NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Market Sentiment Strengthens: NEPSE Crosses 2700 Again, Hints of Morning Star, Month-End P...
    बजारमा उत्साह : नेप्से फेरि २७ सय माथि, मर्निङ स्टारले दियो संकेत, मसान्तको प्रभाव कमजोर हुँदै
    Investor
    3 min read
    Published on July 9, 2025
    NEPSE TRADING

    बजारमा उत्साह : नेप्से फेरि २७ सय माथि, मर्निङ स्टारले दियो संकेत, मसान्तको प्रभाव कमजोर हुँदैMarket Sentiment Strengthens: NEPSE Crosses 2700 Again, Hints of Morning Star, Month-End Pressure Easing

    नेपालको शेयर बजारले फेरि एकपटक उत्साहजनक मोड लिएको छ। असार १५ यता केही दिन विश्राम लिएपछि बजार पुनः तीव्र गतिमा अगाडि बढ्न थालेको छ। बुधबारको कारोबारमा नेप्से सूचक २२.०४ अंकले बढेर २७०५.९० विन्दुमा पुगेर बन्द भएको छ, जुन पछिल्लो समयको मनोवैज्ञानिक रूपमा महत्वपूर्ण बिन्दु हो।

    सामान्यतया आर्थिक वर्षको अन्तिम महिनामा बजार कम सक्रिय देखिन्छ। तर यस वर्षको असार महिनाको मध्यतिरदेखि बजारमा उल्लेखनीय सुधार देखिन थालेको हो। यसले साउन–भदौ महिनामा पनि बजार सकारात्मक रहन सक्ने संकेत गरेको छ। विशेषतः मौद्रिक नीति आउनु अघिको अवस्थाले लगानीकर्तामा नयाँ आशा जगाएको देखिन्छ।

    बुधबारको कुल कारोबार रकम ७ अर्ब ४५ करोड रुपैयाँ नाघेको छ, जुन अघिल्लो दिनको ६ अर्ब ५० करोडको तुलनामा झण्डै १ अर्ब रुपैयाँले बढी हो। सूचक र कारोबार रकम दुबैमा वृद्धि हुनु बजारमा तरलता फर्किएको र लगानीकर्ताको सक्रियता बढेको संकेत हो।

    १३ उपसमूहहरूमध्ये ११ उपसमूह हरियो देखिए। बैंकिङ उपसमूह १.६८% ले बढ्दै सबैभन्दा अगाडि रह्यो। बैंकिङ क्षेत्र बजार पूँजीकरणको ठूलो हिस्सा ओगट्ने भएकोले यसको सुधार समग्र बजारको स्वास्थ्यका लागि सकारात्मक हो। लगानी उपसमूह १% भन्दा बढीले र उत्पादन तथा प्रशोधन उपसमूह करिब १% ले बढेका छन्। वित्त र म्युचुअल फन्ड उपसमूह भने सामान्य रूपमा घटेका छन्, जुन प्राविधिक रूपमा स्वाभाविक हो।

    बरुण हाइड्रोपावर कम्पनीको शेयर मूल्य ६.२१% ले वृद्धि भई दिनकै शीर्ष गेनर बन्यो। त्यस्तै, पञ्चकन्या माइ हाइड्रोपावरको शेयर मूल्य ४% भन्दा बढीले बढेको छ। जलविद्युत् कम्पनीहरूमा देखिएको वृद्धि यस क्षेत्रमा लगानीकर्ताको चासो बढिरहेको संकेत हो।

    उता, ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य ४.४१% ले घटेर दिनको उच्चतम घटाउने स्टक बन्यो। बजारमा सुधार भइरहँदा पनि केही स्टकमा करेक्सन आउनु स्वाभाविक हो, जसले बजारलाई सन्तुलित राख्छ।

    कारोबार रकमको आधारमा राधी विद्युत् कम्पनी अग्रपंक्तिमा रह्यो, जसको कारोबार ४६ करोड ७१ लाख रुपैयाँ नाघ्यो। बुटवल पावर कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर दोस्रो र तेस्रो स्थानमा रहे, जसको कारोबार रकम क्रमशः ३६ करोड र ३५ करोड रुपैयाँभन्दा बढी रह्यो।

    विश्लेषकहरूका अनुसार असार मसान्तसँगै मौद्रिक तथा वित्तीय नीति आउने तयारी भइरहेकाले बजारमा आशावादी भावना बढेको हो। ब्याजदर, तरलता र कर्जा प्रवाहमा सुधार आउने अपेक्षाले बजारमा सकारात्मक माहोल बनाएको देखिन्छ।

    प्राविधिक विश्लेषण : मर्निङ स्टारले दिएको संकेत

    टेक्निकल हिसाबले बजारले २६०० को सपोर्ट स्तरबाट बलियो अपट्रेन्ड लिएको छ। २०० दिने मूभिङ एभरेज पार गर्दै अहिले मुख्य रेसिस्टेन्स जोनमा प्रवेश गरेको छ। अघिल्लो दिन बजारले डोजी क्यान्डल बनाएको थियो, जसले अनिश्चितताको संकेत गर्छ। तर आजको क्यान्डलले त्यस डोजीको हाईभन्दा माथि क्लोज गर्दै मर्निङ स्टार प्याटन बनाएको छ, जुन बुलिश कन्टिन्युएसन संकेत हो।

