NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Last day to apply for Yambaling Hydropower IPO
    याम्बालिङ्ग हाइड्रोको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन
    Investor
    1 min read
    Updated on May 5, 2026
    NEPSE TRADING

    याम्बालिङ्ग हाइड्रोको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन Last day to apply for Yambaling Hydropower IPO

    याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन परेको छ। कम्पनीले बैशाख १६ गतेदेखि खुला गरेको उक्त आईपीओमा लगानीकर्ताले आज (बैशाख २२ गते) बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ।

    यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको थियो। सो प्रक्रिया सम्पन्न भएपछि अहिले दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर बिक्री खुला गरिएको हो।

    कम्पनीले कुल जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये स्थानीय बासिन्दाका लागि ७ लाख कित्ता र विदेशमा कार्यरत नेपालीहरूका लागि २ लाख १० हजार कित्ता शेयर छुट्याइएको थियो। त्यस्तै, सामूहिक लगानी कोषका लागि १ लाख ५ हजार कित्ता र कर्मचारीका लागि ४२ हजार कित्ता शेयर पनि बाँडफाँट भइसकेको छ।

    अब सर्वसाधारणका लागि १७ लाख ४३ हजार कित्ता शेयर निष्काशन गरिएको छ, जसको कुल मूल्य १७ करोड ४३ लाख रुपैयाँ हुन्छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्टासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

    कम्पनीको वित्तीय अवस्थाको मूल्याङ्कन गर्दै केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्गले कम्पनीमा लगानी गर्दा मध्यम स्तरको जोखिम रहेको संकेत गर्ने विश्लेषकहरूको भनाइ छ।

    कम्पनीले सञ्चालन गरिरहेको ७.२७ मेगावाट क्षमताको याम्बालिङ्ग खोला जलविद्युत आयोजना निर्माणमा करिब १ अर्ब ८७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। प्रतिमेगावाट लागत २५ करोड रुपैयाँभन्दा बढी रहेको यो आयोजनाबाट लगानी फिर्ता हुने साधारण अवधि १०.७६ वर्ष र छुट दरमा गणना गर्दा करिब १९.८७ वर्ष लाग्ने देखिएको छ।

    आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा तिनका शाखामार्फत ‘सि–आस्बा’ प्रणाली प्रयोग गरेर आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ प्रणालीमार्फत पनि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

    Today marks the final day to apply for the Initial Public Offering (IPO) of Yambaling Hydropower Limited, which was opened for subscription from Baisakh 16. Investors must submit their applications within banking hours today (Baisakh 22) to participate in the offering.

    The company had earlier completed the allocation of shares to project-affected locals and Nepali citizens working abroad. Following that phase, the IPO has now been made available to the general public under the second stage of issuance.

    Yambaling Hydropower had received approval to issue 40 percent of its total paid-up capital of NPR 700 million, equivalent to 2.8 million shares worth NPR 280 million. Out of this, 700,000 shares were allocated to local residents and 210,000 shares to Nepali workers abroad. Additionally, 105,000 shares were reserved for mutual funds and 42,000 shares for company employees.

    In the current phase, the company is offering 1,743,000 shares worth NPR 174.3 million to general investors. Applicants can apply for a minimum of 10 shares and up to a maximum of 21,000 shares.

    Care Ratings Nepal has assigned the company a ‘CARE-NP BB-’ issuer rating, indicating a moderate level of risk in its financial obligations, which has led to mixed reactions among investors.

    The company is developing the 7.27 MW Yambaling Khola Hydropower Project, with an estimated total cost of NPR 1.87 billion. The cost per megawatt stands at over NPR 25.7 million. The project is expected to recover its investment in approximately 10.76 years on a simple basis, while the discounted payback period is estimated at 19.87 years.

    Muktinath Capital Limited has been appointed as the issue manager. Investors can apply through ASBA-approved banks and financial institutions or via the ‘C-ASBA’ system. Applications can also be submitted online through the CDSC’s ‘Mero Share’ platform.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026