वैदेशिक रोजगार बचतपत्रको बिक्री न्यून, नागरिक बचतपत्रमा शतप्रतिशत सफलता
Author
NEPSE trading
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको ‘वैदेशिक रोजगार बचतपत्र–२०८६ (क)’ को बिक्री निकै कम भएको छ। मङ्सिर १२ गते जारी गरिएको रू ५० करोड बराबरको यो बचतपत्र आइतबार बिक्री बन्द भएको छ। कुल बिक्रीमध्ये करिब ११ प्रतिशत मात्रै बिक्री भएको जानकारी आएको छ।
यता, कार्यालयले जारी गरेको अर्को उपकरण ‘नागरिक बचतपत्र–२०८६ (क)’ भने पूर्ण रूपमा बिक्री भएको छ। नागरिक बचतपत्रमा साँढे सात प्रतिशत र वैदेशिक रोजगार बचतपत्रमा साँढे आठ प्रतिशत ब्याजदर तोकिएको थियो। यी बचतपत्रको ब्याज प्रत्येक छ महिनामा खरिदकर्ताको बैंक खातामा सोझै भुक्तानी गरिन्छ।
बचतपत्रजस्ता सरकारी उपकरणहरू बैंकको मुद्दती निक्षेपभन्दा आकर्षक भए पनि यसको फाइदाबारे धेरै नागरिकलाई जानकारी छैन। प्रायः लगानीकर्ताहरू घरजग्गा, सुनचाँदी, पुँजी बजार र मुद्दती निक्षेपजस्ता क्षेत्रमा प्राथमिकता दिने गरेको देखिन्छ।
सरकारी उपकरण ‘बचतपत्र’ सहज, सुरक्षित र आकर्षक प्रतिफल दिने विकल्प भए पनि प्रचार–प्रसारको कमी, प्रक्रियागत जटिलता र दोस्रो बजारको सीमित जानकारीले गर्दा यो उपकरणप्रति लगानीकर्ता आकर्षित हुन सकेका छैनन्।