मातृभूमि लघुवित्त वित्तीय संस्था लि.
Matribhumi Laghubitta Bittiya Sanstha Ltd.
नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त वित्तीय संस्था (राष्ट्रियस्तर कार्यक्षेत्र भएको)
केन्द्रीय कार्यालय लम्की-४, कैलाली (कर्पोरेट कार्यालय, बुढानिलकण्ठ-७, काठमाडौं)
सातौं वार्षिक साधारण सभा सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०८३/०३/११ गते बिहीवार
श्री शेयरधनी महानुभावहरु,
यस संस्थाको मिति २०८३ असार १० गते बुधवार (तदनुसार २४ जुन, २०२६) मा सम्पन्न सञ्चालक समितिको १८४ औं बैठकको निर्णय बमोजिम संस्थाको सातौं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न प्रस्तावहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
सभा हुने मिति, समय र स्थान :
मिति : २०८३ असार २२ गते बिहीवार (तदनुसार १६ जुलाई, २०२६)
समय : बिहान १०:०० बजे
स्थान : केन्द्रीय कार्यालय, लम्की, कैलाली
छलफल तथा निर्णयका लागि प्रस्तावित विषयसूचिहरु :
(क) सामान्य प्रस्ताव :
(१) सञ्चालक समितिको तर्फबाट अध्यक्ष ज्यूले प्रस्तुत गर्नु हुने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
(२) लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तको वासलात तथा आ.व. २०८१/८२ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचिहरु छलफल गरी स्वीकृत गर्ने ।
(३) वित्तीय संस्थाको लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम आ.व. २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।
(ख) विशेष प्रस्ताव :
(१) सर्वसाधारणमा थप सार्वजनिक निष्काशन (Further Public Offering) गर्ने ।
(२) मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको पूँजी वृद्धि योजना अन्तर्गत FPO निष्काशन पश्चात कायम हुने चुक्ता पूँजीको १:१ को अनुपातमा प्रति कित्ता रु. १००/- (एक सय रुपैयाँ) को दरले हकप्रद शेयर (Right Share) निष्कासन गर्ने प्रस्ताव पारित गर्ने ।
(३) मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्य इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थालाई गाभ्ने/गाभिने (Merger) वा प्राप्ति (Acquisition) गर्ने प्रयोजनको लागि उपयुक्त लघुवित्त संस्था पहिचान गर्ने, संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन (Due Diligence Audit) गर्ने मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गरी पारिश्रमिक तोक्न तथा सहमतिपत्रमा हस्ताक्षर गर्ने तथा यस सम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।
(४) नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत अन्य नियमनकारी निकायहरुबाट स्वीकृती लिने, अभिलेख गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा कुनै विषयमा संशोधन एवं परिवर्तन गर्ने निर्देशन भएमा सो समेत मिलाई संशोधन एवं परिवर्तन गर्ने लगायतका अन्य सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियार प्रदान गर्ने ।
(५) जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको स्थायी लेखो नम्बर (PAN) स्थगनको लागि वित्तीय विवरणहरु माथि राय पेश गर्न लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।
(ग) विविधः
सञ्चालक समितिको आज्ञाले,
कम्पनी सचिव
साधारण सभा सम्बन्धी सामान्य जानकारी:
(१) शेयरधनी दर्ता किताब बन्द रहने: वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा प्रयोजनको मिति २०८३/०३/२३ गते देखि सभा सम्पन्न नभएसम्म शेयरधनी दर्ता किताब बन्द रहनेछ ।
गते मंगलवार शेयर दाखिल खारेज दर्ता कार्य बन्द (बुक क्लोज) रहनेछ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा मिति २०८३/०३/२२ गते सोमबार सम्म कारोबार भई प्रचलित कानून अनुसार तोकिएको समयावधि भित्रमा यस वित्तीय संस्थाको शेयर रजिष्ट्रार श्री कुमारी क्यापिटल लिमिटेड नागपोखरी काठमाडौँमा प्राप्त शेयर नामसारी लिखतको आधारमा शेयरधनी किताबमा कायम शेयरधनीहरुले सो सभामा भाग लिन योग्य हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
