·

ब्याजदर एकल अंकमा झरेसँगै लगानीको राम्रो अवसर: प्रधानमन्त्री ओली

Author

Nepse trading

ब्याजदर एकल अंकमा झरेसँगै लगानीको राम्रो अवसर: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरूको ब्याजदर एकल अंकमा झरेसँगै उद्योग, व्यापार र स्टार्टअपका लागि राम्रो अवसर सिर्जना भएको बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउने नीति लिएपछि बैंकहरूको ब्याजदर एकल अंकमा झरिसकेको उल्लेख गरे। सांसद वर्षमान पुनले सोधेको प्रश्नको जवाफ दिँदै उनले सरकार लगानी बढाउन केन्द्रित रहेको दाबी गरे।

उनले उद्योग, व्यापार र स्टार्टअपहरूले यस अवसरको भरपूर उपयोग गर्न सक्ने उल्लेख गर्दै सरकार लगानीमैत्री वातावरण बनाउन प्रतिबद्ध रहेको तथा आर्थिक प्रवाह सहज बनाउन विभिन्न नीति अवलम्बन गरिरहेको बताए।

Related News