    हालको क्यान्डलले पहिलो रातो क्यान्डलको उच्च बिन्दु पार नगरे पनि, त्यसको बडीको ५०% भन्दा माथि क्लोज गरेको छ। त्यसैले यसलाई मिडियम बुलिश मर्निङ स्टार भन्न सकिन्छ।

    हालसम्म बजारले नयाँ Higher High (HH) बनाएको छैन, तर RSI ६३ माथि पुगेको छ, जुन अपट्रेन्डको संकेत हो। बजारमा नयाँ HH बनाउने सम्भावना बलियो देखिन्छ।

    बैंकिङ उपसमूहमा आएको गति र कारोबारले बजारलाई बलियो समर्थन दिएको छ। कुल कारोबारको ठूलो हिस्सा बैंकिङ क्षेत्रमै केन्द्रित थियो, जसले सूचकलाई माथिल्लो स्तरमा पुर्‍याउन मद्दत गर्‍यो।

    ब्रोकर विश्लेषण : ५५ नं. ब्रोकरको प्रभुत्व

    ब्रोकरहरूको कारोबार हेर्दा, शीर्ष १० ब्रोकरहरूमध्ये ६ ब्रोकरले बढी सेल गरेका छन् भने ४ ब्रोकरले तुलनात्मक रूपमा बढी बाई गरेका छन्।

    ५५ नं. ब्रोकर फेरि एकपटक सबैभन्दा अगाडि रह्यो, जसको कारोबार करिब १ अर्ब रुपैयाँ पुगेको छ। उसले ५६ करोडको बाई र ४३ करोडको सेल गरेको छ।

    त्यस्तै, उक्त ब्रोकरमार्फत NRIC कुल बाईको ६६% —अर्थात् १ लाख ४३ हजार कित्ता खरिद गरिएको छ। यसको एभरेज मूल्य NPR 1311 रहेको छ। यसले देखाउँछ कि खुद्रा लगानीकर्ताको सहभागिता अझै पनि उच्च छ।

    Nepal's stock market has once again taken an optimistic turn. After a brief pause in its recent rally that began around mid-Asar (early July), the NEPSE index has resumed its upward trajectory. On Wednesday, the index climbed by 22.04 points to close at 2705.90, crossing the psychologically important 2700 mark. This uptrend during the final month of the fiscal year is notable, as the market generally remains sluggish around this time. The improvement seen since mid-Asar suggests that the market could remain bullish heading into Shrawan and Bhadra (mid-July to mid-September), historically strong months for the NEPSE.

    Wednesday’s trading volume stood above NPR 7.45 billion—about NPR 1 billion more than the previous day's NPR 6.50 billion. This significant increase reflects renewed liquidity and growing investor confidence. Typically, a rise in both index value and trading volume signals a healthy and sustainable trend, especially if supported by sector-wide movement.

    Out of 13 sectors, 11 posted gains. The banking sub-index rose by 1.68%, leading the market. Given the banking sector’s large share of market capitalization, its strength often reflects the broader market’s health. The investment sub-index rose by over 1%, while the manufacturing and processing sector saw nearly 1% gains. Only the finance and mutual fund sub-indices recorded marginal losses, which is seen as normal market behavior.

    Among top gainers, Barun Hydropower led with a 6.21% price increase. Panchakanya Mai Hydropower also saw a rise of over 4%. These gains highlight growing investor interest in the hydropower sector. On the downside, Green Development Bank fell by 4.41%, becoming the day’s top loser—showing that not all stocks participated in the rally, and some correction remained.

    Radhi Power topped in terms of trading volume, with over NPR 467 million worth of transactions. It was followed by Butwal Power Company and NRN Infrastructure & Development, with trading volumes exceeding NPR 360 million and NPR 350 million, respectively.

    According to analysts, as the fiscal year nears its end, focus shifts toward upcoming monetary policy decisions. Investors expect interest rate adjustments, improved liquidity, and a boost in credit flow. These expectations have contributed to the current market optimism.

    In summary, NEPSE climbing past 2700 again, increasing daily turnover, broad-based sectoral gains, and strong price momentum in selective stocks point toward a possible trend reversal. If this continues, the months ahead could be pivotal for the market. Still, experts urge investors to remain cautious and base decisions on technical and fundamental analyses rather than speculation.

    Technical Analysis: Morning Star Signals Uptrend Continuation

    From a technical standpoint, NEPSE has formed a strong uptrend after bouncing off the 2600 zone, which acted as a solid support level. The index recently broke above its 200-day moving average and is now testing a major resistance zone.

    The previous trading session had formed a Doji candle, indicating market indecision. However, today’s candle closed above the Doji’s high, forming a bullish continuation pattern known as a Morning Star. While today’s candle didn’t close above the high of the first red candle, it did close above 50% of its body—qualifying it as a medium bullish Morning Star, signaling further potential upside.

    Though a new Higher High (HH) hasn't yet formed, the structure and momentum (as shown by the RSI at 63) suggest that one may be forming soon. The RSI level indicates strong but not overbought momentum, reinforcing the bullish outlook.

    The major thrust today came from the banking sector, which carried both momentum and volume—signaling institutional participation. The index's ability to sustain above the 200MA and test its upper resistance zone supports a continuation of this uptrend.

    Broker Analysis: Mixed Activity, Broker 55 Dominates

    Looking at broker activity, out of the top 10 highest turnover brokers, six had more sell transactions compared to buys, while four brokers bought more than they sold. Broker no. 55 continued to dominate with nearly NPR 1 billion in turnover today. It executed buy orders worth NPR 560 million and sell orders worth NPR 430 million.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026