(२) सातो वार्षिक साधारण सभामा बोनस तथा लाभांश वितरण नगर्ने ।
(३) साधारण सभामा भाग लिन आउने शेयरधनी महानुभावले आफ्नो हितग्राही परिचय पत्र नं. वा आफ्नो परिचय खुल्ने कुनै आधिकारिक परिचय पत्र तथा संगठित संस्थाबाट प्रतिनिधित्व गर्ने भएमा संगठित संस्थाबाट प्रतिनिधि नियुक्त गरेको आधिकारिक पत्र लिई आउनु पर्ने छ ।
(४) लेखापरीक्षकको प्रतिवेदन सहित संस्थाको वार्षिक वित्तीय विवरण, सञ्चालक समितिको प्रतिवेदन, कम्पनी ऐन, २०६३ को दफा ७८ बमोजिमको प्रतिवेदन समेतका कागजातहरु संस्थाको केन्द्रीय कार्यालय लम्कीचुहा-४, कैलाली, कर्पोरेट कार्यालय बुढानिलकण्ठ-७, काठमाडौँ र शेयर रजिष्ट्रार श्री कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, काठमाडौँमा कार्यालय समय भित्र निरीक्षण गर्न तथा त्यसको प्रतिलिपि माग गरेमा प्रतिलिपि दिने व्यवस्था मिलाइएको छ । वार्षिक प्रतिवेदनको प्रति संस्थाको वेवसाइट http://www.matribhumimf.com.np मा समेत उपलब्ध हुनेछ । कुनै कारणवस प्रतिवेदन प्राप्त नगर्नु हुने शेयरधनी महानुभावहरुले सभा हुने दिन सभास्थलबाट समेत प्राप्त गर्न सक्नु हुनेछ ।
(५) साधारण सभामा भाग लिने प्रत्येक महानुभावले सभा हुने स्थानमा उपस्थित भई तहाँ रहेको हाजिरी पुस्तिकामा दस्तखत गर्नु पर्नेछ । हाजिरी पुस्तिका बिहान ९:०० बजे देखि सभा चालु रहेसम्म खुल्ला रहनेछ ।
(६) सभामा भाग लिनका लागि प्रतिनिधि (Proxy) नियुक्त गर्न चाहेमा शेयरधनीहरुले प्रचलित कम्पनी कानूनले तोकिएको ढाँचामा यस संस्थाको शेयरधनीलाई मात्र प्रतिनिधि नियुक्त गर्न सक्नेछ । यसरी प्रतिनिधि तोकेको निवेदन सभा सुरु हुनु भन्दा ४८ घण्टा अगावै संस्थाको केन्द्रीय कार्यालय/कर्पोरेट कार्यालय वा श्री कुमारी क्यापिटल लिमिटेड नागपोखरी, काठमाडौँमा दर्ता गराई सक्नु पर्नेछ ।
(७) प्रोक्सी नियुक्त गरिसकेको शेयरधनी स्वयं साधारण सभामा उपस्थित भई हाजिरी पुस्तिकामा दस्तखत गरेमा नियुक्त प्रोक्सी स्वत: बदर हुनेछ ।
(८) कुनै संगठित संस्था वा कम्पनीको प्रतिनिधिले निज संस्थाको शेयरधनी नभए पनि शेयरधनीको हैसियतले सभामा भाग लिन सक्नेछ । यसरी प्रतिनिधि पठाउँदा सभा हुनु भन्दा कम्तीमा २४ घण्टा अगावै यस संस्थाको केन्द्रीय/कर्पोरेट कार्यालयमा लिखित जानकारी गराउनु पर्नेछ ।
(९) एक जना शेयरधनीले एक भन्दा बढीलाई प्रतिनिधि (Proxy) मुकरर गरेमा प्रतिनिधि (Proxy) स्वत: बदर हुनेछ । तर प्रतिनिधि (Proxy) दिने शेयरधनीले आफूले अघि दिएको प्रतिनिधि (Proxy) बदर गरेको व्यहोरा स्पष्ट उल्लेख गरी छुट्टै निवेदन दिई अर्को शेयरधनीलाई प्रतिनिधि (Proxy) नियुक्त गरेमा त्यसरी नियुक्त प्रतिनिधि (Proxy) ले सभामा भाग लिन पाउने छ, यस्तो अवस्थामा अघिल्लो प्रतिनिधि (Proxy) स्वत: बदर भएको मानिनेछ ।
(१०) प्रतिनिधि मुकरर गर्दा केही शेयर आफूसँग बाँकी राखी आफू समेत साधारण सभामा उपस्थित हुन पाउने किसिमले आंशिक शेयरको प्रतिनिधि मुकरर गर्न पाइने छैन । सबै शेयरका लागि एकै व्यक्तिलाई प्रतिनिधि मुकरर गर्नु पर्दछ ।
(११) एक भन्दा बढी व्यक्तिहरुको संयुक्त नाममा शेयर दर्ता भएको अवस्थामा सर्वसम्मतबाट चयन भएको एक जना प्रतिनिधिले मात्र वा लगत किताबमा पहिलो नाम उल्लेख भएको व्यक्तिले सभामा भाग लिन पाउनेछ ।
(१२) नाबालक शेयरधनीहरुको तर्फबाट शेयरधनीको दर्ता किताबमा उल्लिखित संरक्षकले सभामा भाग लिन, प्रतिनिधि तोक्न तथा मत दिन समेत सक्नेछ ।
(१३) साधारण सभामा कुनै छलफलको विषय अन्तर्गत छलफल गर्नु परेमा कुल शेयर पूँजीको ६७ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनी महानुभावहरुले स्वीकृत दिएमा बाहेक सभाको सूचनामा उल्लेख नभएको प्रस्ताव उपर सभामा छलफल र निर्णय गरिने छैन ।
(१४) साधारण सभा सम्बन्धी काम कार्यवाही कम्पनी ऐन, २०६३, नियमावली २०७५ तथा अन्य प्रचलित कानून बमोजिम हुनेछ ।




