NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Lack of Buzz in Market Due to Chaitra Month-End, Dragonfly Doji Candle Forms in Technical...
    चैत मसान्तको प्रभावले बजारमा चहलपहल कम,टेक्निकलमा बन्यो ड्र्यागनफ्लाइ डोजी क्यान्डल
    Investor
    3 min read
    Updated on April 8, 2025
    NEPSE trading

    चैत मसान्तको प्रभावले बजारमा चहलपहल कम,टेक्निकलमा बन्यो ड्र्यागनफ्लाइ डोजी क्यान्डलLack of Buzz in Market Due to Chaitra Month-End, Dragonfly Doji Candle Forms in Technicals

    चैत मसान्तको प्रभावले नेपालको शेयर बजारमा खासै चहलपहल देखिएको छैन। यो अवधिमा लगानीकर्ताहरू बैंकको ब्याज र कर व्यवस्थापनमा व्यस्त हुने भएकाले बिक्रीको दबाब बढ्ने गर्छ। तर, वैशाख सुरु भएसँगै यो दबाब कम हुने र बजारमा उत्साह थपिने अपेक्षा गरिएको छ। आज टेक्निकल चार्टमा वर्षौंपछि "ड्र्यागनफ्लाइ डोजी" क्यान्डल बनेको छ, जसले बजारमा सकारात्मक संकेत देखाएको छ।

    नेप्से परिसूचकमा सामान्य गिरावट

    वैशाखको पहिलो साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य कमी देखिएको छ। परिसूचक ३.४४ अंकले झरेर २६६६.६१ विन्दुमा पुगेको छ। अघिल्लो दिन सोमबार पनि बजारमा गिरावट आएको थियो, र मंगलबार पनि त्यही रुझान कायम रह्यो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.२२ अंक, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३६ अंक र फ्लोट इण्डेक्स ०.३३ अंकले घटेका छन्।

    कारोबार रकममा पनि ह्रास आएको छ। सोमबार ५ अर्ब ५० करोडभन्दा बढीको शेयर किनबेच भएकोमा मंगलबार भने ५ अर्ब ३० करोड ९५ लाख रुपैयाँको मात्रै कारोबार भएको छ। कुल ३२१ कम्पनीका १ करोड ६ लाख ४३ हजार कित्ता शेयर ५३ हजार ४९२ पटक खरिदबिक्री भए।

    केही कम्पनीको सकारात्मक प्रदर्शन

    केही कम्पनीले भने सकारात्मक नतिजा देखाएका छन्। बोटलर्स नेपाल (बालाजु), विन नेपाल लघुवित्त र नेपाल माइक्रो इन्स्योरेन्सको शेयर मूल्य सकारात्मक सर्किटमा पुगेको छ। मैलुङ्ग खोला जलविद्युतको शेयर मूल्य ४ प्रतिशतभन्दा माथि उक्लिएको छ। यद्यपि, बाराही हाइड्रोपावरको शेयर मूल्य ५.८५ प्रतिशतले घट्दा यो दिन सबैभन्दा बढी प्रभावित कम्पनी बन्यो।

    कारोबार रकमको आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ५९ करोड १४ लाख रुपैयाँसहित पहिलो स्थान हासिल गरेको छ। हिमालयन रि इन्स्योरेन्सको ४० करोड र नेपाल पुनर्बीमा कम्पनीको २३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

    उपसमूहको मिश्रित प्रदर्शन

    उपसमूहहरूको प्रदर्शनमा मिश्रित परिणाम देखिएको छ। १३ मध्ये ४ उपसमूहमा सुधार देखियो भने ९ वटामा गिरावट आयो। उत्पादन तथा प्रशोधन उपसमूह १.५७ प्रतिशतले बढेर सबैभन्दा बलियो देखिएको छ। वित्त, निर्जीवन बीमा र व्यापार उपसमूहमा पनि केही सुधारको संकेत देखिएको छ।

    बजारको समग्र अवस्था र अपेक्षा

    नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा अनिश्चितता कायम रहँदा लगानीकर्ताहरू सतर्क छन्। केन्द्रीय बैंकको नीतिले बजारमा प्रभाव पार्ने भएकाले यो विषयले चर्चा पाइरहेको छ। नेप्से लामो समयदेखि २५०० देखि २८०० को सीमाभित्र स्थिर छ। बजार न त धेरै तल झरेको छ, न त उल्लेख्य उचाइमा पुगेको छ। तैपनि, बजार उकालो लाग्ने संकेतहरू प्रबल छन्।

    अनुभवी लगानीकर्ताहरू अहिले बुल रनको चरण सुरु भएको ठान्छन्। विगतको इतिहास हेर्दा बुल र बेयर चरणहरू निश्चित समयसम्म चल्ने गर्छन्, र अहिले बुलको समय आएको उनीहरूको तर्क छ। बैंकको ब्याजदर घट्दा बजारमा सकारात्मक प्रभाव पर्ने सम्भावना छ। सस्तो ब्याजले बैंक निक्षेपबाट शेयर बजारतर्फ लगानी बढाउँछ। हाल तरलता पर्याप्त छ, र बैंकहरू सेयर धितो कर्जामा जोड दिइरहेका छन्। सस्तो कर्जाले नयाँ लगानीकर्तालाई आकर्षित गरिरहेको छ।

