NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Low-Cap Hydros Spark Investor Interest; NEPSE Faces Resistance Near 2,825 Level
    न्यून मूल्यका जलविद्युत् कम्पनीमा आकर्षण : बजारमा 'करेक्सन' देखिए पनि कारोबार रकम उत्साहजनक
    Investor
    2 min read
    Published on January 29, 2026
    Dipesh Ghimire

    न्यून मूल्यका जलविद्युत् कम्पनीमा आकर्षण : बजारमा 'करेक्सन' देखिए पनि कारोबार रकम उत्साहजनकLow-Cap Hydros Spark Investor Interest; NEPSE Faces Resistance Near 2,825 Level

    काठमाडौं – धितोपत्र बजारमा पछिल्लो समय कम बजार मूल्य भएका जलविद्युत् कम्पनीहरूको वर्चस्व देखिन थालेको छ । विशेषगरी २०० रुपैयाँभन्दा कम मूल्यमा कारोबार भइरहेका हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण (चाम) बढ्दा त्यसले समग्र बजारको दिशालाई समेत प्रभावित पारेको छ ।

    आँखु खोला जलविद्युत् कम्पनीको मूल्यमा देखिएको बढोत्तरीसँगै सुरु भएको यो लहर अहिले दर्जनभन्दा बढी कम मूल्यका कम्पनीहरूमा सरेको छ । सानो पुँजी लगानी गरेर धेरै कित्ता शेयर आउने र सामान्य मूल्य वृद्धि हुँदा पनि प्रतिशतका आधारमा उच्च मुनाफा प्राप्त हुने मनोवैज्ञानिक कारणले गर्दा साना तथा खुद्रा लगानीकर्ताहरू यस्ता स्टकमा झुम्मिएका हुन् ।

    पछ्याउँदै अन्य कम्पनी बजारमा आँखु खोलाले नेतृत्व गरेपछि अप्पर तामाकोसी, शिव श्री हाइड्रो, बलेफी, हिमाल दोलखा, नेशनल हाइड्रो र लिवर्टी इनर्जी लगायतका कम्पनीको कारोबारमा तीव्रता आएको छ । बिहीबारको कारोबारमा मात्रै हिमाल दोलखा र शिव श्री हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट (करिब १० प्रतिशत वृद्धि) लागेको छ । विश्लेषकहरूका अनुसार जब बजारमा कम मूल्यका स्टकहरू चल्न थाल्छन्, त्यसलाई अक्सर 'बुलिस ट्रेन्ड'को बलियो आधार मान्ने गरिन्छ ।

    गिरावटमा पनि उत्साहजनक कारोबार साताको पाँचौँ कारोबार दिन बिहीबार भने नेप्से परिसूचकमा केही दबाब देखियो । लगातारको वृद्धिपछि अल्पकालीन लगानीकर्ताहरू मुनाफा सुरक्षित (प्रोफिट बुकिङ) गर्नतर्फ लाग्दा परिसूचक १७.५३ अंकले ओरालो लागेर २७१४.०५ विन्दुमा ओर्लिएको छ । बजार घटे पनि कारोबार रकमले भने लगानीकर्ताको मनोबल उच्च रहेको पुष्टि गर्छ ।

    बिहीबार ३२० कम्पनीको ३ करोड ५४ लाख कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । परिसूचक घट्दा पनि कारोबार रकम १४ अर्ब माथि रहनुलाई सकारात्मक मानिन्छ । यसले तल्लो मूल्यमा शेयर उठाउन खोज्ने 'बार्गेन हन्टर्स'हरू अझै बजारमा सक्रिय रहेको देखाउँछ । बिहीबार कारोबारका आधारमा ङादी ग्रुप पावर ५९ करोड ९९ लाख रुपैयाँसहित अग्रस्थानमा रह्यो ।

    प्राविधिक पक्ष र प्रतिरोध प्राविधिक चार्टअनुसार बजारले हाल 'हायर हाई' र 'हायर लो' को सकारात्मक शृङ्खला बनाइरहेको छ । अघिल्लो महिनादेखि लय समातेको बजारले लामो समयको 'डाउन ट्रेन्ड'लाई तोडिसकेको छ । तर, तत्कालका लागि २८२४.८५ को विन्दु एउटा कडा प्रतिरोध (रेसिस्टेन्स) का रूपमा देखिएको छ । बजार यो तहभन्दा माथि जान थप ऊर्जा र खरिद चापको पर्खाइमा छ ।

