
Top
1 min read
NEPSE TRADING
मार्जिन कारोबार प्रणाली सञ्चालन फेरि धकेलियो, प्राविधिक तयारी नसकिँदा एक हप्ता ढिलाइMargin Trading System Delayed Again Due to Incomplete Technical Preparations
सेयर बजारमा बहुप्रतीक्षित मानिएको मार्जिन कारोबार प्रणाली तत्काल कार्यान्वयनमा नआउने भएको छ । नयाँ वर्ष २०८३ को वैशाख २ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको भए पनि प्राविधिक तयारी अपुग रहेपछि प्रणाली कम्तीमा एक हप्ता पछि मात्र लागू हुने संकेत देखिएको छ। यसले बजारमा नयाँ प्रविधि र लगानी सुविधा प्रतिक्षामा रहेका लगानीकर्तालाई थप केही समय कुर्नुपर्ने अवस्था सिर्जना गरेको छ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले केही दिनअघि मार्जिन कारोबारका लागि १२३ वटा सूचीकृत कम्पनीलाई योग्य घोषणा गरिसकेको छ। नेप्सेले सार्वजनिक गरेको सूचीअनुसार ती कम्पनीहरूको सेयरमा मात्रै ब्रोकरमार्फत मार्जिन लेन्डिङ सुविधा उपलब्ध हुनेछ, जसले लगानीकर्तालाई ऋण लिएर सेयर किनबेच गर्ने अवसर प्रदान गर्नेछ।योग्य घोषित कम्पनीहरूको संरचना हेर्दा बैंकिङ तथा वित्तीय क्षेत्रको उच्च उपस्थिति देखिन्छ। सूचीमा १९ वटा वाणिज्य बैंक, ११ विकास बैंक र ११ फाइनान्स कम्पनी समावेश छन्। त्यस्तै, १७ माइक्रोफाइनान्स संस्था, १२ जीवन बीमा र ११ निर्जीवन बीमा कम्पनी पनि समेटिएका छन्। जलविद्युत क्षेत्रका २८ कम्पनी, लगानी समूहका ६ कम्पनी, उत्पादन तथा प्रशोधन समूहका २ कम्पनी, होटल समूहका ३ कम्पनी तथा अन्य समूहका २ कम्पनी पनि यस सूचीमा रहेका छन्।मार्जिन कारोबारमा समावेश हुन कम्पनीहरूले निश्चित वित्तीय तथा संरचनात्मक मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ। कम्तीमा २५ लाख कित्ता सेयर सर्वसाधारणमा जारी भएको, कम्पनीको नेटवर्थ चुक्ता पुँजी बराबर वा सोभन्दा बढी भएको तथा पछिल्ला तीन आर्थिक वर्षमध्ये कम्तीमा दुई वर्ष नाफामा रहेको कम्पनी मात्रै यसमा योग्य ठहरिएका छन् । साथै, आईपीओ जारी भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने प्रावधान पनि राखिएको छ ।मार्जिन कारोबार प्रणालीलाई नेपाली पूँजीबजारको विकासको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। यसले बजारमा तरलता बढाउने, लगानीकर्तालाई थप वित्तीय लचिलोपन दिने र कारोबारको दायरा विस्तार गर्ने अपेक्षा गरिएको छ। तर, कार्यान्वयनमै ढिलाइ हुँदा यसको प्रभाव तत्काल महसुस हुन सकेको छैन ।समग्रमा, प्राविधिक पक्ष सुदृढ बनाउँदै सुरक्षित र व्यवस्थित रूपमा प्रणाली सञ्चालन गर्ने तयारीमा नेप्से रहेको देखिए पनि बारम्बारको ढिलाइले बजारमा केही अन्योलता भने सिर्जना गरेको छ ।
The long-awaited margin trading system in the stock market will not be implemented immediately. Although it was initially planned to be launched from Baisakh 2 of the Nepali year 2083, the system is now expected to be delayed by at least one week due to incomplete technical preparations. This delay means investors who were waiting for new trading technology and investment facilities will have to wait a little longer.The Nepal Stock Exchange (NEPSE) had recently declared 123 listed companies eligible for margin trading. According to the published list, margin lending facilities through brokers will be available only for the shares of these companies, allowing investors to buy and sell shares using borrowed funds.The composition of eligible companies shows a strong presence of the banking and financial sector. The list includes 19 commercial banks, 11 development banks, and 11 finance companies. Similarly, it also covers 17 microfinance institutions, 12 life insurance companies, and 11 non-life insurance companies. In addition, 28 hydropower companies, 6 investment companies, 2 manufacturing and processing companies, 3 hotel-related companies, and 2 companies from other sectors are also included in the list.To be included in margin trading, companies must meet certain financial and structural criteria. Only those companies are eligible that have issued at least 2.5 million shares to the public, have a net worth equal to or greater than their paid-up capital, have made profits in at least two of the last three fiscal years, and have completed at least two years since their IPO issuance.The margin trading system is considered an important step in the development of Nepal’s capital market. It is expected to increase market liquidity, provide investors with greater financial flexibility, and expand the scope of trading. However, due to delays in implementation, its immediate impact has not yet been felt.Overall, while NEPSE appears to be working toward a secure and well-prepared rollout of the system, repeated delays have created some uncertainty in the market.




