NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Laxmi Sunrise Bank Reports 40.97% Surge in Annual Profit on Lower Impairment Charges
    लक्ष्मी सनराइज बैंकको नाफा ४०.९७% ले वृद्धि, इम्पेरमेन्ट चार्ज घट्नु मुख्य कारण
    Investor
    2 min read
    Published on August 14, 2025
    NEPSE TRADING

    लक्ष्मी सनराइज बैंकको नाफा ४०.९७% ले वृद्धि, इम्पेरमेन्ट चार्ज घट्नु मुख्य कारणLaxmi Sunrise Bank Reports 40.97% Surge in Annual Profit on Lower Impairment Charges

    लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार बैंकको खुद नाफा उल्लेख्य रूपमा बढेको छ, जसको मुख्य कारण इम्पेरमेन्ट चार्जमा आएको ठूलो कमी हो ।

    ब्याज आम्दानी घटेपनि नाफामा वृद्धि
    असार मसान्त २०८२ सम्ममा बैंकले ४ अर्ब ११ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको २ अर्ब ९२ करोड रुपैयाँको तुलनामा ४०.९७ प्रतिशत बढी हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.९९ प्रतिशत घटेर १२ अर्ब ३६ करोड रुपैयाँबाट ११ अर्ब ३७ करोड रुपैयाँमा सीमित भए पनि इम्पेरमेन्ट चार्ज ३ अर्ब ५८ करोड रुपैयाँबाट घटेर १ अर्ब १८ करोड रुपैयाँमा झरेपछि सञ्चालन र खुद नाफा दुवैमा वृद्धि भएको हो ।

    फि आम्दानी र सञ्चालन नतिजा
    समीक्षा अवधिमा खुद फि तथा कमिशन आम्दानी १०.०५ प्रतिशत बढेर २ अर्ब १८ करोड रुपैयाँ पुगेको छ, जसले आम्दानी संरचनामा सकारात्मक योगदान पुर्‍याएको छ । कुल सञ्चालन आम्दानी भने १.५४ प्रतिशत घटेर १४ अर्ब ६८ करोड रुपैयाँमा सीमित भएको छ । तर, इम्पेरमेन्ट खर्चमा आएको ठूलाे कमीका कारण सञ्चालन मुनाफा ३८.५५ प्रतिशत बढेर ६ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।

    प्रति सेयर आम्दानी र वितरणयोग्य नाफा
    बैंकको प्रतिशेयर आम्दानी (EPS) ४ रुपैयाँ ९१ पैसाले बढेर १६ रुपैयाँ ९१ पैसा पुगेको छ । वितरणयोग्य नाफा ३ अर्ब ५ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १ अर्ब २४ करोड रुपैयाँभन्दा दोब्बर भन्दा बढी हो । वितरणयोग्य प्रतिशेयर आम्दानी पनि ५ रुपैयाँ ३६ पैसाबाट बढेर १२ रुपैयाँ ३४ पैसामा पुगेको छ ।

    वित्तीय स्थिति र पूँजी संरचना
    बैंकको चुक्ता पूँजी ५ प्रतिशत बढेर २४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । रिजर्भ तथा सरप्लस २१.८२ प्रतिशत बढेर २१ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । निक्षेप संकलन ११.५९ प्रतिशत बढेर ३ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ११.१७ प्रतिशत बढेर २ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ ।

    मूल्यांकन र वित्तीय सूचकांक
    प्रति सेयर नेटवर्थ १८६ रुपैयाँ ६३ पैसा पुगेको छ भने मूल्य–आम्दानी अनुपात (P/E Ratio) १४.१२ गुणामा रहेको छ । पूँजी कोष/जोखिमयुक्त सम्पत्ति अनुपात १२.७३ प्रतिशतमा रहेको छ । खुद असुल गर्न नसकिने कर्जा (NPL) अनुपात ४.२५ प्रतिशत छ, जसले ऋण गुणस्तरमा ध्यान दिनुपर्ने देखाउँछ । बैंकको आधारदर १०.७५ प्रतिशतबाट घटेर ६.५० प्रतिशतमा झरेको छ भने ब्याज दर अन्तर ४.४२ प्रतिशतबाट घटेर ३.५१ प्रतिशतमा सीमित भएको छ ।

    लक्ष्मी सनराइज बैंकको यो नाफा वृद्धि मुख्यतया इम्पेरमेन्ट चार्जमा आएको ठूलाे कमीका कारण सम्भव भएको हो, जसले ब्याज आम्दानी घटेपनि नाफा उल्लेख्य रूपमा बढाएको छ । फि आम्दानीमा आएको वृद्धि र खर्च नियन्त्रणको प्रभावले नतिजा थप सशक्त बनेको छ । आगामी वर्षमा ब्याज मार्जिन कायम राख्नु र सम्पत्ति गुणस्तर सुधार गर्नु बैंकको प्रमुख चुनौती हुनेछ ।

    Laxmi Sunrise Bank Limited (LSL) has published its unaudited financial results for the fourth quarter of fiscal year 2081/82, showing a sharp rise in net profit despite a decline in net interest income. The improvement is mainly attributed to a significant reduction in impairment charges, which boosted both operating and net profits.

    Strong Profit Growth Despite Lower Interest Income
    As of Ashad-end 2082, the bank posted a net profit of NPR 4.12 billion, up 40.97% from NPR 2.92 billion in the same period last year. This surge came even as net interest income dropped by 7.99% to NPR 11.38 billion from NPR 12.36 billion. The decline in interest income was offset by lower provisioning costs, with impairment charges falling from NPR 3.59 billion in FY 2080/81 to NPR 1.18 billion this year — a 67% decrease.

    Fee Income and Operational Gains
    Net fee and commission income rose by 10.05% to NPR 2.19 billion, contributing positively to the bank’s revenue mix. Total operating income saw a slight dip of 1.54% to NPR 14.68 billion. However, with lower impairment expenses, operating profit jumped 38.55% to NPR 6.10 billion from NPR 4.40 billion last year.

    Earnings Per Share and Distributable Profit
    Earnings per share (EPS) climbed by NPR 4.91 to NPR 16.91, reflecting the profit growth. Distributable profit reached NPR 3.01 billion, up from NPR 1.24 billion, while distributable EPS more than doubled from NPR 5.36 to NPR 12.34.

    Balance Sheet and Capital Position
    The bank’s paid-up capital rose 5% to NPR 24.35 billion, while reserves and surplus increased by 21.82% to NPR 21.09 billion, strengthening its capital base. Customer deposits grew by 11.59% to NPR 367.05 billion, and loans and advances rose by 11.17% to NPR 275.04 billion.

    Valuation and Financial Ratios
    Net worth per share improved to NPR 186.63, and the price-to-earnings (P/E) ratio stood at 14.12, indicating a moderate market valuation. The capital fund to risk-weighted assets ratio was slightly lower at 12.73%, while the non-performing loan (NPL) ratio was 4.25%, suggesting a need for continued focus on credit quality. The bank’s base rate dropped from 10.75% to 6.50%, which could make lending more competitive, while the interest rate spread narrowed from 4.42% to 3.51%.

    Laxmi Sunrise Bank’s FY 2081/82 results highlight a profit surge largely driven by reduced provisioning costs rather than core interest income growth. The decline in net interest income signals margin pressure, but the rise in fee-based income and strong cost control in loan loss provisions have compensated effectively. The bank’s expanding deposit base, stable loan growth, and improved distributable profit position strengthen its outlook, though sustaining profitability will depend on managing interest margins and maintaining asset quality in a competitive lending environment.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026