एशियन लाइफ इन्स्योरेन्सको लाभांश प्राप्त गर्न आज अन्तिम मौका
Author
NEPSE trading

एशियन लाइफ इन्स्योरेन्स लिमिटेडको प्रस्तावित लाभांश सुरक्षित गर्न आज असार १९ गते, बिहीबार, अन्तिम दिन हो। कम्पनीले असार २० गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेकोले, आजसम्म सेयर बजारमा कारोबार भई नाम कायम भएका सेयरधनीहरू लाभांश प्राप्त गर्ने हकदार हुनेछन्।
कम्पनीले १७औँ वार्षिक साधारण सभा असार ३० गते, सोमबार, बारास्थित सिमराको होटल इच्छामा आयोजना गर्नेछ। दिउँसो १ बजे सुरु हुने उक्त सभामा ५.१० प्रतिशत बोनस सेयर वितरण र सो बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.२६८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव राखिनेछ। त्यसैगरी, प्रबन्धपत्र र नियमावलीमा संशोधन, सञ्चालक समितिमा नयाँ प्रतिनिधिहरूको चयन, स्वतन्त्र सञ्चालकको मनोनयन तथा आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्तिको प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।