एनएलजी इन्सुरेन्सको ३.१७ लाख कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन आज
Author
Nepse trading

एनएलजी इन्सुरेन्सको ३ लाख १७ हजार ५३३.२२ कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन आज (माघ २७ गते) रहेको छ। इच्छुक लगानीकर्ताले कार्यालय समयसम्म मात्र आवेदन दिन सक्नेछन्।
कम्पनीले संस्थापक समूहका २९,९७७.३१ कित्ता तथा सर्वसाधारण समूहका २,९०,५५५.९१ कित्ता सेयर लिलामीमा ल्याएको हो। न्यूनतम रु १०० को आधार मूल्यमा प्रतिस्पर्धात्मक बोलपत्र दिनुपर्नेछ। संस्थापक समूहका लागि १०,००० कित्ता र सर्वसाधारण समूहका लागि १०० कित्ता आवेदनको न्यूनतम सीमा तोकिएको छ।
यस लिलामीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ। कम्पनीले यसअघि मंसिर ११ देखि पुस १६ गतेसम्म ९६.३१ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो। त्यस अवधिमा बिक्री नभएका सेयर लिलामीमार्फत बिक्री गर्न लागिएको हो।