NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Life Insurance Companies Unhappy with Mandatory Domestic Reinsurance Policy
    स्वदेशमै शतप्रतिशत पुनर्बीमा अनिवार्य गरेपछि जीवन बीमक असन्तुष्ट
    Investor
    2 min read
    Published on December 15, 2025
    NEPSE TRADING

    स्वदेशमै शतप्रतिशत पुनर्बीमा अनिवार्य गरेपछि जीवन बीमक असन्तुष्टLife Insurance Companies Unhappy with Mandatory Domestic Reinsurance Policy

    काठमाडौं — नेपाल बीमा प्राधिकरणले जीवन बीमासहित विभिन्न बीमा क्षेत्रको पुनर्बीमा शतप्रतिशत स्वदेशमै गर्नुपर्ने व्यवस्था लागू गरेपछि जीवन बीमा कम्पनीहरू असन्तुष्ट बनेका छन् । बीमाको आधारभूत सिद्धान्तविपरीत जोखिमलाई एउटै स्थानमा केन्द्रित गरिएको भन्दै बीमकहरूले उक्त निर्णयप्रति आपत्ति जनाएका हुन् ।

    प्राधिकरणले बीमक पुनर्बीमा निर्देशिका–२०८० जारी गर्दै जीवन बीमा मात्र नभई मोटर बीमा, कृषि, पशुपन्छी तथा जडीबुटी बीमा, हुलदंगा तथा आतंकवाद बीमा र अन्य विविध बीमाको पुनर्बीमा पनि शतप्रतिशत स्वदेशी पुनर्बीमा कम्पनीमार्फत गर्नुपर्ने व्यवस्था गरेको छ । निर्देशिकाको दफा ८ अनुसार स्वदेशी पुनर्बीमकले प्राप्त पुनर्बीमा अस्वीकार गर्नसमेत नपाउने व्यवस्था गरिएको छ ।

    निर्देशिका कार्यान्वयनका लागि प्राधिकरणले सबै जीवन बीमा कम्पनीलाई निर्देशन दिएपछि जीवन बीमकहरूबीच असन्तोष बढेको हो । बीमकहरूको भनाइमा सबै जोखिम एउटै भूगोल र एउटै संस्थामा केन्द्रित हुँदा महामारी, भूकम्प वा अन्य ठूला विपत्तिको अवस्थामा दाबी भुक्तानी गर्न गम्भीर समस्या उत्पन्न हुन सक्छ ।

    ‘जोखिम वितरण नै बीमाको आधार’

    जीवन बीमक संघका अनुसार बीमा मूलतः जोखिम वितरणको प्रक्रिया हो । बीमितले जोखिम बीमा कम्पनीलाई हस्तान्तरण गर्छन् भने बीमा कम्पनीले आफ्नो क्षमताभन्दा बढी जोखिम पुनर्बीमा कम्पनीमार्फत अन्यत्र बाँड्छ । पुनर्बीमा कम्पनीले पनि आवश्यकताअनुसार जोखिम थप अन्य कम्पनीमा स्थानान्तरण गर्छ, जसलाई रेट्रोसेसन भनिन्छ । यसरी बहुस्तरमा जोखिम वितरण गर्नु नै बीमाको आधारभूत सिद्धान्त भएको संघको तर्क छ ।

    संघले प्राधिकरणलाई बुझाउँदै आएको त्रैमासिक प्रतिवेदनमा पनि उक्त प्रावधान पुनरावलोकन गरी हटाउन सुझाव दिँदै आएको जनाएको छ । जोखिम फरक–फरक भूगोल र मुलुकमा वितरण नगर्दा ठूलो विपत्तिमा दाबी भुक्तानी कठिन हुने संघको निष्कर्ष छ ।

    विज्ञहरूको आलोचना

    नेपाल पुनर्बीमा कम्पनीका पूर्व अध्यक्ष तथा बीमा विज्ञ डा. रविन्द्र घिमिरेले पुनर्बीमालाई निश्चित कम्पनी वा स्थानमा सीमित गर्नुपर्ने बाध्यकारी व्यवस्था गलत भएको बताए ।
    “नियामक निकायले यही ठाउँमा पुनर्बीमा गर्नुपर्छ भनेर बाध्य पार्न मिल्दैन । जोखिम मूल्यांकनका आधारमा पुनर्बीमा गर्ने स्वतन्त्रता कम्पनीहरूलाई दिनुपर्छ,” उनले भने ।

    जीवन बीमक संघले पनि केही प्रतिशत जोखिम स्वदेशी पुनर्बीमा कम्पनीमा र बाँकी जोखिम विदेशी पुनर्बीमा कम्पनीहरूमा वितरण गर्न पाउने गरी नीति बनाउन आग्रह गरेको छ । “स्वदेशी पुनर्बीमालाई प्राथमिकता दिन सकिन्छ, तर सम्पूर्ण जोखिम एउटै ठाउँमा राख्नु व्यावहारिक हुँदैन,” संघका एक सदस्यले बताए ।

