माण्डु हाइड्रोपावर लिमिटेड
१४औं तथा १५औं वार्षिक साधारण सभा सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०८३/०४/२८ गते
आदरणीय शेयरधनी महानुभावहरु,
यस कम्पनीको मिति २०८३/०४/२७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम कम्पनीको १४औं तथा १५औं (आ.व. २०८१/०८२ र २०८२/०८३) वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा देहायका प्रस्तावहरु उपर छलफल तथा निर्णय गर्नको लागि बस्ने भएको हुँदा वार्षिक साधारण सभामा उपस्थित हुन सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
वार्षिक साधारण सभा हुने मिति, समय र स्थान :
मिति : २०८३/०५/१८ (03 Sep 2026)
समय : बिहान १०:०० बजे (10:00 AM)
स्थान : नेपा बैंक्वेट, नयाँबजार, काठमाडौँ (Nepa Banquet, Nayabazar Kathmandu)
१४औं तथा १५औं वार्षिक साधारण सभामा प्रस्तुत हुने प्रस्तावहरु (एजेण्डाहरु) :
१. सामान्य प्रस्ताव :
क) आ.व. २०८१/०८२ र आ.व. २०८२/०८३ सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने सम्बन्धमा ।
ख) आ.व. २०८१/०८२ र आ.व. २०८२/०८३ को लेखापरीक्षकको प्रतिवेदन, २०८२ आषाढ मसान्त सम्म र २०८३ आषाढ मसान्त सम्म को वासलात, आय व्यय विवरण र सोही अवधिको नगद प्रवाह लगायत वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।
ग) आ.व. २०८२/०८३ को कारोबारको हिसाब लेखापरीक्षण गर्नका निमित्त सञ्चालक समितिबाट नियुक्ति र कम्पनी रजिष्ट्रार कार्यालयबाट स्वीकृत लेखापरीक्षक तथा निजको पारिश्रमिक अनुमोदन गर्ने सम्बन्धमा ।
घ) कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार यस कम्पनीको आ.व. २०८३/०८४ को कारोबारको हिसाब लेखापरीक्षण गर्नका निमित्त लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
ङ) सञ्चालक समितिबाट प्रस्ताव गरिएको हाल कायम चुक्ता पूँजी रु.१,३६,३६,३७,०००/- को १२.५२६३% हुन आउने नगद लाभांश रु.१७,०८,१३,४७७/- (अक्षरेपी सत्र करोड आठ लाख तेह्र हजार चार सय सतहत्तर रुपैया मात्र) मा प्रचलित कानून बमोजिम कर कट्टी गरि स्वीकृति प्रदान गर्ने सम्बन्धमा । (प्रस्तावित नगद लाभांश मध्ये ०.५२६३% आ.व. २०८१/०८२ (बोनस शेयर लाभांश कर प्रयोजनार्थ) तथा १२% आ.व. २०८२/०८३ को लागि संचित मुनाफाबाट वितरण गर्न लागिएको)
च) संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिको निर्वाचन तथा स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने सम्बन्धमा ।
२. विशेष प्रस्ताव :
क) सञ्चालक समितिबाट आ.व. २०८१/०८२ सम्मको संचित मुनाफाबाट प्रस्ताव गरिएको र विद्युत नियमन आयोगबाट स्वीकृति प्राप्त कम्पनीको हाल कायम चुक्ता पूँजी रु.१,३६,३६,३७,०००/- (अक्षरेपी एक अर्ब छत्तीस करोड छत्तीस लाख सैतिस हजार) को १०% का दरले हुने रु.१३,६३,६३,७००/- (अक्षरेपी तेह्र करोड त्रिसठ्ठी लाख त्रिसठ्ठी हजार सात सय) बराबरको बोनस शेयर वितरण गर्ने स्वीकृत तथा अनुमोदन प्रदान गर्ने सम्बन्धमा ।
ख) प्रबन्धपत्र तथा नियमावलीमा पुँजीवृद्धि लगायत अन्य आवश्यक संशोधन गर्ने सम्बन्धमा साथै प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायहरुबाट कुनै संशोधन, फेरबदल तथा थपघट गर्नुपर्ने कुनै सुझाव तथा निर्देशन प्राप्त भएमा सोको लागि सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।
ग) सञ्चालक समितिको बैठक भ्रमण भत्ता पारित गर्ने सम्बन्धमा ।
३. विविध ।
साधारण सभा सम्बन्धी सामान्य जानकारीहरु :
१. वार्षिक साधारणसभा प्रयोजनको लागि मिति २०८३/०५/०५ (तदनुसार २९ अगस्ट २०२६) गतेका दिन कम्पनीको दर्ता किताब बन्द गरिनेछ । नेपाल स्टक एक्सचेन्ज लि.मा मिति २०८३/०५/०४ गतेसम्म कारोबार भई शेयर खरिद गरि आफ्नो नाममा शेयर नामसारी भई आएका शेयरधनीहरु सो सभामा भाग लिन तथा आ.व. २०८१/०८२ र
