
लक्ष्मी सनराइज क्यापिटलले ‘एलएस होराइजन १२’ बिक्री खुला गर्योLaxmi Sunrise Capital Opens Unit Sale of ‘LS Horizon 12’ Mutual Fund
Laxmi Sunrise Capital Limited ले आज (बैशाख ३० गते) देखि ‘एलएस होराइजन १२’ नामक बन्दमुखी सामूहिक लगानी कोषको इकाई सार्वजनिक निष्काशन तथा बिक्री खुला गरेको छ ।
Laxmi Sunrise Mutual Fund अन्तर्गत सञ्चालन हुने १२ वर्षे बन्दमुखी योजनाअन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १२ करोड इकाई बिक्रीमा ल्याएको हो । कुल निष्काशनको आकार १ अर्ब २० करोड रुपैयाँ बराबर रहेको छ ।
निष्काशन गरिने कुल १२ करोड इकाईमध्ये १ करोड ८० लाख इकाई बिज पूँजीबापत कोष प्रवर्द्धक Laxmi Sunrise Bank Limited लाई सुरक्षित गरिएको छ । बाँकी १० करोड २० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको क्यापिटलले जनाएको छ ।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । उक्त योजनामा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सम्पूर्ण इकाई बिक्री नभएमा आवेदन अवधि जेठ १३ गतेसम्म लम्बिने जनाइएको छ ।
फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक पनि Laxmi Sunrise Capital Limited नै रहेको छ । लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय तथा ‘मेरो शेयर’ प्रणालीमार्फत सि–आस्बा प्रयोग गरेर आवेदन दिन सक्नेछन् ।
यस योजनाका लागि गरिएको रेटिङमा CARE Ratings Nepal ले कोष प्रवर्द्धकलाई ‘केयर एनपी ट्रिपल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई ‘केयर एनपी एएमसी क्वालिटी ३ प्लस’ रेटिङ दिएको जनाएको छ ।
Laxmi Sunrise Capital Limited has opened the public issuance and sale of units under its closed-end mutual fund scheme “LS Horizon 12” from Wednesday (Baisakh 30).
The scheme, operated under Laxmi Sunrise Mutual Fund, is a 12-year closed-end mutual fund plan. The company is issuing a total of 120 million units at a face value of Rs 10 per unit, equivalent to a total fund size of Rs 1.20 billion.
Out of the total 120 million units, 18 million units have been reserved for fund promoter Laxmi Sunrise Bank Limited as seed capital. The remaining 102 million units have been opened for the general public.
Investors can apply for a minimum of 100 units and a maximum of 12 million units under the scheme. Applications can be submitted until Jestha 4. If all units are not subscribed within the initial period, the issue will remain open until Jestha 13, according to the capital company.
The issue and sales manager for the mutual fund is Laxmi Sunrise Capital Limited itself. Investors can apply through all ASBA-approved banks and financial institutions, their designated branch offices, as well as through the “Mero Share” online platform using the C-ASBA system.
In the credit rating assigned for the mutual fund issuance, CARE Ratings Nepal has provided the fund promoter with a ‘CARE-NP Triple B Plus’ issuer rating, while the scheme manager has received a ‘CARE-NP AMC Quality 3 Plus’ rating.




