
लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको ‘एलएस होराइजन १२’ मा कमजोर आवेदन, बिक्री अवधि जेठ १३ सम्म थपियोLaxmi Sunrise Capital Limited Extends ‘LS Horizon 12’ Issue Period Amid Weak Investor Response
काठमाण्डौ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले बिक्री खुला गरेको नयाँ बन्दमुखी म्युचुअल फण्ड योजना ‘एलएस होराइजन १२’ मा प्रारम्भिक चरणमै अपेक्षित आवेदन नपरेपछि निष्कासन अवधि थपिएको छ । क्यापिटलले वैशाख ३० गतेदेखि प्रतिइकाई १० रुपैयाँ दरमा १२ करोड इकाई बिक्री खुला गरेको थियो । तर, पर्याप्त आवेदन संकलन नभएपछि बिक्री अवधि अब जेठ १३ गतेसम्म लम्ब्याइएको जनाएको छ । बजारमा अधिकांश बन्दमुखी म्युचुअल फण्डहरू अंकित मूल्यभन्दा कम दरमा दोस्रो बजारमै उपलब्ध भइरहेका कारण लगानीकर्ताहरू नयाँ योजनाभन्दा सस्ता पुराना इकाईतर्फ आकर्षित भएको विश्लेषण गरिएको छ । विशेषगरी एलएस क्यापिटलद्वारा व्यवस्थापन गरिएका पुराना योजनाहरू समेत डिस्काउन्ट मूल्यमा कारोबार भइरहेकाले नयाँ योजनाप्रति लगानीकर्ताको आकर्षण कमजोर बनेको देखिएको हो । ‘एलएस होराइजन १२’ सात वर्ष अवधिको बन्दमुखी योजना हो, जसअन्तर्गत १२ करोड इकाईमध्ये १२ लाख इकाई योजना व्यवस्थापक Laxmi Sunrise Bank लाई सुरक्षित गरिएको छ भने बाँकी सर्वसाधारणका लागि निष्कासन गरिएको छ । पछिल्लो समय पूँजीबजारमा सुस्तता, कमजोर प्रतिफल तथा फण्डहरूको घट्दो बजार मूल्यका कारण नयाँ म्युचुअल फण्ड योजनाको बिक्री चुनौतीपूर्ण बन्दै गएको जानकारहरूको भनाइ छ ।
Kathmandu. Laxmi Sunrise Capital Limited has extended the issuance period of its newly launched closed-end mutual fund scheme ‘LS Horizon 12’ after failing to receive sufficient applications during the initial offering phase. The company had opened the public issue of 120 million units at Rs. 10 per unit from Baisakh 30, but due to weak investor participation, the subscription deadline has now been extended until Jestha 13. Market analysts believe the weak response reflects declining investor attraction toward mutual funds, particularly as many existing closed-end schemes are currently trading below their face value in the secondary market. Investors appear more interested in purchasing cheaper units from the secondary market rather than subscribing to new schemes at face value. Older schemes managed by LS Capital are also trading at discounted prices, raising questions over the effectiveness of launching new funds under current market conditions. Under the ‘LS Horizon 12’ scheme, 1 percent or 1.2 million units have been reserved for scheme manager Laxmi Sunrise Bank, while the remaining units are allocated for the general public. The seven-year closed-end scheme has received approval from the Nepal Securities Board, but experts say sluggish capital market performance, weak dividend capacity of listed companies, and falling mutual fund prices are making new fund sales increasingly difficult.




