bikas Bank Limited who are interested in purchasing the said promoter shares, as various promoter shareholders of this bank have expressed their desire to sell ५,०००/- units of promoter shares, and according to the provision in clause no. १५ (ख) of Integrated Directive no. इ.प्रा.नं. १०/०७२ issued by Nepal Rastra Bank, priority will be given to them.
Furthermore, if no application for share purchase is received from the existing promoter shareholders within ३५ (thirty-five) days from the date of publication of this notice, the process for selling promoter shares to external buyers will be initiated as per the prevailing laws under the Integrated Directive issued by Nepal Rastra Bank. This notice is also published for the information of all concerned regarding this matter.
Note: Within ३५ (thirty-five) days from the date of publication of this notice, interested parties are requested to submit an application clearly stating the quantity of shares they wish to purchase, along with the necessary documents, at the central office of this bank in Gyaneshwor, Kathmandu.




