·

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

Author

NEPSE trading

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज सूर्यज्योति लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

सूर्यज्योति र एनआरएनले भोली मंसिर २१ गते बुकक्लोज गर्नेछन् भने फर्स्ट माइक्रोफाइनान्सले मंसिर २३ गते आइतबार बुकक्लोज गर्नेछ। यस अनुसार आजभित्र नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागी हुन र वितरण हुने लाभांश प्राप्त गर्न सक्नेछन्।

साधारण सभा तथा लाभांश प्रस्तावको विवरण

सूर्यज्योति लाइफ इन्स्योरेन्स (SJLIC)

  • सभा मिति: पुस ६, शनिबार, बिहान १०:०० बजे

  • स्थान: बिग होटल, विराटनगर

  • प्रमुख प्रस्तावहरू:

    • २०% नगद लाभांश (कर सहित) वितरण।

    • संस्थापक शेयरधनीबाट सञ्चालक पदमा नियुक्तिको अनुमोदन।

    • लेखापरीक्षकको नियुक्ति।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट (NRN)

  • सभा मिति: पुस १२, शुक्रबार, बिहान ९:०० बजे

  • स्थान: आम्रपाली ब्याङ्क्वेट, थिरबम, काठमाडौं

  • प्रमुख प्रस्तावहरू:

    • ५% बोनस शेयर वितरण।

    • बोनसपश्चात एक बराबर एक अनुपातमा हकप्रद शेयर निष्काशन।

    • चुक्ता पूँजी वृद्धि सम्बन्धी प्रस्ताव।

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त (FMDBL)

  • सभा मिति: पुस ११, बिहीबार, बिहान १०:०० बजे

  • स्थान: आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौं

  • प्रमुख प्रस्तावहरू:

    • ९% बोनस शेयर०.४७% नगद लाभांश (कर प्रयोजनका लागि) वितरण।

    • मर्जर तथा एक्विजिशन सम्बन्धी कार्यका लागि अख्तियारी प्रदान।

    • प्रबन्धपत्र र नियमावली संशोधन।

    • सर्वसाधारण शेयरधनीबाट तीन सञ्चालकहरूको निर्वाचन।

Related News