काठमाडौं — एनआईएमबी एस क्यापिटल लिमिटेडले आफूले शेयर रजिष्ट्रारको काम गरिरहेका विभिन्न बैंक, वित्तीय संस्था तथा कम्पनीका शेयरधनीहरूको हराएको शेयर प्रमाणपत्रको प्रतिलिपि जारी गर्ने प्रक्रिया अघि बढाएको छ। क्यापिटलले बुधबार एक सूचना जारी गर्दै सम्बन्धित शेयरधनीहरूले प्रतिलिपि प्रमाणपत्रका लागि दिएको निवेदनमाथि कसैको हकदाबी लाग्ने भए ३५ दिनभित्र सम्पर्क गर्न आह्वान गरेको हो।
सूचनामा उल्लेख भएअनुसार साविकको मेगा बैंक नेपाल, कृषि विकास बैंक, सक्रिला डेभलपमेन्ट बैंक, शिखर इन्स्योरेन्स, माण्डु हाइड्रोपावर, गुडविल फाइनान्स, निर्धन उत्थान लघुवित्त र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका दर्जनौं शेयरधनीले आफ्नो शेयर प्रमाणपत्र हराएको भन्दै निवेदन दिएका छन्। यसैगरी, एनआईबीएल समृद्धि फण्ड–१ का एक एकाइधनीको पनि प्रमाणपत्र हराएको सूचनामा जनाइएको छ।
उल्लेखित शेयर वा एकाइहरूमा कुनै हकदाबी लाग्ने व्यक्तिले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स–प्रमाण कमलादीस्थित एनआईएमबी एस क्यापिटलको कार्यालयमा दाबी पेस गर्नुपर्नेछ। तोकिएको म्यादभित्र कुनै दाबी विरोध नपरेको खण्डमा भने आवश्यक कानुनी प्रक्रिया पूरा गरी निवेदकहरूलाई नयाँ प्रतिलिपि शेयर प्रमाणपत्र जारी गरिने क्यापिटलले प्रस्ट पारेको छ।
Kathmandu — NIMB Ace Capital Limited has initiated the process of issuing duplicate share certificates for shareholders of various banks, financial institutions, and companies for which it serves as the share registrar. Issuing a notice on Wednesday, the Capital urged anyone with a valid claim against the applications submitted for duplicate certificates to come forward within 35 days.
According to the notice, dozens of shareholders from the former Mega Bank Nepal, Agricultural Development Bank, Sakrila Development Bank, Shikhar Insurance, Mandu Hydropower, Goodwill Finance, Nirdhan Utthan Laghubitta, and Shine Resunga Development Bank have filed applications reporting the loss of their share certificates. Similarly, the certificate of one unit holder of the NIBL Samriddhi Fund-1 has also been reported lost.
Any individual or institution with a claim regarding the aforementioned shares or units must submit their claim, along with supporting evidence, to NIMB Ace Capital's office in Kamaladi within 35 days of the notice's publication. The Capital clarified that if no claims or objections are filed within the stipulated timeframe, new duplicate share certificates will be issued to the applicants upon completion of the necessary legal procedures.