NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Last Day to Apply for Mabilung Energy Limited’s IPO
    माबिलुङ्ग इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
    Investor
    1 min read
    Published on August 14, 2025
    NEPSE TRADING

    माबिलुङ्ग इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिनLast Day to Apply for Mabilung Energy Limited’s IPO

    माबिलुङ्ग इनर्जी लिमिटेडले साउन २६ गतेदेखि सर्वसाधारणका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन २९ गते) अन्तिम दिन रहेको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरि बाँडफाँट भइसकेको थियो।

    कम्पनीले कुल १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशनको स्वीकृति पाएको थियो, जसको कुल मूल्य १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबर पर्छ। पहिलो चरणमा ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र १ लाख ५० हजार ४७१ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिएको थियो। बाँकी १३ लाख ५४ हजार २३५ कित्ता शेयर मध्ये ३० हजार ९५ कित्ता कर्मचारीका लागि र ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएपछि सर्वसाधारणका लागि १२ लाख ४८ हजार ९०४ कित्ता शेयर खुला गरिएको हो।

    यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिन्छ। रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई “इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी प्लस” प्रदान गरेको छ, जसले औसत जोखिम भएको संकेत गर्दछ।

    कम्पनीले सञ्चालन गरेको ४.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवाखोला–३ जलविद्युत आयोजनाको कुल लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.४३ वर्ष र डिस्काउण्टेड लगानी फिर्ता हुने अवधि १७.०९ वर्ष रहने अनुमान गरिएको छ।

    यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयमार्फत दिन सकिनेछ।

    Today (August 14) is the final day to apply for Mabilung Energy Limited’s IPO, which opened to the public on August 10. Earlier, the company had issued shares to locals of the project-affected areas and Nepalis working abroad, and allocation for those categories has already been completed.

    The company received approval to issue a total of 1,890,530 shares worth NPR 189,053,000, equivalent to 48.9998% of its issued capital of NPR 385,824,000. In the first phase, 385,824 shares were allocated to locals of the project-affected areas and 150,471 shares to Nepalis working abroad. In the second phase, the company issued 1,354,235 shares, of which 30,095 shares were reserved for employees and 75,236 shares for mutual funds. The remaining 1,248,904 shares are available for the general public.

    Investors can apply for a minimum of 10 shares and a maximum of 50,000 shares. ICRA Nepal has assigned the company an “[ICRANP] IPO Grade Single B Plus,” indicating an average capacity to meet financial obligations and a moderate level of risk.

    The company operates the 4.95 MW Upper Piluwa Khola–3 Hydropower Project, which has a total estimated cost of NPR 1.136 billion, with a per-MW cost of NPR 229.5 million. The project license has 31 years remaining. The simple payback period is estimated at 9.43 years, while the discounted payback period is estimated at 17.09 years.

    The issue manager for the IPO is Laxmi Sunrise Capital Limited. Applications can be submitted through all C-ASBA member banks and financial institutions approved by the Securities Board of Nepal (SEBON) and their designated branches.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026