
रिलायबल समृद्धि योजना–२ मा आवेदन दिने आज अन्तिम दिनLast Day to Apply for Reliable Samriddhi Yojana–2 Units
रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड ले निष्काशन गरेको सामूहिक लगानी कोष ‘रिलायबल समृद्धि योजना–२’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। क्यापिटलले वैशाख २९ गतेदेखि बिक्री खुला गरेको उक्त फण्डमा मागभन्दा बढी आवेदन परेकाले निर्धारित समयअघि नै निष्काशन बन्द गर्न लागिएको हो।
यसअघि जेठ १२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। तर, पर्याप्त आवेदन परिसकेकाले आज बैंकिङ समयपछि बिक्री बन्द गरिने जनाएको छ।
१० वर्षे बन्दमुखी प्रकृतिको उक्त योजनाअन्तर्गत प्रतिइकाई १० रुपैयाँ दरमा कुल १० करोड इकाई निष्काशन गरिएको छ, जसको कुल आकार एक अर्ब रुपैयाँ बराबर रहेको छ।
कुल इकाईमध्ये १ करोड ४० लाख इकाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड लाई सुरक्षित गरिएको छ भने १० लाख इकाई योजना व्यवस्थापकका लागि छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो।
लगानीकर्ताले न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय तथा ‘मेरो सेयर’ मार्फत सी–आस्बा प्रणाली प्रयोग गरेर दिन सकिनेछ।
Today (May 22) is the final day to apply for the units of “Reliable Samriddhi Yojana–2,” a mutual fund scheme issued by Reliable Capital Investment and Merchant Capital Limited. The scheme, which was opened for public subscription from May 12, is set to close earlier than the original deadline after receiving applications exceeding the offered units.
Although the issue was initially scheduled to remain open until May 26, the company decided to close the offering after banking hours today due to oversubscription.
Under the 10-year closed-end mutual fund scheme, the company has issued 100 million units at a face value of Rs. 10 per unit, amounting to a total fund size of Rs. 1 billion.
Out of the total issued units, 14 million units have been reserved for the fund promoter Reliable Nepal Life Insurance Limited, while 1 million units have been allocated to the scheme manager. The remaining 85 million units were offered to the general public.
Investors are allowed to apply for a minimum of 100 units and a maximum of 10 million units. Applications can be submitted through all ASBA-approved banks and financial institutions, their designated branches, as well as through the “Mero Share” online C-ASBA system.