    प्राधिकरणको फरक दृष्टिकोण

    तर प्राधिकरणका पूर्व कार्यकारी निर्देशक राजुरमण पौडेलले जीवन बीमाको हकमा स्वदेशमै शतप्रतिशत पुनर्बीमा गर्दा ठूलो समस्या नहुने दाबी गरे ।
    “महाविपत्तिको जोखिम पुनर्बीमा कम्पनीहरूले पहिल्यै रेट्रोसेसनमार्फत बाहिर वितरण गरिसकेका हुन्छन्,” उनले भने । यद्यपि, जीवन बीमक संघले महाविपत्तिको पुनर्बीमा समेत नेपालभित्रकै पुनर्बीमा कम्पनीमा केन्द्रित गरिएको दाबी गरेको छ ।

    नीतिगत स्वार्थको आरोप

    प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालको कार्यकालमा जीवन बीमाको सम्पूर्ण जोखिम स्वदेशमै पुनर्बीमा गर्ने व्यवस्था लागू गरिएको हो । स्रोतका अनुसार शंकर ग्रुपको नेतृत्वमा स्थापना भएको हिमालयन पुनर्बीमा कम्पनीलाई लाभ पुग्ने गरी नीति ल्याइएको आरोपसमेत उठेको छ ।

    हिमालयन पुनर्बीमा कम्पनी स्थापना हुनुअघि स्वदेशमै अनिवार्य रूपमा शतप्रतिशत पुनर्बीमा गर्नुपर्ने व्यवस्था नभएको स्रोतको दाबी छ । यस विषयमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले भने आफू यसबारे जानकार नभएको प्रतिक्रिया दिएका छन् ।

    Kathmandu — Life insurance companies have expressed dissatisfaction after the Nepal Insurance Authority (NIA) introduced a policy requiring 100 percent domestic reinsurance for life insurance and several other insurance categories. Insurers argue that the decision contradicts the fundamental principles of insurance by concentrating risk within a single geography, potentially increasing systemic vulnerability.

    The NIA recently issued the Insurers’ Reinsurance Directive–2080, making it mandatory for life insurance, motor insurance, agriculture, livestock and herbal insurance, riot and terrorism insurance, and other miscellaneous insurance to be reinsured entirely through domestic reinsurance companies.
    According to Clause 8 of the directive, domestic reinsurers are also prohibited from rejecting any reinsurance business received under this arrangement.

    Although the Authority has instructed all life insurance companies to immediately comply with the directive, insurers have raised serious concerns. They warn that concentrating all risks within Nepal could create severe difficulties in claim settlements during large-scale disasters such as pandemics, earthquakes, or other catastrophic events.

    Risk Diversification Is the Core of Insurance

    The Life Insurers’ Association states that insurance is fundamentally a mechanism of risk distribution. Policyholders transfer risk to insurance companies, which then retain part of that risk based on capacity and transfer the remainder to reinsurance companies. Reinsurers, in turn, further distribute excess risk to other global reinsurers through a process known as retrocession.

    “Distributing risk across multiple layers and across different countries is the very foundation of insurance,” the association noted. “Confining all risk to a single country undermines this principle.”

    The association has repeatedly urged the Authority, through its quarterly reports, to review and revise the provision. It argues that failure to diversify risks geographically could make claim payments extremely challenging during major catastrophes.

    Experts Question the Policy

    Former Nepal Reinsurance Company chairman and insurance expert Dr. Rabindra Ghimire criticized the directive, calling it fundamentally flawed.

    “A regulator cannot force insurers to reinsure only in a specific company or location,” he said. “Insurers should be given the freedom to decide reinsurance arrangements based on proper risk assessment.”

    The Life Insurers’ Association has proposed a hybrid model, suggesting that a portion of risk be mandatorily placed with domestic reinsurers while allowing the remaining risk to be diversified among international reinsurance companies.
    “Supporting domestic reinsurers is reasonable, but concentrating 100 percent of risk domestically is not practical,” an association member said.

    Authority Defends Its Position

    Former Executive Director of the Insurance Authority Rajuraman Poudel, however, believes that full domestic reinsurance in life insurance does not pose significant risks.

    “Reinsurance companies already transfer catastrophic risks through retrocession to foreign markets,” he said. “Therefore, domestic reinsurance should not create major problems.”

    Life insurers dispute this claim, arguing that even catastrophe risks are being retained within Nepal, increasing exposure in the event of large-scale disasters.

    Allegations of Policy Bias

    The policy was implemented during the tenure of former NIA chairman Suryaprasad Silwal. Sources allege that the directive was designed to benefit Himalayan Reinsurance Company, established under the leadership of the Shankar Group.

    According to sources, before Himalayan Reinsurance entered the market, there was no mandatory requirement for insurers to place all reinsurance domestically. While some companies voluntarily reinsured with Nepal Reinsurance Company, compulsory domestic reinsurance was introduced only after Silwal assumed leadership of the Authority.

    Responding to the controversy, NIA Executive Director Sushil Dev Subedi stated that he was not aware of the allegations surrounding the policy’s intent.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026