NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Kumari Bank Limited – Third Quarter Financial Report Analysis for Fiscal Year 2081/82 (202...
    कुमारी बैंक लिमिटेड – आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक वित्तीय विवरण विश्लेषण
    Investor
    3 min read
    Published on April 20, 2025
    NEPSE trading

    कुमारी बैंक लिमिटेड – आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक वित्तीय विवरण विश्लेषणKumari Bank Limited – Third Quarter Financial Report Analysis for Fiscal Year 2081/82 (2024/25)

    कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१-८२ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। यो अवधिमा बैंकको वित्तीय अवस्थामा उल्लेख्य गिरावट देखिएको छ, विशेष गरी खुद नाफा, सञ्चालन नाफा र वितरणयोग्य नाफामा ठूलो कमी आएको छ। साथै, नन-परफर्मिङ लोन (एनपीएल) मा भएको वृद्धि र इम्पेयरमेन्ट चार्जमा भएको वृद्धिले बैंकको वित्तीय स्वास्थ्यमा दबाब परेको छ। यहाँ कुमारी बैंकको तेस्रो त्रैमासिक वित्तीय विवरणको विस्तृत विश्लेषण प्रस्तुत गरिएको छ।

    खुद नाफामा ठूलो गिरावट

    कुमारी बैंकले यो त्रैमासमा २८ करोड ५८ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ७२.८५ प्रतिशतले कम हो। गत आर्थिक वर्ष २०८०-८१ को तेस्रो त्रैमासमा बैंकले १ अर्ब ५ करोड २७ लाख ९४ हजार रुपैयाँ नाफा कमाएको थियो। यो कमीको प्रमुख कारणमा इम्पेयरमेन्ट चार्जमा भएको वृद्धि र खुद ब्याज आम्दानीमा आएको कमी रहेको छ।

    ब्याज आम्दानी र सञ्चालन आम्दानीमा कमी

    बैंकको खुद ब्याज आम्दानी ६.२७ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ६५ लाख ५० हजार रुपैयाँमा सीमित भएको छ। गत वर्ष यो ८ अर्ब ४२ करोड ४७ लाख ९८ हजार रुपैयाँ थियो। यो ५२ करोड ८२ लाख ४८ हजार रुपैयाँको कमी हो। त्यस्तै, कुल सञ्चालन आम्दानी पनि ०.५५ प्रतिशतले घटेर १० अर्ब ४९ करोड ५९ लाख २६ हजार रुपैयाँमा झरेको छ। गत वर्ष यो १० अर्ब ५५ करोड ४४ लाख ७० हजार रुपैयाँ थियो। ब्याज आम्दानीमा आएको कमीले बैंकको सञ्चालन नाफा र खुद नाफामा प्रत्यक्ष प्रभाव पारेको छ।

    इम्पेयरमेन्ट चार्जमा उल्लेख्य वृद्धि

    बैंकको इम्पेयरमेन्ट चार्ज (खराब कर्जा व्यवस्थापनका लागि छुट्याइएको रकम) मा ठूलो वृद्धि भएको छ। गत वर्ष ३ अर्ब ५४ करोड ३६ लाख ८४ हजार रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ५ अर्ब १६ करोड ७१ लाख ७२ हजार रुपैयाँ पुगेको छ। यो १ अर्ब ६२ करोड ३४ लाख ८८ हजार रुपैयाँको वृद्धि हो। इम्पेयरमेन्ट चार्जमा भएको यो वृद्धिले सञ्चालन नाफामा ठूलो दबाब परेको छ। जसका कारण सञ्चालन नाफा २३.९९ प्रतिशतले घटेर ५ अर्ब ३२ करोड ८७ लाख ५४ हजार रुपैयाँमा झरेको छ। गत वर्ष यो ७ अर्ब १० करोड ७८ लाख ५ हजार थियो।

    समग्र नाफा र वितरणयोग्य नाफा

    बैंकको समग्र नाफा (Operating Profit) ७५.३१ प्रतिशतले घटेर ५५ करोड ८३ लाख ९८ हजार रुपैयाँमा सीमित भएको छ। गत वर्ष यो २ अर्ब २६ करोड १८ लाख ७४ हजार थियो। त्यस्तै, वितरणयोग्य नाफा (Distributable Profit) ऋणात्मक रहेको छ। यो त्रैमासमा वितरणयोग्य नाफा ६ अर्ब ५० करोड ३३ लाख ३४ हजार रुपैयाँ ऋणात्मक छ, जुन गत वर्ष ४ अर्ब २० करोड ५२ लाख २९ हजार ऋणात्मक थियो। यो २ अर्ब २९ करोड ८१ लाख ५ हजारले थप ऋणात्मक भएको हो। वितरणयोग्य नाफा ऋणात्मक हुनुले बैंकले लाभांश वितरण गर्न सक्ने अवस्था नरहेको संकेत गर्छ।

