NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Manjushree Finance posts 28% profit growth, lower impairment boosts performance
    मञ्जुश्री फाइनान्सको नाफा २८ प्रतिशतले वृद्धि, इम्पेयरमेन्ट घट्दा प्रदर्शन सुधार
    Investor
    1 min read
    Published on April 22, 2026
    NEPSE TRADING

    मञ्जुश्री फाइनान्सको नाफा २८ प्रतिशतले वृद्धि, इम्पेयरमेन्ट घट्दा प्रदर्शन सुधारManjushree Finance posts 28% profit growth, lower impairment boosts performance

    मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL) ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार फाइनान्सको वित्तीय अवस्था सुधारउन्मुख देखिएको छ भने नाफा, आम्दानी र प्रमुख सूचकहरूमा सकारात्मक वृद्धि देखिएको छ।चालु आर्थिक वर्षको पहिलो ९ महिनामा फाइनान्सले २१ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको १७ करोड ११ लाख रुपैयाँको तुलनामा २७.९३ प्रतिशतले बढी हो। कम्पनीको नाफा वृद्धिमा मुख्य रूपमा खुद ब्याज आम्दानीको वृद्धि र इम्पेयरमेन्ट चार्जमा आएको उल्लेख्य कमीले योगदान गरेको देखिएको छ।समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १०.२४ प्रतिशतले बढेर ६८ करोड ४७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद फि तथा कमिशन आम्दानी २.९५ प्रतिशतले बढेको छ। कुल सञ्चालन आम्दानी १०.१५ प्रतिशतले वृद्धि भई ८० करोड रुपैयाँ नाघेको छ भने सञ्चालन मुनाफा पनि १०.२९ प्रतिशतले बढ्दै ३२ करोड ३३ लाख रुपैयाँ पुगेको छ।विशेषगरी इम्पेयरमेन्ट चार्ज घट्नु कम्पनीका लागि सकारात्मक पक्षका रूपमा देखिएको छ। अघिल्लो वर्षको १४ करोड ५४ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट खर्च घटेर यस वर्ष ११ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ, जसले नाफा वृद्धिमा प्रत्यक्ष प्रभाव पारेको छ।नाफासँगै प्रतिशेयर आम्दानी (EPS) पनि सुधारिएको छ। समीक्षा अवधिमा EPS ४ रुपैयाँ ७१ पैसाले बढेर २१ रुपैयाँ ६० पैसा पुगेको छ। त्यसैगरी वितरणयोग्य मुनाफा ३० करोड ५४ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य EPS ३० रुपैयाँ १३ पैसा रहेको छ, जसले आगामी लाभांश क्षमतामा सुधारको संकेत गर्दछ।वित्तीय अवस्थातर्फ हेर्दा फाइनान्सको चुक्ता पूँजी १ अर्ब ३५ करोड १५ लाख रुपैयाँ कायम रहेको छ। जगेडा तथा अधिशेष कोषमा १ अर्ब ११ करोड रुपैयाँभन्दा बढी रकम सञ्चित छ। चैत मसान्तसम्म कम्पनीले २२ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।अन्य सूचकहरूमा पनि कम्पनीले सन्तुलित प्रदर्शन देखाएको छ। कर्जा–निक्षेप अनुपात (CD Ratio) ८४.९९ प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा (NPL) ३.९९ प्रतिशतमा झरेको छ। यद्यपि पूँजी कोष अनुपात (Capital Fund to RWA) केही घटेर १२.६९ प्रतिशतमा पुगेको छ, जुन नियामकीय सीमाभित्रै रहेको देखिन्छ।समग्रमा, मञ्जुश्री फाइनान्सले आम्दानी वृद्धि, खर्च नियन्त्रण र जोखिम व्यवस्थापनमा सुधार गर्दै सन्तुलित वित्तीय प्रदर्शन प्रस्तुत गरेको देखिन्छ। इम्पेयरमेन्ट चार्जमा आएको कमी र सञ्चालन मुनाफामा भएको वृद्धि आगामी दिनमा पनि कम्पनीको नाफा दिगो रूपमा बढ्ने संकेतका रूपमा हेरिएको छ।
    Manjushree Finance Limited (MFIL) has published its unaudited financial statements for the third quarter of the fiscal year 2082/83. The report shows an overall improvement in the company’s financial performance, with growth in profit, income, and key indicators.The company recorded a net profit of NPR 218.91 million in the first nine months of the current fiscal year, representing a 27.93% increase compared to NPR 171.12 million in the same period last year. The growth in profit has been primarily driven by higher net interest income and a notable decline in impairment charges.During the review period, net interest income increased by 10.24% to NPR 684.77 million. Similarly, net fee and commission income rose by 2.95%. Total operating income grew by 10.15% to over NPR 800 million, while operating profit increased by 10.29% to NPR 323.34 million.A key positive factor was the reduction in impairment charges. The company’s impairment expenses declined from NPR 145.43 million in the previous year to NPR 117.51 million this year, directly supporting profit growth.Earnings per share (EPS) also improved alongside profit. EPS rose by NPR 4.71 to reach NPR 21.60. Meanwhile, distributable profit stood at NPR 305.46 million, with distributable EPS at NPR 30.13, indicating a stronger capacity for future dividends.On the balance sheet side, the company’s paid-up capital remains at NPR 1.35 billion. Reserve and surplus have reached over NPR 1.11 billion. As of mid-April (Chaitra-end), the company has collected deposits worth NPR 22.73 billion and extended loans amounting to NPR 19.85 billion.Other financial indicators also reflect a stable position. The credit-to-deposit (CD) ratio stands at 84.99%, while non-performing loans (NPL) have slightly improved to 3.99%. However, the capital fund to risk-weighted assets (RWA) ratio has declined to 12.69%, though it remains within regulatory requirements.Overall, Manjushree Finance has demonstrated balanced financial growth, supported by improved income, controlled expenses, and better risk management. The decline in impairment charges and steady operational performance suggest a positive outlook for the company in the coming quarters.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026