मन्दाकिनी हाइड्रोपावरको ४८ लाखभन्दा बढी शेयरको लक इन सकिँदै, दोस्रो बजारमा कारोबार खुल्ने
Author
NEPSE TRADING

मन्दाकिनी हाइड्रोपावर लिमिटेडको कुल ४८ लाख ४५ हजार २१७ कित्ता शेयरको लक इन अवधि आज साउन १६ गतेदेखि सकिँदैछ।
हाल कम्पनीका संस्थापक शेयरधनीहरूको ४१ लाख ७० हजार ५९७ कित्ता, स्थानीय बासिन्दाहरूको ६ लाख ४८ हजार ७६२ कित्ता र कम्पनीका कर्मचारीहरूको २५ हजार ८५८ कित्ता शेयर लक इन अवधिमा रहेका छन्।
कम्पनीले २०७९ साउन १७ गते आईपीओ निष्कासन गरी बाँडफाँट गरेको थियो। धितोपत्र बोर्डको नियमअनुसार, आईपीओ बाँडफाँट भएको मितिदेखि तीन वर्षसम्म यी शेयरहरू लक इनमा राख्नुपर्ने व्यवस्था छ।
अब लक इन अवधि सकिएपछि यी शेयरहरू दोस्रो बजारमा किनबेच गर्न सकिनेछ। तर, सञ्चालक समितिमा रहेका व्यक्ति र कम्पनीको उच्च व्यवस्थापन तहका कर्मचारीहरूले भने अझै पनि ती शेयरहरू बिक्री गर्न पाउने छैनन्।