नेपाल वित्तीय प्रतिवेदन मापदण्ड अनुसारको वित्तीय विवरण
Statement of Financial Position FY 2082-083 FY 2081-082
ASSETS
| Non-Current Assets | ||
| Property, plant and equipment | 650,156 | 374,919 |
| Intangible assets | 4,621,408,937 | 3,003,137,123 |
| Capital Work In Progress | - | 935,338,801 |
| Financial Assets | ||
| Financial Assets at Fair Value Through PL | 400,000,000 | 400,000,000 |
| Other Non Current Assets | 21,527,374 | 21,527,374 |
| Total Non-Current Assets | 5,043,586,467 | 4,360,378,217 |
| Current Assets | ||
| Inventories | 4,723,485 | 4,723,485 |
| Trade and Other Receivables | 166,085,918 | 1,216,337 |
| Other Current Assets | 18,059,686 | 347,386,183 |
| Cash and cash equivalents | 5,356,357 | 5,265,617 |
| Total Current Assets | 194,225,445 | 358,591,622 |
| TOTAL ASSETS | 5,237,811,912 | 4,718,969,839 |
EQUITY AND LIABILITIES
| Equity | ||
| Share capital | 1,363,637,000 | 1,363,637,000 |
| Retained Earnings and Reserves | 857,471,321 | 539,383,843 |
| Total Equity | 2,221,108,321 | 1,903,020,843 |
| Liabilities | ||
| Non-Current Liabilities | ||
| Loans and borrowings | 2,400,504,165 | 2,190,465,969 |
| Total Non-Current Liabilities | 2,400,504,165 | 2,190,465,969 |
| Current Liabilities | ||
| Loans and borrowings | 520,000,000 | 459,378,220 |
| Employee Benefit | 8,661,750 | 2,018,953 |
| Trade and other payables | 87,537,675 | 164,085,853 |
| Total Current Liabilities | 616,199,425 | 625,483,026 |
| Total Liabilities | 3,016,703,591 | 2,815,948,995 |
| TOTAL EQUITY AND LIABILITIES | 5,237,811,912 | 4,718,969,839 |
Statement of Profit or Loss and Other Comprehensive Income FY 2082-083 FY 2081-082
| Revenue from operations | 794,934,701 | 204,742,193 |
| Other Income | 5,861 | 588,255,799 |
| Total Income | 794,940,561 | 792,997,992 |
| Employee Benefit Expenses | 28,051,477 | 24,661,932 |
| Operation and Maintanence Expenses | 61,428,462 | 22,999,470 |
| Administrative Expenses | 14,912,255 | 12,114,672 |
| Depreciation, Amortization & Impairment of Assets | 168,083,081 | 507,550,286 |
२०८२/०८३ को वितरण योग्य नगद लाभांश तथा वोनस शेयर पाउन योग्य रहनेछन् ।
- वार्षिक साधारणसभामा उपस्थित शेयरधनी महानुभावहरुको सुविधाको लागि हाजिरी पुस्तिका सभास्थलमा सभा हुने दिन बिहान ९:०० बजेदेखि सभा सञ्चालन रहेसम्म खुल्ला रहनेछ ।
- कम्पनीको आयोजनामा लगानीको निमित्त बैंकहरुसँग गरिएको सहवित्तीय सम्झौताको शर्तबमोजिम लगानीकर्ता बैंकहरुको स्वीकृतिपश्चात मात्र लाभांश वितरण गर्न पाईने भएकोले सोको स्वीकृतिका लागि कम्पनीबाट प्रक्रिया चालिएको र साधारणसभा एवं लगानीकर्ता बैंकहरुको स्वीकृति पश्चात् प्रस्तावित लाभांश भुक्तानी गरिने ।
- वार्षिक साधारणसभामा भाग लिन आउनु हुने शेयरधनी महानुभावहरुले आफ्नो परिचय खुल्ने सक्कल प्रमाण तथा हितग्राही खाता खोली शेयर अभौतिकरण गरिएको विवरण देखिने Demat Account Statement वा शेयर प्रमाण-पत्र साथमा लिई आउन हुन अनुरोध छ, अन्यथा सभाकक्ष भित्र प्रवेश गर्न पाईने छैन ।
- सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारीका लागि कम्पनीको संक्षिप्त आर्थिक विवरण यसैसाथ प्रकाशित गरिएको छ । आर्थिक विवरणलगायतका वार्षिक साधारणसभामा पेश हुने सम्पूर्ण प्रस्तावहरु तथा साधारणसभा सम्बन्धी अन्य जानकारीको लागि कम्पनीको website:manduhydropower.com मा पनि हेर्न सक्नुहुनेछ ।
