NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Loans decreased, deposits increased, money piled up in banks
    कर्जा घट्यो, निक्षेप बढ्यो, बैंकमा पैसा थुप्रियो
    Top
    1 min read
    Published on May 21, 2024
    NEPSE trading

    कर्जा घट्यो, निक्षेप बढ्यो, बैंकमा पैसा थुप्रियो Loans decreased, deposits increased, money piled up in banks

    गत वैशाखमा वाणिज्य बैंकहरूको निक्षेपमा वृद्धि भए पनि कर्जा लगानीमा भने संकुचन देखिएको छ। नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८०/८१ वैशाखमा वाणिज्य बैंकहरूको कुल निक्षेप २६ अर्ब १९ करोडले बढेको छ, तर सोही अवधिमा कर्जा भने १५ अर्ब १९ करोडले घटेको छ।

    चैत मसान्तमा ४५ खर्ब ३६ अर्ब ८४ करोड रहेको वाणिज्य बैंकहरूको कुल कर्जा वैशाखमा घटेर ४५ खर्ब २१ अर्ब ६४ करोडमा झरेको छ। निक्षेप भने चैत मसान्तमा ५४ खर्ब ४१ अर्ब ९१ करोड रहेकोमा वैशाख मसान्तमा ५४ खर्ब ६८ अर्ब ११ करोड पुगेको छ।

    निक्षेप बढाउनेमा राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंक अगाडि देखिएका छन्। चालु आव १० महिनामा ३ खर्ब ८२ अर्बले निक्षेप बढ्दा, राष्ट्रिय वाणिज्य बैंकको ६५ अर्ब ९ करोडले र नबिल बैंकको ५१ अर्ब ७१ करोडले वृद्धि भएको छ।

    कर्जा विस्तारमा नबिल बैंक र प्राइम कमर्सियल बैंक आक्रामक देखिएका छन्। नबिल बैंकको कर्जा ४२ अर्ब २६ करोडले बढेर ३ खर्ब ८३ अर्ब ६९ करोड पुगेको छ भने प्राइम कमर्सियल बैंकको कर्जा २७ अर्ब ५० करोडले बढेर १ खर्ब ९० अर्ब ६१ करोड पुगेको छ।

    कर्जा घटाएको स्ट्यान्डर्ड चार्टर्ड बैंकको निक्षेप पनि ८ अर्ब २५ करोडले घटेर १ खर्ब १४ अर्ब २४ करोडमा झरेको छ। यस्तै, प्रभु बैंकको निक्षेप १६ अर्ब ९ करोडले घटेर २ खर्ब ७९ अर्ब ८५ करोडमा र माछापुच्छ«े बैंकको निक्षेप ६ अर्ब ९ करोडले घटेर १ खर्ब ५२ अर्ब १९ करोडमा झरेको छ।

    Despite an increase in deposits in commercial banks last month, there has been a contraction in loan investment. According to data provided by the Nepal Bankers Association, in the current fiscal year 2080/81, deposits in commercial banks increased by NPR 26.19 billion in Baisakh, while loans decreased by NPR 15.19 billion during the same period.

    At the end of Chaitra, the total loan investment of commercial banks, which was NPR 4.53684 trillion, decreased to NPR 4.52164 trillion by the end of Baisakh. However, deposits increased from NPR 5.44191 trillion at the end of Chaitra to NPR 5.46811 trillion by the end of Baisakh.

    Rastriya Banijya Bank and Nabil Bank have been leading in increasing deposits. In the ten months of the current fiscal year, deposits increased by NPR 382 billion, with Rastriya Banijya Bank increasing by NPR 65.09 billion and Nabil Bank by NPR 51.71 billion.

    Nabil Bank and Prime Commercial Bank have been aggressive in loan expansion. Nabil Bank's loans increased by NPR 42.26 billion, reaching NPR 383.69 billion, while Prime Commercial Bank's loans increased by NPR 27.50 billion, reaching NPR 190.61 billion.

    The deposits of Standard Chartered Bank, which reduced loans, also decreased by NPR 8.25 billion, dropping to NPR 114.24 billion. Similarly, deposits of Prabhu Bank decreased by NPR 16.09 billion, reaching NPR 279.85 billion, and those of Machhapuchchhre Bank decreased by NPR 6.09 billion, dropping to NPR 152.19 billion.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026