दशैंको विदा अघि, विभिन्न ११ संस्थाहरूले वार्षिक साधारणसभा गर्ने भएका छन्। यी साधारणसभाहरूमा कम्पनीहरूले लाभांश वितरण, हकप्रद सेयर जारी गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछन्। गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक साधारणसभा निम्न मितिहरूमा आयोजना गरिनेछ:
आशुतोष इनर्जी:
साधारणसभा: असोज २० गते
प्रस्ताव: हाल कायम चुक्ता पुँजीको ५.२६३ प्रतिशत नगद लाभांश (करसहित)
सिइडिबी हाइड्रोपावर:
साधारणसभा: असोज २१ गते
प्रस्ताव: अघिल्ला दुई आर्थिक वर्षका लागि ११ प्रतिशत बोनस सेयर (करसहित)
ओरियण्टल होटल:
साधारणसभा: असोज २० गते
प्रस्ताव: ५ प्रतिशत बोनस सेयर र ०.२६३१६ प्रतिशत नगद लाभांश
माण्डु हाइड्रोपावर:
साधारणसभा: असोज १४ गते
प्रस्ताव: १२ प्रतिशत लाभांश (कर कट्टी गरी वितरण)
भगवती हाइड्रोपावर:
साधारणसभा: असोज १६ गते
प्रस्ताव: १४.७३६८ प्रतिशत लाभांश
नेपाल ल्यूब आयल:
साधारणसभा: असोज १८ गते
प्रस्ताव: २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश
मोलुङ हाइड्रोपावर:
साधारणसभा: असोज १८ गते
छलफल: आर्थिक वर्ष २०७९/८० र २०८०/८१ का वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान
अपर स्याङ्गे हाइड्रोपावर:
साधारणसभा: असोज १८ गते
छलफल: वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण
ङादी ग्रुप पावर:
साधारणसभा: असोज १३ गते
प्रस्ताव: हकप्रद सेयर जारी, मर्जर सम्बन्धी कार्य, प्रबन्धपत्र तथा नियमावली संशोधन
बाराही हाइड्रोपावर:
साधारणसभा: असोज १८ गते
निर्णय: कुनै पनि लाभांश नदिने
बरुण हाईड्रोपावर:
साधारणसभा: असोज १३ गते
प्रस्ताव: हकप्रद सेयर अनुमोदन, वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन





