
एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन Last Day to Apply for Everest Color IPO for Nepalis Abroad
एभरेष्ट कलर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (बैशाख २२ गते) अन्तिम दिन रहेको छ। कम्पनीले बैशाख १६ गतेदेखि खुला गरेको उक्त आईपीओमा तोकिएको समयसीमाभित्रै आवेदन दिनुपर्नेछ।
कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबर ७ करोड ९० लाख रुपैयाँको ७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये १० प्रतिशत अर्थात ७९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएर निष्काशन गरिएको हो।
आईपीओमा लगानी गर्न चाहनेहरूले न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदन प्रक्रिया सहज बनाउँदै कम्पनीले सी–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाहरू र ‘मेरो शेयर’ अनलाइन प्लेटफर्मबाट आवेदन दिन सकिने सुविधा उपलब्ध गराएको छ।
यस आईपीओको बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा तिनका शाखाहरूबाट आवेदन दिन सक्नेछन्।
रेटिङ्गको दृष्टिकोणबाट हेर्दा केयर रेटिङ्ग्स नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
समयसीमा नजिकिँदै गर्दा योग्य लगानीकर्तालाई समयमै आवेदन दिन आग्रह गरिएको छ। विदेशमा रहेका नेपालीहरूका लागि नेपाली पुँजीबजारमा लगानी गर्ने यो अवसर महत्वपूर्ण मानिएको छ।
Today (May 5 / Baisakh 22) is the final day to apply for the Initial Public Offering (IPO) of Everest Color Limited, which has been opened specifically for Nepalis working abroad. The company had opened the issue on April 29 (Baisakh 16), and eligible applicants must submit their applications within the deadline.
Everest Color Limited received approval to issue 26.33% of its total paid-up capital of NPR 300 million, equivalent to 790,000 shares worth NPR 79 million. Out of this, 10%—that is 79,000 shares—has been allocated for Nepalis employed overseas with valid labor approval from the Government of Nepal.
Investors can apply for a minimum of 10 shares and a maximum of 7,000 shares. Applications can be submitted through the C-ASBA system via banks and financial institutions approved by the Securities Board, as well as through the online platform “Mero Share” operated by CDS and Clearing Limited.
Muktinath Capital Limited has been appointed as the issue and sales manager for the IPO. Eligible applicants can apply through all ASBA member banks and their designated branches.
In terms of credit rating, CARE Ratings Nepal has assigned the company a ‘CARE-NP Double B Issuer Rating,’ indicating a moderate level of risk in its ability to meet financial obligations.
With the deadline approaching, eligible Nepalis working abroad are urged to apply within the stipulated time. The IPO presents a valuable opportunity for overseas investors to participate in Nepal’s capital market.