    चुक्ता पुँजी र जगेडा कोष

    बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ रहेको छ, जुन गत वर्षको तुलनामा स्थिर छ। तर, जगेडा कोषमा भने ११.३७ प्रतिशतले वृद्धि भएको छ। यो त्रैमासमा जगेडा कोष १५ अर्ब ५३ करोड ७३ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्ष १३ अर्ब ९४ करोड ४७ लाख ६२ हजार थियो। यो १ अर्ब ५८ करोड २६ लाख ११ हजारको वृद्धि हो। जगेडा कोषमा भएको यो वृद्धि सकारात्मक पक्ष हो, तर समग्र नाफामा आएको कमीले यसको प्रभाव सीमित देखिन्छ।

    नन-परफर्मिङ लोन (एनपीएल) मा वृद्धि

    बैंकको नन-परफर्मिङ लोन (एनपीएल) मा पनि उल्लेख्य वृद्धि भएको छ। गत वर्ष ४.९५ प्रतिशत रहेको एनपीएल यो वर्ष ६.९८ प्रतिशत पुगेको छ, जुन २.०३ प्रतिशत बिन्दुले वृद्धि हो। एनपीएलमा भएको यो वृद्धिले बैंकको कर्जा व्यवस्थापन र जोखिम नियन्त्रणमा चुनौती थपिएको संकेत गर्छ। उच्च एनपीएलले बैंकको वित्तीय स्थायित्वमा दीर्घकालीन प्रभाव पार्न सक्छ।

    आधार दर र कोषको लागत

    बैंकको आधार दर (बेस रेट) मा कमी आएको छ। गत वर्ष ९.६३ प्रतिशत रहेको आधार दर यो वर्ष ६.७८ प्रतिशतमा झरेको छ, जुन २.८५ प्रतिशत बिन्दुको कमी हो। त्यस्तै, कोषको लागत पनि ७.५८ प्रतिशतबाट घटेर ५.०५ प्रतिशतमा आएको छ, जुन २.५३ प्रतिशत बिन्दुको कमी हो। आधार दर र कोषको लागतमा आएको यो कमीले कर्जाको ब्याजदरमा केही राहत प्रदान गर्न सक्छ, तर ब्याज आम्दानीमा आएको कमीले यसको सकारात्मक प्रभाव कम भएको छ।

    प्रतिसेयर आम्दानी र नेटवर्थ

    बैंकको प्रतिसेयर आम्दानी (Earnings Per Share - EPS) मा ठूलो गिरावट आएको छ। गत वर्ष ५.३५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी यो वर्ष १.४५ रुपैयाँमा झरेको छ, जुन ३.९० रुपैयाँको कमी हो। तर, प्रतिसेयर नेटवर्थ (Net Worth Per Share) भने स्थिर रहेर १३४.४३ रुपैयाँ कायम छ। प्रतिसेयर आम्दानीमा आएको यो कमीले सेयरधनीहरूको प्रतिफलमा नकारात्मक प्रभाव परेको देखिन्छ।

    निक्षेप र कर्जा

    ग्राहकबाट प्राप्त निक्षेपमा वृद्धि भएको छ। यो त्रैमासमा निक्षेप ५.०९ प्रतिशतले बढेर ३५० अर्ब ७९ करोड २२ लाख ४ हजार रुपैयाँ पुगेको छ। गत वर्ष यो ३३३ अर्ब ११ करोड ३२ लाख २ हजार थियो। यो १७ अर्ब ६७ करोड ९० लाख २ हजारको वृद्धि हो। तर, ग्राहकलाई प्रदान गरिएको कर्जा भने १.४९ प्रतिशतले घटेर २६४ अर्ब ४२ करोड ६३ लाख ४५ हजार रुपैयाँमा झरेको छ। गत वर्ष यो २६८ अर्ब ४३ करोड १२ लाख ७० हजार थियो। यो ४ अर्ब ४८ लाख २५ हजारको कमी हो। कर्जामा आएको यो कमीले ब्याज आम्दानीमा पनि प्रभाव परेको देखिन्छ।

    कुमारी बैंकको यो त्रैमासिक वित्तीय विवरणले बैंकले ठूलो वित्तीय चुनौतीको सामना गरिरहेको देखाउँछ। खुद नाफामा ७२.८५ प्रतिशतको गिरावट, एनपीएलमा २.०३ प्रतिशत बिन्दुको वृद्धि, र इम्पेयरमेन्ट चार्जमा भएको ठूलो वृद्धिले बैंकको वित्तीय स्वास्थ्यमा दबाब परेको छ। ब्याज आम्दानी र सञ्चालन आम्दानीमा आएको कमीले पनि नाफामा नकारात्मक प्रभाव पारेको छ। यद्यपि, जगेडा कोषमा भएको वृद्धि र कोषको लागतमा आएको कमी केही सकारात्मक पक्षहरू हुन्।