- सभामा आफू उपस्थित नभई प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनी महानुभावहरुले सभा शुरु हुने समय भन्दा कम्तीमा ४८ घण्टा अगावै यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौँमा प्रोक्सी फारम दर्ता गरिसक्नुपर्नेछ । सभामा भाग लिन र मतदान गर्नका लागि प्रतिनिधि नियुक्त गरिसकेपछि उक्त प्रतिनिधि बदर गरि आफैँ मुकरर गर्ने भएमा सोको लिखित सूचना सोहि अवधि भित्र कम्पनीको रजिष्टर्ड कार्यालयमा दर्ता गरिसक्नुपर्नेछ । यसरी प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिएको व्यक्ति समेत कम्पनीको शेयरधनी हुनुपर्नेछ ।
- संरक्षक रहनुभएका शेयरधनी महानुभावहरुका तर्फबाट कम्पनीको शेयर लागत किताबमा संरक्षकको रुपमा नाम दर्ता भएको व्यक्तिले, संयुक्त रुपमा शेयर खरिद गरिएको अवस्थामा शेयर लागत किताबमा पहिले नाम उल्लेख भएको व्यक्ति अथवा सर्वसम्मतिबाट प्रतिनिधि नियुक्त गरिएको एक व्यक्तिले र कुनै संगठित संस्था वा कम्पनीले शेयर खरिद गरेको हकमा त्यस्ता संगठित संस्था वा कम्पनीले मनोनित गरेको प्रतिनिधिहरुले शेयरधनीको हैसियतले सभामा भाग लिन र मतदान गर्न सक्नुहुनेछ ।
- छलफलका विषयसूची मध्ये विविध शीर्षक अन्तर्गत छलफल गर्न इच्छुक शेयरधनीले सभा हुनुभन्दा ७ दिन अगावै सो सम्बन्धी प्रस्ताव कारण सहित उल्लेख गरि कम्पनी सचिव मार्फत सञ्चालक समितिको अध्यक्षलाई लिखितरुपमा दिनुपर्नेछ । तर, त्यसलाई पारित गरिनुपर्ने प्रस्तावको रुपमा राखिने छैन ।
- शान्ति सुरक्षाको दृष्टिकोणले साधारणसभामा उपस्थित हुने शेयरधनी महानुभावहरुलाई यथाशक्य झोला, व्याग नल्याउनुहुन अनुरोध छ । सभाको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरुले शेयरधनी महानुभावहरुलगायत सभाकक्षमा प्रवेश गर्ने सबैको झोला व्याग र शरीर जाँच गर्न सक्ने भएको हुँदा सो कार्यमा सहयोग गरिदिनुहुन अनुरोध छ ।
- विधुतीय (भर्चुअल) माध्यमबाट समेत सभामा सहभागी हुन तथा आफ्नो मन्तव्य राख्न सकिने व्यवस्था मिलाइएको हुँदा, विधुतीय माध्यमबाट सभामा भाग लिन चाहने शेयरधनी महानुभावहरुले [email protected] वा [email protected] मा इमेल गरी वा फोन नं. ०१-४५३८३८८, ०१-४५२९०८९ मा सम्पर्क गरी साधारणसभा सुरु हुनु भन्दा कम्तीमा २४ घण्टा अगावै आफ्नो नाम इमेल ठेगाना टिपाउनु हुन अनुरोध छ । विधुतीय माध्यम मार्फत उपस्थित हुने शेयरधनी महानुभावहरुलाई Meeting ID / Passcode उपलब्ध गराई सभामा सहभागी हुने व्यवस्था मिलाइनेछ ।
- अन्य आवश्यक जानकारीको लागि यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौँ वा फोन नं. ०१-४५३८३८८, ०१-४५२९०८९ मा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।
सञ्चालक समितिको आज्ञाले
कम्पनी सचिव
आदरणीय शेयरधनी महानुभावहरु,
यस माण्डू हाइड्रोपावर लिमिटेडको चौंथो र पाँचौं वार्षिक साधारणसभाको प्रयोजनार्थ आ.व. २०८१/०८२ र आ.व. २०८२/०८३ को वासलात, नाफा नोक्सान हिसाब लगायत कम्पनीको कारोबारको जानकारीका लागि निम्नानुसार रहेको यस संक्षिप्त आर्थिक विवरण मार्फत जानकारी गराउँदछौं । कम्पनीको लेखामान बोर्ड (NASB) को निर्देशन बमोजिम आर्थिक वर्ष २०८१/०८२ र आ.व. २०८२/०८३ को नेपाल वित्तीय प्रतिवेदन मापदण्ड (Nepal Financial Reporting Standards - NFRS) अनुसार वित्तीय विवरण तयार गरि सोही बमोजिमको संक्षिप्त विवरण यहाँहरुको जानकारीको लागि यसै साथ प्रकाशित गरिएको छ ।
आ.व. २०८१/०८२ र आ.व. २०८२/०८३ को कारोबारको सिंहावलोकन
यस कम्पनीद्वारा सञ्चालित मकवानपुर जिल्ला ईपापञ्चकन्या स्थित बागमती साना जलविद्युत आयोजना (२२ मे.वा.) लाई विगतका वर्षहरुमा जस्तै दक्षतापूर्वक सञ्चालन गरि विद्युत उर्जा बिक्रीबाट कम्पनीको आम्दानी अधिकतम बनाउने कार्यलाई प्रस्तुत आ.व. २०८१/०८२ र आ.व. २०८२/०८३ लाई निरन्तरता दिईएको छ । तसर्थ प्रस्तुत आर्थिक वर्ष संयुक्त उत्पादनको स्थिति सन्तोषजनक रही कम्पनी मुनाफामा रहेको छ ।
