मन्दाकिनी हाइड्रोपावरले पुस २९ गते १२औँ साधारण सभा बोलायो, पुस १९ मा बुक क्लोजर
Author
NEPSE TRADING

काठमाडौं — मन्दाकिनी हाइड्रोपावर लिमिटेडले १२औँ वार्षिक साधारण सभा (एजीएम) आगामी पुस २९ गते आयोजना गर्ने भएको छ । सभा सोही दिन बिहान १० बजे काठमाडौंको धुम्बाराहीस्थित सूर्य क्याटरिङ एण्ड पार्टी प्यालेसमा हुनेछ ।
कम्पनीले साधारण सभाका लागि बुक क्लोजर मिति पुस १९ गते तोकेको छ । सो मितिभन्दा अघिसम्म सेयर नामसारी भएका शेयरधनीहरूले मात्र साधारण सभामा सहभागी हुन पाउनेछन् ।
साधारण सभामा कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश गरिनेछ । साथै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि सभामा समावेश गरिएको छ ।
त्यसैगरी, सञ्चालक समितिमा रिक्त रहेको एक पदमा सञ्चालक नियुक्ति गर्ने प्रस्ताव समेत सभामा पेश गरिने कम्पनीले जनाएको छ । अन्य विविध विषयमा पनि छलफल हुने जनाइएको छ ।


