·

मौलाकाली केबलकारको आईपीओ प्रस्ताव सेबोनको पाइपलाइनमा सूचीकृत

Author

NEPSE TRADING

मौलाकाली केबलकारको आईपीओ प्रस्ताव सेबोनको पाइपलाइनमा सूचीकृत

मौलाकाली केबलकार लिमिटेडको आईपीओ प्रस्ताव नेपाल धितोपत्र बोर्ड (सेबोन) को पाइपलाइनमा सूचीकृत भएको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १८,७९,१३० कित्ता सेयर जारी गर्ने प्रस्ताव कात्तिक २४ गते सेबोनमा दर्ता गराएको हो। प्रस्ताव स्वीकृत भए कम्पनीले करिब १८ करोड ७९ लाख रुपैयाँ जुटाउनेछ।

यस आईपीओ निष्काशनको व्यवस्थापन एनआईसी एशिया क्यापिटल लिमिटेड ले गर्नेछ। सेबोनको औपचारिक स्वीकृति पाएपछि मात्र कम्पनीले स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि सेयर बिक्री खुला गर्न पाउनेछ।

आईसिआरए नेपालले मौलाकाली केबलकार लिमिटेडको इश्युअर रेटिङ [ICRANP-IR] BB- कायम राखेको छ, जसले कम्पनीमा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ। संस्थाको दीर्घकालीन ऋण रेटिङ [ICRANP] LBB- रुपमा यथावत राखिएको छ भने छोटो अवधिको ऋण रेटिङ भने हटाइएको छ।

सन् २०१६ अक्टोबरमा स्थापना भएको मौलाकाली केबलकार लिमिटेडले नवलपुर, गैडाकोटमा केबलकार सञ्चालनसँगै ६५ कोठे रिसोर्ट समेत सञ्चालन गर्दै आएको छ। केबलकार सेवा २०२३ अप्रिल देखि सञ्चालनमा आएको हो भने होटल २०२५ मे मा सञ्चालनमा आएको हो। कम्पनीमा चन्द्रप्रसाद ढकाल र हेमराज ढकाल प्रमुख सेयरधनी रहेका छन्।

Related News