| Finance Costs | 194,129,685 | 161,891,324 |
| Total Expenditure | 466,604,960 | 729,217,683 |
| Profit/(Loss) Before Tax and Bonus | 328,335,601 | 63,780,309 |
| Provision for Staff Bonus | 6,566,712 | 1,275,606 |
| Income Tax Expense | - | - |
| Profit/(Loss) from continuing operations | 321,768,889 | 62,504,703 |
| Profit /(Loss) on Discontinued Operations (Net of tax) | - | - |
| Provision for Corporate Social Responsibility | 3,217,689 | 625,047 |
| Net Profit/(Loss) for the year | 318,551,200 | 61,879,656 |
| Other comprehensive Income | ||
| Exchange Gain/Loss arising on translation of foreign operations | - | - |
| Acturial Gain/(Loss) on defined Employment benefit | - | - |
| Gain/Loss on Revaluation | - | - |
| Total Comprehensive gain/(loss) for the year, net of tax | 318,551,200 | 61,879,656 |
Statement of Cash Flows FY 2082-083 FY 2081-082
Net Cash Flows From Operating Activities
| Net Profit for the year | 318,551,200 | 61,879,656 |
| Adjustments for: | ||
| Tax expense | - | - |
| Depreciation on property, plant and equipment | 449,572 | 368,934 |
| Amortization of Intangible Assets | 167,633,509 | 127,371,158 |
| Interest expense | 194,129,685 | 161,891,324 |
| Expenses towards CSR | (3,681,412) | - |
| Prior Period Adjustments | - | - |
| Corporate Social Responsibility Fund | 3,217,689 | 614,947 |
| Working capital adjustments: | ||
| (Increase)/ Decrease in Inventories | - | 35,237,400 |
| (Increase)/ Decrease in Trade Receivables | (164,869,580) | 117,064,186 |
| (Increase)/ Decrease in Other Current Assets | 329,326,497 | (336,692,294) |
| Increase / (decrease) in Employee Benefits | 6,642,797 | (3,544,265) |
| Increase / (decrease) in Trade and Other payables | (76,548,177) | 157,668,854 |
| Cash generated from operations | 774,851,780 | 321,859,900 |
| Income Tax Paid | - | - |
| Net Cash Flows From Operating Activities [A] | 774,851,780 | 321,859,900 |
Cash Flows From / (Used In) Investing Activities
| Purchase of property, plant and equipment | (724,810) | (40,800) |
| (Increase)/Decrease in CWIP | 935,338,801 | (935,338,801) |
| (Increase)/Decrease in Intangible Assets | (1,785,905,322) | 378,922,193 |
| (Increase)/ Decrease in Other Non Current Assets | - | (17,855,900) |
| Purchase of Investment | - | - |
| Net Cash Flows From Investing Activities [B] | (851,291,331) | (574,313,308) |
| Cash Flows From Financing Activities | ||
| Proceeds from issue of ordinary shares | - | - |
| Increase in Share Premium | - | - |
| Share issue expenses | - | - |
| Net (repayment of) increase in borrowings | 270,659,976 | 581,188,964 |
| Interest Expenses | (194,129,685) | (161,891,324) |
| Dividends paid | - | (163,636,440) |
| Net Cash Flows From Financing Activities [C] | 76,530,291 | 255,661,200 |
| Increase/(Decrease) In Cash And Cash Equivalents [A+B+C] | 90,739 | 3,207,791 |
| Cash and Cash Equivalent At the beginning of the year | 5,265,617 | 2,057,825 |
| Cash And Cash Equivalents At The End Of The Period | 5,356,357 | 5,265,617 |