    आगामी दिनमा बैंकले एनपीएल व्यवस्थापन, इम्पेयरमेन्ट चार्ज नियन्त्रण, र ब्याज आम्दानी वृद्धिमा ध्यान दिन सकेमा वित्तीय अवस्था सुधार हुन सक्छ। अन्यथा, उच्च एनपीएल र घट्दो नाफाले बैंकको दीर्घकालीन स्थायित्वमा थप जोखिम निम्त्याउन सक्छ।

    Kumari Bank Limited has published its third-quarter financial statement for the current fiscal year 2081/82. The report indicates significant deterioration in the bank's financial performance, particularly in net profit, operating profit, and distributable profit. Increases in Non-Performing Loans (NPLs) and impairment charges have further strained the bank's financial health. Here is a detailed analysis of Kumari Bank’s Q3 financial performance:


    Sharp Decline in Net Profit

    Kumari Bank earned a net profit of NPR 285.82 million in this quarter, a decline of 72.85% compared to the same period last year. In Q3 of FY 2080/81, the bank had earned NPR 10.52 billion in net profit. The main reasons for this drop were the rise in impairment charges and a decline in net interest income.


    Reduction in Interest and Operating Income

    • Net Interest Income decreased by 6.27%, reaching NPR 7.89 billion compared to NPR 8.42 billion last year – a drop of NPR 528.25 million.

    • Total Operating Income fell slightly by 0.55%, totaling NPR 10.49 billion, down from NPR 10.55 billion last year.

    This decline in income directly impacted both operating and net profits.


    Significant Rise in Impairment Charges

    Impairment charges (provisions for bad loans) rose notably:

    • From NPR 3.54 billion last year to NPR 5.17 billion this year – an increase of NPR 1.62 billion.

    • As a result, Operating Profit dropped by 23.99% to NPR 5.33 billion, compared to NPR 7.11 billion last year.


    Operating and Distributable Profit

    • Operating Profit plunged by 75.31% to NPR 558.39 million, from NPR 2.26 billion last year.

    • Distributable Profit remains negative at NPR -6.50 billion, worsening from NPR -4.20 billion last year. This represents a deterioration of NPR 2.29 billion.

    A negative distributable profit implies the bank is currently not in a position to issue dividends.


    Paid-up Capital and Reserve Fund

    • Paid-up Capital stands stable at NPR 26.22 billion.

    • Reserve Fund grew by 11.37%, reaching NPR 15.53 billion compared to NPR 13.94 billion last year – an increase of NPR 1.58 billion.
      Although positive, the overall profit decline limits the impact of this reserve growth.


    Increase in Non-Performing Loans (NPL)

    • NPL rose from 4.95% last year to 6.98% this year – an increase of 2.03 percentage points.

    • This highlights growing challenges in credit risk management and long-term financial stability concerns.


    Base Rate and Cost of Funds

    • Base Rate fell from 9.63% to 6.78%, a drop of 2.85 percentage points.

    • Cost of Funds also declined from 7.58% to 5.05%, a reduction of 2.53 percentage points.

    While this provides some relief in loan interest rates, the drop in interest income offsets any positive impact.


    Earnings Per Share (EPS) and Net Worth Per Share

    • EPS saw a sharp decline from NPR 5.35 to NPR 1.45, down by NPR 3.90.

    • Net Worth Per Share remained stable at NPR 134.43.

    The reduced EPS negatively affects shareholder returns.


    Deposits and Loans

    • Customer Deposits increased by 5.09%, reaching NPR 350.79 billion, compared to NPR 333.11 billion last year – an increase of NPR 17.68 billion.

    • However, Loans and Advances decreased by 1.49% to NPR 264.43 billion, down from NPR 268.43 billion – a decrease of NPR 4.48 billion.

    The decline in lending has further impacted interest income.

    Kumari Bank’s Q3 financial report reveals that the bank is facing substantial financial challenges:

    • Net profit has dropped by 72.85%,

    • NPL has increased by 2.03 percentage points, and

    • Impairment charges have risen sharply.

    These issues have severely impacted the bank’s profitability and sustainability. Although there are a few positives – like an increase in reserves and a reduction in base rate and cost of funds – they are insufficient to counterbalance the major negative trends.

    Going forward, the bank must prioritize NPL management, impairment charge control, and reviving interest income. Failing to do so could further erode the bank’s long-term stability and shareholder value.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026