
काठमाडौँ सहकारी संकट: ५ अर्बभन्दा बढी रकम अलपत्रKathmandu Cooperative Crisis: Over Rs 5 Billion of Savings Trapped
काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा रकम फिर्ताको माग गर्दै ६ हजारभन्दा बढी बचतकर्ता धाइरहेका छन्। उनीहरूको जम्मा ५ अर्ब २७ करोड रुपैयाँ विभिन्न सहकारीमा अलपत्र परेको छ।
वैशाख १७ गतेदेखि उजुरीको ओइरो लागेको छ। प्रत्येक दिन औसत ३० जना पीडित विभागको ढोका ढकढक्याउन आउँछन् — अधिकांशले एक लाखदेखि पाँच लाखसम्म बचत गुमाएका छन्।
विभाग प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार उजुरीकै आधारमा रकम फिर्ताको प्रक्रिया शुरु भइसकेको छ। पहिलो चरणमा बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट कोअपरेटिभमार्फत डेढ लाखसम्म बचत गरेका ३४ जनाको रकम फिर्ता भएको छ।
आगामी एक महिनाभित्र पाँच लाखसम्मका बचतकर्ताको रकम फर्काउने योजना छ। ठूला बचतकर्ताका लागि भने ऋण असुली प्रक्रियाबाटै रकम जुटाउने तयारी छ।
महानगरमा दर्ता भएका १ हजार ९१२ सहकारीमध्ये आधाले मात्र नियमित साधारणसभा र प्रतिवेदन बुझाएका छन्। नियम नपालेका सहकारीमाथि कानुनी कारबाही अघि बढाइने महानगरले स्पष्ट पारेको छ।
More than 6,000 depositors have filed complaints at the Cooperative Department of Kathmandu Metropolitan City, demanding the return of their savings. A staggering Rs 5.27 billion remains frozen across various troubled cooperatives.
Since Baisakh 17, the flood of complaints has not slowed. Around 30 depositors show up at the department's doorstep every single day — most of them small savers who had deposited between Rs 100,000 and Rs 500,000.
Department Chief Dhruba Kumar Kafle confirmed that the refund process has been set in motion based on the complaints received. In the first phase, 34 depositors who had saved up to Rs 150,000 with Buddha Darshan Saving and Credit Cooperative have already received their money back.
Within the next month, the department plans to clear dues for all depositors with savings up to Rs 500,000. For larger depositors, recovery will depend on the outcome of ongoing loan collection proceedings.
Of the 1,912 cooperatives registered in Kathmandu, only about half have been holding regular annual general meetings and submitting reports on time. The metropolitan city has warned that legal action will be taken against those failing to meet regulatory obligations.



