
नबिल बैंक र बुटवल पावरसहित ७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिनLast Day to Secure Dividends of 7 Companies Including Nabil Bank and Butwal Power Company
नबिल बैंक, बुटवल पावर कम्पनी, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त, मिथिला लघुवित्त, सपोर्ट लघुवित्त तथा छिमेक लघुवित्त गरी सात वटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने आज (डिसेम्बर २९, २०२५) अन्तिम दिन रहेको छ। लाभांश तथा वार्षिक साधारण सभा प्रयोजनार्थ बुटवल पावर कम्पनीले पुस १५ गते र अन्य छ कम्पनीहरूले पुस १६ गते बुक क्लोज गर्ने घोषणा गरेका छन्। यसअनुसार आजसम्म नेप्सेमा सेयर कारोबार गरी कायम भएका सेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन्। गत आर्थिक वर्षको मुनाफाबाट बुटवल पावर कम्पनीले कर प्रयोजनार्थसहित ६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ भने नबिल बैंकले १२.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। त्यस्तै, छिमेक लघुवित्तले १२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थसहित १२.५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। सपोर्ट लघुवित्तले १० प्रतिशत, मिथिला लघुवित्तले १५ प्रतिशत तथा डिप्रोक्स लघुवित्तले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थसहित ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन्। प्रस्तावित लाभांशहरू आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।
Today (December 29, 2025) is the final day for investors to secure dividends from seven companies, including Nabil Bank, Butwal Power Company, IGI Prudential Insurance, Deprosc Laghubitta, Mithila Laghubitta, Support Laghubitta, and Chhimek Laghubitta. Butwal Power Company has announced book closure on Poush 15, while the remaining six companies will close their books on Poush 16 for dividend distribution and Annual General Meeting (AGM) purposes. Accordingly, only shareholders who hold shares by today through NEPSE trading will be eligible to receive dividends and participate in the AGMs. From the profits of the last fiscal year, Butwal Power Company has proposed a 6 percent cash dividend including tax, while Nabil Bank has proposed a 12.5 percent cash dividend. IGI Prudential Insurance has proposed a 5 percent cash dividend. Similarly, Chhimek Laghubitta has proposed a total dividend of 25 percent, comprising 12.5 percent bonus shares and 12.5 percent cash dividend including tax. Support Laghubitta has announced a 10 percent dividend, Mithila Laghubitta 15 percent, and Deprosc Laghubitta a total of 15 percent dividend consisting of 10 percent bonus shares and 5 percent cash dividend including tax. The proposed dividends will be distributed to shareholders after approval from the respective upcoming AGMs.




