NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Last Day to Secure Dividends of Kamana Sewa Bikas Bank and Universal Power Company
    कामना सेवा विकास बैंक र यूनिभर्सल पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज
    Investor
    1 min read
    Published on September 23, 2025
    NEPSE TRADING

    कामना सेवा विकास बैंक र यूनिभर्सल पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आजLast Day to Secure Dividends of Kamana Sewa Bikas Bank and Universal Power Company

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र यूनिभर्सल पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (असोज ८ गते) अन्तिम दिन रहेको छ। दुबै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ एक दिनका लागि बुकक्लोज गर्ने घोषणा गरेका छन्।

    कामना सेवा विकास बैंक

    कामना सेवा विकास बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। लाभांशसहितका प्रस्ताव पारित गर्न बैंकले असोज २४ गते, शुक्रबार बिहान ११ बजे लिसारा रिसेप्शन, भगवती बहाल, नक्साल, काठमाडौंमा १९ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।

    सभाले लाभांश पारित गर्ने बाहेक, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापकतर्फबाट ३ जना र सर्वसाधारणतर्फबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    यूनिभर्सल पावर कम्पनी

    यूनिभर्सल पावर कम्पनीले ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले असोज २३ गते, बिहीबार बिहान १० बजे दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यू, तीखेदेवल, ललितपुरमा साधारण सभा बोलाएको छ।

    सभाले लाभांश पारित गर्ने मात्र नभई बोनस शेयर वितरणपछि शतप्रतिशत हकप्रद शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

    लगानीकर्ताले लाभांश सुरक्षित गर्न आज (असोज ८) भित्र शेयर स्वामित्व कायम गर्नुपर्नेछ।

    Kathmandu – Today (Ashoj 8) is the final day for investors to secure dividends of Kamana Sewa Bikas Bank Limited and Universal Power Company Limited. Both companies are closing their books for one day for the purpose of their upcoming Annual General Meetings (AGMs) and dividend distributions.

    Kamana Sewa Bikas Bank

    Kamana Sewa Bikas Bank has proposed a 10% bonus share and 5.7895% cash dividend (for tax purposes) on its current paid-up capital. To endorse these proposals, the bank has scheduled its 19th Annual General Meeting on Ashoj 24 (Friday) at Lisara Reception, Bhagwati Bahal, Naxal, Kathmandu, starting from 11 AM.

    Apart from the dividend proposal, the AGM will also discuss and approve:

    • Amendments to the bank’s Articles of Association and Memorandum of Association,

    • Election of six board members (three from promoters and three from public shareholders),

    • Appointment of auditors, and

    • Granting authority to the board for necessary actions.

    Universal Power Company

    Universal Power Company has proposed a 9% bonus share and 0.4737% cash dividend (for tax purposes). The company has called its AGM on Ashoj 23 (Thursday) at Durbar Restro Hotel & Party Venue, Tikhedewal, Lalitpur, starting from 10 AM.

    The AGM will also:

    • Approve issuance of a 100% rights share after the bonus distribution,

    • Authorize amendments to the Articles and Memorandum of Association,

    • Approve appointment of auditors,

    • Ratify the appointment of an independent director, and

    • Conduct the election of two board members.

    Investors must hold shares of these companies within today (Ashoj 8) to be eligible for the proposed dividends and AGM participation.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026