·

मौलाकाली केवलकार लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने

Author

Nepse trading

मौलाकाली केवलकार लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने

मौलाकाली केवलकार लिमिटेडले पुस ७ गते सम्पन्न आठौं वार्षिक साधारण सभाको निर्णयअनुसार १ बराबर ०.५ को अनुपातमा ५० प्रतिशत हकप्रद शेयर जारी गरेको छ। प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा जारी गरिएको यो हकप्रद शेयर खरीदका लागि शेयरधनीहरूले आगामी ३५ दिनभित्र रकम जम्मा गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ।

सर्वसाधारणका लागि आईपीओ निष्कासनको तयारीमा रहेको कम्पनीले यसअघि २०८० साल पुस २७ गते सम्पन्न सातौं वार्षिक सभाबाट आईपीओ प्रस्ताव पारित गरिसकेको थियो। आईपीओ जारी गर्नुअघि संस्थापक शेयरधनीहरूका लागि हकप्रद शेयर जारी गरिएको हो।

Related News