NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Lawmakers Stress Effective Infrastructure Development and Better Budget Execution
    पूर्वाधार विकास र बजेट कार्यान्वयन प्रभावकारी बनाउन सांसदहरूको जोड
    Investor
    2 min read
    Updated on May 18, 2026
    NEPSE TRADING

    पूर्वाधार विकास र बजेट कार्यान्वयन प्रभावकारी बनाउन सांसदहरूको जोडLawmakers Stress Effective Infrastructure Development and Better Budget Execution

    राष्ट्रियसभा विकास, आर्थिक मामिला तथा सुशासन समिति को बैठकमा सांसदहरूले पूर्वाधार विकासका योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा पुँजीगत खर्च बढाउन सरकारलाई आग्रह गरेका छन् । बैठकमा अधिकांश सांसदहरूले बजेट कार्यान्वयनमा देखिँदै आएको ढिलासुस्ती, कमजोर आयोजना व्यवस्थापन र न्यून पुँजीगत खर्चप्रति चिन्ता व्यक्त गरेका हुन् ।

    समितिका सभापति कृष्णप्रसाद पौडेल ले पूर्वाधार योजनामा परिणाममुखी कार्यान्वयन आवश्यक रहेको बताए । सांसद घनश्याम रिजाल ले विगतदेखि नै बजेट कार्यान्वयन कमजोर रहेको उल्लेख गर्दै विशेषगरी पुँजीगत खर्च वृद्धि गर्नुपर्ने धारणा राखे । त्यस्तै सांसदहरूले सडक सुरक्षादेखि निर्माण गुणस्तर, निर्माण व्यवसायीको भुक्तानी समस्या तथा राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्नुपर्ने विषय उठाएका थिए ।

    शहरी विकास मन्त्रालय का सचिव गोपालप्रसाद सिग्देल ले आगामी आर्थिक वर्ष २०८३/८४ मा स्थानीय सडक, झोलुङ्गेपुल, वैकल्पिक राजमार्ग र बस्ती विकास कार्यक्रमलाई प्राथमिकतामा राखिएको जानकारी दिए । उनका अनुसार स्थानीय सडक तथा सामुदायिक पहुँच सुधारका लागि १४ अर्ब ७० करोड रुपैयाँभन्दा बढी बजेट आवश्यक पर्ने अनुमान गरिएको छ भने वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमका लागि २१ अर्ब रुपैयाँभन्दा बढी स्रोत आवश्यक पर्नेछ ।

    सरकारले पाँच वर्षभित्र ४६० गाउँपालिकाका मुख्य बजार र बस्ती केन्द्र सुधार गर्ने लक्ष्यसहित ‘बस्ती विकास कार्यक्रम’ अघि सारेको जनाएको छ । त्यस्तै पर्याप्त लगानी नपुगेका नगरपालिकामा ‘मध्यम सहरी विकास कार्यक्रम’ सञ्चालन गर्ने योजना पनि अघि बढाइएको छ, जसका लागि दीर्घकालीन रूपमा करिब १०० अर्ब रुपैयाँ अतिरिक्त स्रोत आवश्यक पर्ने मन्त्रालयले जनाएको छ ।

    बैठकमा खानेपानी, सरसफाइ र ऊर्जा क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखिएको जानकारी दिइयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय की सचिव सरिता दवाडी ले आगामी १० वर्षभित्र ३५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित प्रसारण लाइन विस्तार र ऊर्जा पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताइन् ।

    सांसदहरूले बजेट विनियोजन मात्र नभई समयमै कार्यान्वयन, पारदर्शिता र गुणस्तरीय पूर्वाधार निर्माणमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन् । पछिल्ला वर्षहरूमा बजेट छुट्याइए पनि आयोजना सम्पन्न हुन ढिलाइ, कमजोर अनुगमन र कम पुँजीगत खर्चका कारण विकासको प्रत्यक्ष प्रभाव अपेक्षाअनुसार नदेखिएको गुनासो बैठकमा दोहोरिएको थियो ।

    Members of the National Assembly Committee on Development, Economic Affairs and Good Governance have urged the government to improve infrastructure implementation and make budget execution more effective. During a committee meeting, lawmakers expressed concern over persistent weaknesses in capital expenditure, project management delays, and slow implementation of development plans.

    Committee Chair Krishna Prasad Poudel said infrastructure projects must be implemented with a result-oriented approach. Lawmaker Ghanshyam Rijal noted that Nepal has long struggled with weak budget execution and low capital spending, stressing the need to improve development expenditure to accelerate economic activity.

    Several lawmakers also raised concerns about road safety, poor construction quality, delayed payments to contractors, and the slow progress of national pride projects. Concerns were voiced over difficulties in implementing projects requested by lawmakers and delays in major projects such as the Budhigandaki Hydropower Project.

    Ministry of Urban Development Secretary Gopal Prasad Sigdel informed the committee that the government has prioritized local roads, suspension bridges, alternative highways, and settlement development programs in the upcoming fiscal year 2083/84 budget. According to him, more than Rs. 14.7 billion will be required for local road and community access improvement programs, while alternative auxiliary highway development will require over Rs. 21 billion.

    The government has also announced a “Settlement Development Program” aimed at upgrading market areas and settlement centers in 460 rural municipalities within the next five years. In addition, a “Medium Urban Development Program” has been proposed for municipalities that have not yet received major infrastructure investment. The ministry estimates that nearly Rs. 100 billion in additional resources will be required for the long-term implementation of the program.

    The meeting also highlighted drinking water, sanitation, and energy as major priorities. Ministry of Energy, Water Resources and Irrigation Secretary Sarita Dawadi said the government is targeting the production of 35,000 megawatts of electricity within the next decade and emphasized the need for major expansion of transmission lines and energy infrastructure.

    Lawmakers stressed that allocating budgets alone would not be enough unless projects are implemented on time with transparency and quality assurance. They argued that despite repeated budget allocations in recent years, delays, weak monitoring, and low capital expenditure have prevented infrastructure projects from delivering the expected economic impact.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026