    यदि आगामी दिनमा बजारमा थप गिरावट आएमा २५६८.९४ को विन्दुले पहिलो बलियो टेवा (सपोर्ट) प्रदान गर्ने प्राविधिक विश्लेषकहरूको ठम्याइ छ । हाल बजार 'कन्सोलिडेसन' अर्थात् मूल्य समायोजनको प्रक्रियामा रहेकाले २७०० को मनोवैज्ञानिक विन्दुभन्दा माथि टिकिरहनुलाई प्राविधिक रूपमा सुखद मानिएको छ ।

    क्षेत्रगत उतारचढाव जलविद्युत् समूहमा चमक देखिँदा विकास बैंक र लघुवित्त क्षेत्रका लगानीकर्ताले भने बिहीबार केही नोक्सानी बेहोरेका छन् । कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । बजारका जानकारहरूका अनुसार लगानीकर्ताहरू अहिले सेक्टर परिवर्तन (सेक्टर रोटेसन) गर्दै कम मूल्यका र तुलनात्मक रूपमा जोखिम कम भएका कम्पनीतिर मोडिएका छन् ।

    समग्रमा, २७५० देखि २८२० को बीचमा केही समय उतारचढाव देखिए पनि बजारले आफ्नो वृद्धिको यात्रालाई निरन्तरता दिने संकेतहरू चार्टमा अझै जीवितै छन् । २८२५ को प्रतिरोधलाई भोल्युमसहित पार गरेमा नेप्सेले नयाँ उचाइ तय गर्ने सम्भावना प्रबल छ ।

    By Dipesh Ghimire Kathmandu – Nepal’s equity market is witnessing a tactical shift as investors flock toward low-priced hydropower stocks, signaling a renewed appetite for high-beta securities. Led by Ankhu Khola Hydropower (AKJCL), a wave of interest has swept across a dozen companies trading near or below the NPR 200 mark, even as the broader index faces technical hurdles.

    Retail Frenzy in Low-Value Stocks

    The recent rally in Ankhu Khola has acted as a catalyst, drawing retail investors toward undervalued hydropower scripts. Market analysts observe that the preference for "low-cap" stocks stems from the psychological advantage of high volume—where investors can acquire more units with less capital—and the potential for significant percentage gains from minor price movements.

    Joining the rally are stocks like Upper Tamakoshi, Shiv Shree Hydro, Balephi Hydro, Himal Dolakha, National Hydro, and Liberty Energy. While most of these were trading below NPR 200 just weeks ago, they have recently seen aggressive buying. On Thursday, both Himal Dolakha and Shiv Shree hit the positive circuit breaker, underscoring the intense demand in this segment.

    Market Correction Amid High Turnover

    Despite the localized excitement in the hydro sector, the benchmark NEPSE Index shed 17.53 points on Thursday to close at 2,714.05. The decline is attributed to profit-booking by short-term traders after a period of sustained gains.

    However, the market’s underlying strength remains evident in its liquidity. Total turnover stood at a robust NPR 14.56 billion, with over 35.4 million shares changing hands. Analysts interpret this high volume during a price dip as a sign of "accumulation," where institutional and savvy investors pick up shares at lower levels.

    Market Performance Snapshot:

    • Total Turnover: NPR 14.56 Billion

    • Gainers: 85 companies

    • Losers: 170 companies

    • Top Turnover: Ngadi Group Power (NPR 599.9 Million)

    Technical Outlook: The 2,825 Hurdle

    From a technical perspective, the market is maintaining a healthy "Higher High" and "Higher Low" pattern. After breaking out of a long-term downtrend in mid-December, the index is now navigating a consolidation phase.

    The immediate challenge for the bulls lies at the 2,824.85 resistance level. Technicians suggest that the market requires a fresh surge in buying pressure and volume to breach this ceiling. On the downside, if the correction continues, 2,568.94 is expected to act as a primary support level. As long as the index sustains itself above the psychological mark of 2,700, the overall bullish sentiment remains intact.

    Sectoral Divergence

    While the hydro sector shimmered, development banks and microfinance institutions faced the brunt of the selling pressure. Companies like Corporate Development Bank, Mithila Laghubitta, and Saptakoshi Development Bank hit the negative circuit, losing 10% of their value. This divergence suggests a "sector rotation" where capital is moving out of overextended financial stocks into lower-priced energy scripts.

    As the market enters this consolidation phase between 2,750 and 2,820, all eyes are on the upcoming week to see if NEPSE can gather the momentum needed to challenge its previous historical highs.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026