धितोपत्र सम्बन्धी ऐन, २०६३ र सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल धितोपत्र बोर्डमा दर्ता भएको
कोष प्रवर्द्धक: लक्ष्मी सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने
योजना व्यवस्थापक तथा डिपोजिटरी: LS CAPITAL
एलएस होराइजन १२ (LS Horizon 12) (बन्दमुखी योजना) को
इकाई बाँडफाँड सम्बन्धी सूचना
एलएस होराइजन १२ (LS Horizon 12) को प्रति इकाई अंकित मूल्य रु १०/- दरको १२,००,००,००० (बाह्र करोड) इकाई मध्ये बिज पूँजी वापत १,८०,००,००० (एक करोड असी लाख) इकाई कोष प्रवर्द्धक श्री लक्ष्मी सन्राइज बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम १०,२०,००,००० (दश करोड बीस लाख) इकाई मिति २०८३ बैशाख ३० गतेदेखि मिति २०८३ जेठ ०४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा उक्त अवधिमा माग भन्दा अधिक इकाई खरिदको लागि आवेदन प्राप्त भएकोले प्रचलित कानून बमोजिम योजनाको आकार २५ (पच्चीस) प्रतिशत थप गरी कुल रु. १,५०,००,००,००० (एक अर्ब पचास करोड) बराबरको १५,००,००,००० इकाईहरु कायम गरी निष्काशन अवधिभित्र प्राप्त भएको रितपूर्वक आवेदन दिने आवेदकहरुलाई मिति २०८३ असार ०४ गते बाँडफाँड गरिएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारी गराउँदछौं ।
यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण शुभेच्छुकहरु, लगानीकर्ता आवेदकहरु, सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि., सञ्चार माध्यमहरु तथा सम्बन्धित सबै निकायहरुमा धन्यवाद तथा हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं ।
बाँडफाँड सम्बन्धी विवरण सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित www.meroshare.cdsc.com.np अथवा www.iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यहोरा जानकारी गराउँदछौं । साथै, यस निष्काशन कार्यमा सहभागी सम्पूर्ण सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुले बाँडफाँडमा नपरेको इकाई वापतको बाँकी रकम सम्बन्धित आवेदकहरुको बैंक खातामा फुकुवा गरिदिनुहुन समेत यसै सूचना मार्फत जानकारी गराउँदछौं ।
योजना व्यवस्थापक/धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक




