NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Market Slumps on Regulatory Pressure, Technical Indicators Point to Further Downside
    प्राविधिक स्तरमा समेत बजार कमजोर, २०० दिनको मूभिङ एभरेजसम्म खस्ने संकेत
    Investor
    2 min read
    Published on August 24, 2025
    NEPSE TRADING

    प्राविधिक स्तरमा समेत बजार कमजोर, २०० दिनको मूभिङ एभरेजसम्म खस्ने संकेतMarket Slumps on Regulatory Pressure, Technical Indicators Point to Further Downside

    साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार फेरि दबाबमा रह्यो। लगातार तेस्रो दिन ओरालो लाग्दै गएको नेप्से परिसूचक यस दिन पनि तल झर्‍यो। विश्लेषकहरूले यसलाई सरकारले शेयर कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि लगानीकर्तामा उत्पन्न भएको अविश्वाससँग जोडेर व्याख्या गरेका छन्।

    यसअघि कालो धनमार्फत बजारमा आएको रकम परिचयपत्र प्रणाली लागू भएपछि बाहिरिन सक्ने भय बढेको छ। सम्पत्ति सुद्दीकरणको डरले धेरै लगानीकर्ताले सेयर बेचाइ बढाएको देखिन्छ। साथै, दोस्रो बजारमा सक्रिय रहेका गैरआवश्यक नेपाली (एनआरएनए) ले पनि नागरिकता प्रमाणपत्रकै आधारमा कारोबार गर्दै आएका थिए। तर, राष्ट्रिय परिचयपत्र अद्यावधिकमा समस्या हुने भएकाले उनीहरू बजारबाट बाहिरिन बाध्य भएको विश्लेषण गरिएको छ।

    आइतबार नेप्से परिसूचक १८.०२ अंकले घट्दै २७३९.९५ विन्दुमा झर्‍यो। तर परिसूचक घटेपनि कारोबार रकम भने बढेर करिब ६ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ पुगेको छ। यस दिन ३२३ कम्पनीका १ करोड ४० लाख कित्ता सेयर ५८ हजार १०५ पटकको कारोबारमार्फत किनबेच भएको थियो।

    मुख्य उतार–चढाव

    • विकास हाइड्रोपावर सकारात्मक सर्किटमा पुग्दै ३५ रुपैयाँ ३० पैसा बढेर ३८८ रुपैयाँ ७० पैसामा पुगेको छ।

    • सिवाईसी नेपाल लघुवित्त को मूल्य साढे ४ प्रतिशतभन्दा बढीले बढ्यो।

    • नारायणी डेभलपमेन्ट बैंक भने ७.२९ प्रतिशतले घट्दै दिनकै सबैभन्दा ठूलो गिरावटमा रह्यो।

    कारोबार रकमको आधारमा हिमालयन डिष्टिलरी लिमिटेड शीर्ष स्थानमा रह्यो, जसको मात्र करिब १ अर्ब ७५ करोड रुपैयाँको कारोबार भयो। त्यसपछि नेपाल पुनर्बीमा कम्पनी (२४ करोड ५० लाख) र हिमालयन रि इन्स्योरेन्स (२३ करोड रुपैयाँभन्दा बढी) को कारोबार भएको छ।

    १३ उपसमूहमध्ये यस दिन १ उपसमूह मात्र हरियालीमा रह्यो भने १२ उपसमूह राताम्मै भए। उत्पादन तथा प्रशोधन उपसमूह ०.१५ प्रतिशतले बढ्दा विकास बैंक उपसमूह १.६९ प्रतिशतले घट्दै सबैभन्दा कमजोर रह्यो। जलविद्युत उपसमूह पनि १ प्रतिशतभन्दा बढीले घट्यो।

    विश्लेषकहरूले अब बजारमा नयाँ विश्वास जगाउन ठूलै नीतिगत पहलको आवश्यकता रहेको बताएका छन्। लगानीकर्ताले “मार्जिन ट्रेडिङ सहज बनाउनुपर्ने” र “बैंकलाई दोस्रो बजारमा सहज रूपमा कारोबार गर्न दिने व्यवस्था मिलाउनुपर्ने” माग गरेका छन्।

    प्रविधिक विश्लेषण

    प्राविधिक सूचकले बजार अझै कमजोर देखाइरहेको छ। लगातार पाँचवटा रातो क्यान्डल बनेपछि नेप्सेले सबैभन्दा बलियो मानिएको ६१% फिबोनाची रिट्रेसमेन्ट स्तरलाई समेत भत्काउँदै तल बन्द भएको छ। यससँगै बजार केही दिनयता बसिरहेको साइडवेज दायरा पनि भंग भएको छ।

    प्राविधिक विश्लेषक अजित खनालका अनुसार अहिले बजारमा कुनै पनि सकारात्मक संकेत देखिएको छैन। बरु, सपोर्ट भत्किएको दिनमै कारोबार रकम बढ्नु बजारमा बेच्ने दबाब अझ प्रष्ट भएको संकेत हो।

    हाल RSI ३७ मा रही ओभरसोल्ड जोनतिर झर्ने कोसिस गरिरहेको छ। बजारको सबैभन्दा बलियो आधाररेखा अब २०० दिनको मूभिङ एभरेज (200MA) हो, जुन करिब २७०० विन्दु आसपासमा पर्छ। RSI पनि सो समयमा ३० नजिक पुग्ने भएकाले बजार २००MA सम्म खस्ने जोखिम बढेको देखिन्छ।

    पछिल्ला केही दिनको तुलनामा कारोबार रकम उल्लेख्य बढेको छ, जसमा ठूला कम्पनीहरूको म्याचिङ्ग कारोबार प्रमुख कारण बनेको छ। विशेषगरी हाइड्रोपावर उपसमूहमा ठूलो मात्रामा सप्लाई आएको छ। कारोबार हिस्सामा उत्पादन तथा प्रशोधन समूह मात्रै ३० प्रतिशतभन्दा माथि पुगेको छ, जहाँ हिमालयन डिष्टिलरी (HDL) ले ठूलो संख्यामा म्याचिङ्ग कारोबार गरेको देखिन्छ।

    दस ठूला ब्रोकरेजमध्ये ६ वटाले बेचाइ बढी गर्दा ४ वटाले खरिद बढी गरेका छन्। आइतबार मात्र ३४ नं. ब्रोकर मार्फत एचडीएलको ५ लाख ३२ हजार कित्ता खरिद र ८ लाख ८८ हजार कित्ता बिक्री भएको छ।

    The Nepal Stock Exchange (NEPSE) came under heavy pressure on Sunday, the first trading day of the week, as the index extended its losing streak for a third consecutive session. Analysts linked the decline to the government’s decision to make the National Identity Card mandatory for stock transactions, which has raised fears of asset scrutiny and money-laundering exposure. Many investors are believed to have sold their shares due to these concerns.

    Non-Resident Nepalis (NRNs), who have been actively trading in Nepal’s secondary market, are also reportedly exiting. Since they previously relied on citizenship certificates, they now face difficulties updating to the national ID system, pushing them out of the market.

    On Sunday, the NEPSE index fell by 18.02 points, closing at 2,739.95. Despite the index decline, trading volume rose sharply. Compared to Thursday’s NPR 5.02 billion turnover, Sunday recorded over NPR 6.54 billion in trades, with 140 million shares of 323 companies exchanged in 58,105 transactions.

    • Vikas Hydropower hit the positive circuit, climbing NPR 35.30 to close at NPR 388.70.

    • CYC Nepal Microfinance surged more than 4%.

    • Narayani Development Bank fell the most, plunging 7.29%.

    By turnover, Himalayan Distillery Ltd. topped the chart with NPR 1.75 billion worth of trades, followed by Nepal Reinsurance (approx. NPR 245 million) and Himalayan Reinsurance (NPR 230 million+).

    Out of 13 sectoral sub-indices, only one closed in positive territory while 12 declined. The Manufacturing and Processing sub-index inched up by 0.15%, while the Development Bank sub-index plunged 1.69%, the steepest drop. The Hydropower sub-index also declined by more than 1%.

    Analysts stressed that the market now requires strong policy interventions to restore investor confidence. Investors have demanded that margin trading be made easier and that banks be allowed to participate more freely in secondary market trading.

    Technical Analysis

    Technical signals point to increasing market risk. After five consecutive bearish candles, the NEPSE index broke below the crucial 61% Fibonacci retracement level, which had been considered a strong support. This also ended the sideways trading pattern that had held in recent weeks.

    According to technical analyst Ajit Khanal, no bullish indicators are currently visible. The breakdown of key support levels on a day when trading volume surged is seen as an alarming sign of intensified selling pressure.

    The Relative Strength Index (RSI) currently sits at 37, edging toward the oversold zone. The next major support lies at the 200-day Moving Average (200MA), around the 2,700 mark. If RSI falls closer to 30, the market could test this level soon.

    Trading volume has increased significantly compared to recent sessions, partly due to large block/matching trades in heavyweight stocks, particularly in the Hydropower sector. The Manufacturing & Processing group alone contributed more than 30% of the day’s turnover, with Himalayan Distillery (HDL) leading the activity.

    Data from the top 10 brokers showed that six were net sellers while four were net buyers. Broker No. 34 handled a major portion of the Himalayan Distillery trades, buying 532,000 shares while selling 888,000 shares on the same day.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026