NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Karnali Development Bank Scandal: Former Chairman Mishra Arrested, Investigation Intensifi...
    कर्णाली बैंक अनियमितता प्रकरणः पूर्वअध्यक्ष मिश्र पक्राउ, अनुसन्धान तीव्र
    Investor
    1 min read
    Published on July 3, 2025
    NEPSE trading

    कर्णाली बैंक अनियमितता प्रकरणः पूर्वअध्यक्ष मिश्र पक्राउ, अनुसन्धान तीव्रKarnali Development Bank Scandal: Former Chairman Mishra Arrested, Investigation Intensifies

    कर्णाली डेभलपमेन्ट बैंकमा देखिएको करोडौँको आर्थिक अनियमितताको मुद्दामा पूर्वअध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन्। मिश्रलाई नेपालगञ्जबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार बैंक घोटालासँग जोडिएका व्यक्तिहरूमा यो पछिल्लो पक्राउ हो।

    मधेश आन्दोलनको पृष्ठभूमिबाट राजनीति यात्रा सुरु गरेका मिश्र २०७४ सालमा प्रतिनिधिसभा चुनावमा उम्मेदवारसमेत थिए। एमालेको समर्थनमा चुनाव लडेका उनी हाल नेकपा (एमाले) का केन्द्रीय सदस्य हुन्। लामो समय फरार रहेका उनी बैंक हिनामिना प्रकरणमा मुख्य अभियुक्तको रूपमा पहिचान भएपछि निगरानीमा थिए।

    यसअघि नै बैंकका तत्कालीन वित्त प्रमुख र संस्थापक अध्यक्ष पक्राउ परिसकेका छन्। हाल अनुसन्धान टोली बाँकेमा खटिएको छ। नेपाल राष्ट्र बैंकको निर्देशनमा अनुसन्धान अघि बढिरहेको छ।

    घटनापछि बैंकको आन्तरिक छानबिन समितिले ठुलो वित्तीय अनियमितताको रिपोर्ट तयार पारेको थियो। उक्त प्रतिवेदनका आधारमा राष्ट्र बैंकले कर्णाली बैंकलाई समस्याग्रस्त बैंकको सूचीमा राख्दै प्रत्यक्ष हस्तक्षेप गरेको थियो।

    प्रहरीका अनुसार हालसम्म झण्डै २ अर्ब ५० करोड रुपैयाँ बराबरको रकम दुरुपयोग भएको आशंका छ। बैंकिङ कसुर तथा सजायसम्बन्धी ऐनअन्तर्गत अनुसन्धान भइरहेको छ।

    यो प्रकरणले देशको वित्तीय नियमन प्रणालीमा गम्भीर प्रश्न उठाएको छ भने सार्वजनिक निकायको निगरानी संयन्त्र सुदृढ गर्नु आवश्यक रहेको सन्देश दिएको छ।

    Pashupati Dayal Mishra, the former chairman of Karnali Development Bank, has been arrested in connection with a multi-crore financial irregularity case. He was taken into custody from Nepalgunj, marking a significant breakthrough in the ongoing investigation into the bank’s alleged embezzlement.

    Mishra, who rose to political prominence during the Madhesh Movement, had contested the 2017 parliamentary elections from Banke-2 under the CPN-UML’s symbol. He is currently a central committee member of the UML. After being on the run for an extended period, Mishra was under close watch following his suspected involvement in the large-scale banking fraud.

    Earlier, the bank’s then chief of finance and founding chairman had already been arrested. A police team is now stationed in Banke district to further pursue the case under the coordination of Nepal Rastra Bank.

    The scandal came to light after an internal probe committee, led by the current board chairman, flagged massive financial discrepancies. Based on the findings, Nepal Rastra Bank declared Karnali Development Bank as troubled and took over its management.

    According to police sources, misappropriation of approximately NPR 2.5 billion has been reported so far. The investigation is being conducted under the Banking Offense and Punishment Act, 2008.

    This case has raised serious concerns about financial oversight and highlights the need for stronger regulatory enforcement within Nepal’s banking sector.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026