NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Massive Embezzlement of Over Rs. 3.38 Billion Uncovered at Karnali Development Bank
    कर्णाली विकास बैंकमा ३ अर्ब ३८ करोड रुपैयाँ अपचलनको सनसनीखेज खुलासा
    Investor
    1 min read
    Published on August 4, 2025
    NEPSE TRADING

    कर्णाली विकास बैंकमा ३ अर्ब ३८ करोड रुपैयाँ अपचलनको सनसनीखेज खुलासाMassive Embezzlement of Over Rs. 3.38 Billion Uncovered at Karnali Development Bank

    कर्णाली विकास बैंकमा ३ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको तथ्य सार्वजनिक भएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) द्वारा गरिएको अनुसन्धानमा बैंकका कर्मचारी तथा सञ्चालकहरूमै संलग्न रही विभिन्न बहानामा बैंकको रकम अपचलन गरिएको प्रमाणित भएको छ।

    अनुसन्धानका अनुसार अन्य बैंकबाट ल्याइएको नगद रकम बैंकको प्रणालीमै नचढाई सिधै अपचलन गरिएको देखिएको छ। चेक तथा भौचर कारोबारमा संलग्न १७ जनाका माध्यमबाट मात्र १ अर्ब ११ करोड ९१ लाख रुपैयाँ अपचलन भएको छ।

    त्यस्तै, विभिन्न बैंकमा जम्मा गर्ने भनिएको १५ करोड ३० लाख रुपैयाँ कहीँ कतै नजम्मा भई हराएको छ। रेमिट कारोबारमार्फत १ करोड ७८ लाख रुपैयाँ कर्मचारीको व्यक्तिगत खातामा जम्मा गरेर हिनामिना गरिएको छ।

    गोल्ड लोन, तलब, बीमा, र हकप्रद शेयरका नाममा हिनामिना

    गोल्ड लोन शीर्षकमा देखाएर ४ करोड ४३ लाख रुपैयाँ अपचलन भएको छ। त्यस्तै, तलब बृद्धिको नाममा ९ लाख, कर्मचारी र शेयर होल्डरको बीमाका लागि १ करोड ९६ लाख, र हकप्रद शेयर खरिदमा ५ करोड ८५ लाख रुपैयाँ अपचलन गरिएको देखिएको छ।

    रेगुलेटरी निषेधपछि समेत निक्षेप संकलन गरी अपचलन

    नेपाल राष्ट्र बैंकले २०८१ मंसिर ११ गतेदेखि नयाँ निक्षेप संकलन र कर्जा प्रवाहमा रोक लगाएको थियो। तर त्यसपछि पनि बैंकले १४ करोड ५९ लाख रुपैयाँ निक्षेप संकलन गरेर अपचलन गरेको छ।

    कम्पनी खोलेर ऋण प्रवाह, जग्गा किनमेलमार्फत रकम हिनामिना

    बैंकका कर्मचारीहरूले आफन्तको नाममा कम्पनी दर्ता गराई ती कम्पनीलाई कर्जा प्रवाह गरेर १ अर्ब ७९ करोड ५० लाख रुपैयाँ अपचलन गरेका छन्। अपचलन गरिएको रकमबाट जग्गा खरीद गरी आफन्तको नाममा नामसारी गराई ती जग्गालाई पुनः बैंकमा धितो राखी उच्च मूल्याङ्कन गराएर थप ऋण निकालेको तथ्य पनि सार्वजनिक भएको छ।

    बैंकको आन्तरिक प्रणालीमै व्यापक कमजोरी देखिएको र उच्च तहसम्मको मिलेमतोमा रकम अपचलन गरिएको पुष्टि भएको छ। सीआईबीले थप अनुसन्धानका लागि दोषीहरूलाई कानुनी कारबाहीमा ल्याउने तयारी गरिरहेको जनाएको छ।

    A shocking case of financial fraud has surfaced at Karnali Development Bank, with the Central Investigation Bureau (CIB) revealing that more than Rs. 3.38 billion in cash has been embezzled through systematic internal manipulation.

    According to the CIB investigation, large amounts of cash brought in from other banks were not recorded in the system and were directly misappropriated. Transactions involving checks and vouchers revealed the involvement of 17 individuals, leading to the embezzlement of Rs. 1.11 billion.

    Furthermore, Rs. 153 million was listed as being transferred to other banks but was never deposited. An additional Rs. 17.8 million was embezzled through remittance operations by transferring funds into personal accounts.

    Fraud Under Loan, Salary, Insurance, and Rights Share Pretexts

    Rs. 44.3 million was misused under the pretext of issuing gold loans, while Rs. 900,000 was siphoned off in the name of salary increments. Similarly, Rs. 19.6 million was misused for insurance policies under employee and shareholder names, and Rs. 58.5 million was embezzled by issuing rights shares to board members and founders.

    Violation of NRB Ban, Deposits Still Collected

    Even after Nepal Rastra Bank (NRB) prohibited new deposits and lending on Mangsir 11, 2081 BS, the bank continued collecting deposits, embezzling Rs. 145.9 million during this period.

    Fake Companies, Loans, and Land Transfers for Fraud

    Employees created fake companies under relatives’ names, issued loans to these entities, and embezzled Rs. 1.79 billion. The misused funds were then used to buy real estate, which was registered under close associates and mortgaged back to the bank at inflated valuations to extract additional loans.

    The investigation shows deep-rooted internal collusion at multiple levels within the bank. The CIB has confirmed that legal actions are being prepared against those involved in this massive financial fraud.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026