·

हिमालयन लाइफ इन्स्योरेन्सका नयाँ सीईओमा कपिल कुमार दाहाल नियुक्त

Author

NEPSE TRADING

हिमालयन लाइफ इन्स्योरेन्सका नयाँ सीईओमा कपिल कुमार दाहाल नियुक्त

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले कपिल कुमार दाहाललाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ। बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दाहाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि कम्पनीका तत्कालीन सीईओ मनोज लाल कर्ण असोज २८ गतेदेखि पदबाट बाहिरिएका थिए। कर्णको कार्यकालमा कम्पनीका अभिकर्ता र कर्मचारीहरूले नेतृत्व परिवर्तनको माग गर्दै आन्दोलन गरेका थिए। आन्दोलनको दबाबपछि कर्णले राजीनामा दिएका थिए।

त्यसपछि कम्पनीले तत्कालीन उप–प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)का रूपमा कार्यरत दाहाललाई निमित्त सीईओको जिम्मेवारी दिएको थियो। केही समयसम्म सो पदमा रहँदै आएका दाहाललाई बुधबारको बैठकले औपचारिक रूपमा स्थायी सीईओमा नियुक्त गरेको हो।

चार्टर्ड एकाउन्टेन्टसमेत रहेका दाहालसँग बीमा तथा वित्तीय क्षेत्रको करिब १५ वर्षको अनुभव छ। उनले सन् २००९ मा भारतको चेन्नईस्थित Institute of Chartered Accountants of India (ICAI) बाट चार्टर्ड एकाउन्टेन्सी पूरा गरेका थिए।

दाहालले यसअघि युनियन लाइफ इन्स्योरेन्सका डीसीईओका रूपमा कार्य गरेका थिए। युनियन लाइफ, गुरास लाइफ र प्राइम लाइफ इन्स्योरेन्सबीचको एकीकरणपछि बनेको हिमालयन लाइफ इन्स्योरेन्समा उनी डीसीईओकै भूमिकामा कार्यरत थिए।

Related News