NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Loan Portfolio Review of 10 Major Commercial Banks Completed, Bangladeshi Auditors Conduct...
    १० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु सकियो, बंगलादेशी अडिटरद्वारा गहिरो मूल्यांकन
    Investor
    1 min read
    Published on December 6, 2025
    NEPSE TRADING

    १० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु सकियो, बंगलादेशी अडिटरद्वारा गहिरो मूल्यांकनLoan Portfolio Review of 10 Major Commercial Banks Completed, Bangladeshi Auditors Conduct In-Depth Assessment

    नेपालका १० ठूला वाणिज्य बैंकहरूको लोन पोर्टफोलियो परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ। नेपाल राष्ट्र बैंकको पहलमा सुरु गरिएको यो परीक्षण बंगलादेशको लेखापरीक्षण फर्म हाउल्याडर युनुस एन्ड कम्पनीले सम्पन्न गरेको हो। अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF)सँगको विस्तारित कर्जा सुविधा सम्झौताअनुसार नेपालले बैंकिङ क्षेत्रको सम्पत्ति गुणस्तर मूल्यांकन गर्नुपर्ने प्रतिबद्धता जनाएपछि सो प्रक्रिया अघि बढाइएको हो।

    अडिटरको टोली नेपालमै आई सबै बैंकको स्थलगत निरीक्षणमा जुटेको थियो। टोलीमा राष्ट्र बैंकका प्रतिनिधिहरू समेत सहभागी भइरहेका थिए। संयुक्त टिमले हरेक बैंकमा कर्जा फाइलहरूको अध्ययन, कोर बैंकिङ प्रणालीको परीक्षण, परियोजना लगानीको वास्तविक अवस्था र कर्जा भुक्तानी प्रक्रियाको अवलोकनसहित विस्तृत मूल्यांकन गरेको बताइएको छ। यो प्रक्रियामा करिब साढे दुई दर्जन सूचकका आधारमा सम्पत्तिको गुणस्तर नापजाँच गरिएको स्रोतका भनाइ छ।

    गत चैतको वासलताका आधारमा उच्च कर्जा लगानी भएका ग्लोबल आइएमई, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, राष्ट्रिय वाणिज्य, कुमारी, लक्ष्मी सनराइज, प्रभु, हिमालयन, एनएमबि र एनआईसी एशिया गरी १० बैंक परीक्षणको दायरामा समावेश गरिएका थिए। बैंकहरूले प्रवाह गरेका कर्जाको सदुपयोग कत्तिको भएको छ, ऋणीले परियोजना सञ्चालन कस्तो अवस्थामा अघि बढाइरहेका छन्, भुक्तानी प्रणाली कत्तिको प्रभावकारी छ—जस्ता प्रमुख पक्षहरू रिभ्युको मुख्य आधार बनेका छन्।

    अध्ययन प्रतिवेदन केही दिनभित्र नेपाल राष्ट्र बैंकलाई बुझाइने तयारी गरिएको छ। परीक्षणका क्रममा कुनै कर्जा फाइलमा कमी–कमजोरी वा कैफियतको संकेत भेटिएमा राष्ट्र बैंकले सम्बन्धित बैंकलाई आवश्यक स्पष्टीकरण र सुनुवाइको अवसर दिनेछ। यस रिभ्युद्वारा बैंकिङ प्रणालीको जोखिम व्यवस्थापन क्षमता र सम्पत्तिको वास्तविक गुणस्तरबारे स्पष्ट तस्वीर प्राप्त हुने अपेक्षा गरिएको छ।

    The loan portfolio review of Nepal’s 10 major commercial banks has been completed. The initiative, led by Nepal Rastra Bank, was carried out by the Bangladeshi audit firm Howlader Yunus & Co., which visited Nepal to conduct on-site examinations of the selected banks. The review process followed Nepal’s commitment under the International Monetary Fund’s Extended Credit Facility (ECF) to assess the quality of assets within the banking sector.

    The audit team, which also included representatives from Nepal Rastra Bank, conducted detailed field inspections at each bank. The reviewers examined loan files, tested core banking systems, assessed the actual progress of financed projects, and evaluated repayment mechanisms. According to sources, the assessment was based on nearly two dozen indicators designed to measure the overall quality of the banks’ assets.

    Based on the financial statements of the previous fiscal year’s end (Chaitra), banks with relatively large loan portfolios—Global IME Bank, Nabil Bank, Nepal Investment Mega Bank, Rastriya Banijya Bank, Kumari Bank, Laxmi Sunrise Bank, Prabhu Bank, Himalayan Bank, NMB Bank, and NIC Asia Bank—were included in the review sample. Key focuses of the evaluation included the proper utilization of disbursed loans, the operational status of borrower projects, and the effectiveness of repayment systems.

    The audit report is expected to be submitted to Nepal Rastra Bank within a few days. If the review identifies any discrepancies or concerns within specific loan files, the central bank will provide the respective institution an opportunity for clarification and explanation. Officials expect that the findings will offer a clearer picture of asset quality and strengthen risk management practices across Nepal’s banking industry.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026