    केही कम्पनीको शेयर मूल्य अझै किफायती छ, जसमा लगानी गर्दा प्रतिफल लिन सकिन्छ। बलियो वित्तीय अवस्था र लाभांश दिन सक्ने कम्पनीहरूले जोखिम कम गर्छन्। यस्ता कम्पनीको सेयर धितोमा कर्जा पनि सहजै उपलब्ध हुन्छ। म्युचुअल फन्डजस्ता ठूला लगानीकर्ताको सक्रियताले पनि बजारलाई माथि लैजाने काम गरिरहेको छ। बजारमा करेक्सन आए पनि नयाँ उचाइको सम्भावना बलियो रहेको लगानीकर्ताहरूको अनुमान छ।

    टेक्निकल विश्लेषण: ड्र्यागनफ्लाइ डोजी क्यान्डल

    आज टेक्निकल चार्टमा वर्षौंपछि ड्र्यागनफ्लाइ डोजी क्यान्डल बनेको छ, जसलाई निकै सकारात्मक संकेत मानिएको छ। यो क्यान्डलले बजारमा खरिदकर्ताहरूको बलियो उपस्थितिलाई देखाउँछ। विश्लेषकहरूका अनुसार, यदि बजार २६६० विन्दुभन्दा तल झर्छ भने थप बिक्री दबाब आउन सक्छ। तर, यदि बजार २६६० मा टिक्छ र २७३० को स्तर पार गर्छ भने बजार थप माथि जाने सम्भावना बलियो छ।

    "यो क्यान्डलले बजारमा नयाँ आशा जगाएको छ। तर, लगानीकर्ताहरूलाई सावधानीपूर्वक निर्णय लिन सुझाव दिन्छु," एकजना टेक्निकल विश्लेषकले भने। वैशाखको सुरुवातसँगै बजारमा उत्साह थपिने र नयाँ उचाइको सम्भावना रहेको जानकारहरूको भनाइ छ।

    The Nepalese stock market has seen little buzz due to the effects of the Chaitra month-end. During this period, investors are typically preoccupied with managing bank interest and taxes, which increases selling pressure. However, with the start of Baishakh, this pressure is expected to ease, paving the way for renewed enthusiasm in the market. Notably, a "Dragonfly Doji" candle, unseen for years, formed on the technical charts today, signaling a positive shift in the market.

    Slight Decline in NEPSE Index

    On the second trading day of the first week of Baishakh, Tuesday, the Nepal Stock Exchange (NEPSE) index experienced a slight decline. The index dropped by 3.44 points, settling at 2666.61. The downward trend continued from Monday, with Tuesday reflecting a similar pattern. Likewise, the Sensitive Index fell by 1.22 points, the Sensitive Float Index by 0.36 points, and the Float Index by 0.33 points.

    Trading volume also saw a decrease. While Monday recorded transactions exceeding NPR 5.50 billion, Tuesday’s turnover amounted to just NPR 5.30 billion and 95 lakhs. A total of 10.643 million shares from 321 companies were traded 53,492 times.

    Positive Performances by Some Companies

    Despite the overall dip, a few companies posted positive results. Bottlers Nepal (Balaju), Wean Nepal Laghubitta, and Nepal Micro Insurance hit positive circuit levels in their share prices. Mailung Khola Hydropower’s share price rose by over 4 percent. However, Barahi Hydropower suffered the most significant loss of the day, with its share price dropping by 5.85 percent.

    In terms of trading volume, NRN Infrastructure and Development led with NPR 591.4 million, followed by Himalayan Reinsurance with NPR 400 million and Nepal Reinsurance Company with over NPR 230 million in share transactions.

    Mixed Performance Among Sub-Groups

    The performance of sub-groups was mixed. Out of 13 sub-groups, 4 showed improvement, while 9 recorded declines. The Manufacturing and Processing sub-group emerged as the strongest, rising by 1.57 percent. The Finance, Non-Life Insurance, and Trading sub-groups also displayed signs of improvement.

    Overall Market Situation and Expectations

    Uncertainty surrounding the appointment of Nepal Rastra Bank’s governor has kept investors cautious. As central bank policies significantly influence the market, this issue continues to draw attention. The NEPSE index has remained stable within the 2500 to 2800 range for an extended period, neither plunging significantly nor reaching notable highs. Nevertheless, signs of an upward trajectory are becoming evident.

    Experienced investors believe a bull run has begun. Historical patterns suggest that bull and bear phases persist for specific durations, and many argue that the current phase marks the start of a bull market. A decline in bank interest rates could positively impact the market, as lower rates typically shift investments from bank deposits to the stock market. With ample liquidity and banks emphasizing share-backed loans, affordable credit is attracting new investors.

    Certain companies’ share prices remain affordable, offering potential returns for investors. Companies with strong financials and the ability to pay dividends present lower risks. Such stocks also facilitate easier access to loans against share collateral. Banks are currently prioritizing share-backed loans, while the active participation of large investors like mutual funds is further driving the market upward. Even if a correction occurs, investors anticipate the market reaching new highs.

    Technical Analysis: Dragonfly Doji Candle

    Today, a Dragonfly Doji candle formed on the technical chart after years, a development widely regarded as a highly positive signal. This candlestick reflects strong buyer presence in the market. Analysts suggest that if the market falls below 2660 points, additional selling pressure could emerge. However, if it holds above 2660 and breaches the 2730 level, the market is likely to climb higher.

    "This candle has sparked new hope in the market. Still, I advise investors to make decisions cautiously," said a technical analyst. With the onset of Baishakh, experts expect increased enthusiasm and the possibility of the market hitting new heights.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026