दरखास्त फारम प्राप्त गर्ने र बुझाउने स्थान:
क्र.सं. दरखास्त फारम प्राप्त गर्ने र बुझाउने स्थान:
१. सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि-आस्बा (C-ASBA) सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर “मेरो शेयर” अनलाइन प्रयोग गरी सि-आस्बा (C-ASBA) प्रणाली मार्फत आवेदन दिन सकिनेछ ।
२. व्यक्तिगत तवर (Private Placement) बाट संगठित संस्थाहरुलाई बिक्री गरिने ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक र निष्काशनकर्ता कम्पनीको आपसी सहमतिमा खरिदकर्ताहरु खोजी गरी बिक्री वितरण गरिनेछ ।
नोट: व्यक्तिगत तवर (Private Placement) बाट माग भन्दा बढी आवेदन प्राप्त हुन आएको व्यहोरा समेत जानकारी गराउँदछौँ ।
ऋणपत्र निष्काशन बन्द हुने मिति (ढिलोमा): २०८३/०४/२८ गते बैंकिङ्ग समय पश्चात्
क्रेडिट रेटिङ्ग सम्बन्धी विवरण :
यस बैंकलाई केयर रेटिङ्गस् नेपाल लिमिटेडले "CARE-NP BBB+ (Is)" (Credit watch with negative implications) इस्युअर रेटिङ्ग प्रदान गरेको छ जसले "Issuers with this rating are considered to offer moderate degree of safety regarding timely servicing of financial obligations, in Nepal. Such issuers carry moderate credit risk" भन्ने जनाउँदछ । केयर रेटिङ्गस् नेपाल लिमिटेडले CARE-NP-AAA (Is) र न्यूनतम रेटिङ्ग CARE-NP D (Is) सम्मको रेटिङ्ग प्रदान गर्दछ । जसमा रेटिङ्ग CARE-NP-AAA (Is) ले बलियो आधार जनाउँछ भने CARE-NP D (Is) ले कमजोर आधार जनाउँछ । रेटिङ्ग संकेत पछाडि रहने + (जोड) वा - (घटाउ) चिन्हले सम्बन्धित रेटिङ्ग वर्ग भित्रको तुलनात्मक स्थितिलाई जनाउँछ ।
इस्युअर रेटिङ्ग प्रदान गरेको मिति : डिसेम्बर ३०, २०२५ इस्युअर रेटिङ्ग बहाल रहने मिति : फेब्रुअरी २०, २०२७
लगानीकर्ताले धितोपत्र सार्वजनिक निष्काशनमा लिखित वा विद्युतीय माध्यमबाट आवेदन दिँदा अनिवार्य रुपमा उक्त निष्काशनको लागि तयार गरिएको विवरण पत्र पढी आफ्नो स्वःविवेकले दरखास्त दिनुहुनु अनुरोध गर्दछौँ ।




