
देशका प्रमुख प्रशासनिक भवनमा आगजनी, सिंहदरबारदेखि संसद भवनसम्म क्षतिMajor Government Buildings Set Ablaze, From Singha Durbar to Federal Parliament
काठमाण्डौं उपत्यकासहित देशभर प्रदर्शन चर्किएपछि देशका प्रमुख प्रशासनिक तथा संवैधानिक संरचना आन्दोलनकारीको निशानामा परेका छन्। ‘जेन जी’ समूहको प्रदर्शनपछि उग्र बनेको आन्दोलनमा सिंहदरबार, सर्वोच्च अदालत र संघीय संसद भवनमा आगजनी भई भवनहरू ध्वस्त भएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवनमा आगो लगाइएपछि पूर्ण क्षति भएको छ भने रामशाहपथस्थित सर्वोच्च अदालत र नयाँ बानेश्वरस्थित संसद भवन समेत ध्वस्त भएका छन्। यस्तै, महान्यायाधिवक्ताको कार्यालय र ट्राफिक कार्यालयमा समेत प्रदर्शनकारीले आगजनी गरेका छन्।
राजनीतिक नेतृत्वलाई समेत निशाना बनाउँदै प्रदर्शनकारीले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायत नेताको निवासमा तोडफोड र आगजनी गरेका छन्। एमाले नेताहरू गोकुल बास्कोटा, महेश बस्नेत र महेश बर्तौलालगायतको घरमा पनि क्षति पुगेको छ।
देशका अन्य मुख्य शहरहरूमा समेत महत्त्वपूर्ण भौतिक संरचना र नेताहरूको आवासमा क्षति पुगेको खबर आएको छ।
‘जेन जी’ पुस्ताको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएपछि आन्दोलन थप आक्रामक बनेको हो। अहिले स्थिति नियन्त्रण बाहिर गएको भन्दै सुरक्षाकर्मीहरू उच्च सतर्कतामा खटिएका छन्।
Protests that erupted in Kathmandu Valley and across the country have targeted key government and constitutional structures. Following demonstrations organized by the “Gen Z” group, the movement turned violent, leading to massive arson at Singha Durbar, the Supreme Court, and the Federal Parliament building.
The Prime Minister and Council of Ministers’ Office inside Singha Durbar was completely destroyed by fire. Similarly, the Supreme Court at Ramshah Path and the Federal Parliament building at New Baneshwor were also gutted. Protesters further set fire to the Office of the Attorney General and the Traffic Police Office.
Political leaders’ residences were also attacked. The homes of CPN-UML Chairman KP Sharma Oli, Nepali Congress President Sher Bahadur Deuba, CPN (Maoist Centre) Chairman Pushpa Kamal Dahal “Prachanda,” and former Prime Minister Jhalanath Khanal were vandalized and torched. UML leaders Gokul Baskota, Mahesh Basnet, and Mahesh Bartuala also reported arson and damage to their residences.
Other major cities across the country also witnessed destruction of important physical infrastructure and leaders’ houses.
The protests escalated after 19 people were killed in police firing during the Gen Z demonstrations. The situation has now spiraled out of control, with security forces deployed at high alert nationwide.





