·

खानीखोला हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने म्याद भदौ ३१ गतेसम्म थप

Author

NEPSE TRADING

खानीखोला हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने म्याद भदौ ३१ गतेसम्म थप

खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ३ गतेदेखि बिक्रीमा ल्याएको हकप्रद सेयरमा आवेदन दिने म्याद थप भएको छ।

यसअघि कम्पनीले आवेदन दिने अन्तिम मिति भदौ २३ गते तोकेको थियो। तर पर्याप्त आवेदन नपरेपछि म्याद थप गरी अब भदौ ३१ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

कम्पनीले हाल कायम चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरको १०० प्रतिशत हकप्रद सेयर निष्कासन गरिरहेको छ। यसअनुसार, १:१ अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी भइरहेको छ।

हकप्रद प्रयोजनका लागि कम्पनीले यसअघि असार २७ गते एक दिन बुक क्लोज गरेको थियो। त्यसअनुसार, असार २६ गतेसम्म नेप्सेमा नाम दर्ता भएका शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।

Related News