
Top
1 min read
NEPSE TRADING
तीन लघुवित्त संस्थाबीच मर्जर प्रक्रिया अघि बढ्दै, ‘जीवन विकास’को नाममा एकीकृत संस्था सञ्चालन हुनेMerger Process Advances Among Three Microfinance Institutions, Unified Entity to Operate Under Jeevan Bikas Name
काठमाडौँ । मोरङस्थित जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, बाँकेको युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र काभ्रेपलाञ्चोकको मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड बीच मर्जर प्रक्रिया अघि बढेको छ । मर्जरपश्चात् एकीकृत संस्था ‘जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’कै नामबाट सञ्चालन हुनेछ र यसको केन्द्रीय कार्यालय मोरङको कटहरीमा रहनेछ। हालका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले नै एकीकृत संस्थाको नेतृत्व गर्नेछन् । तीन संस्थाको संयुक्त पुँजीले वित्तीय आधार अझ मजबुत बन्ने अपेक्षा गरिएको छ, जसले कर्जा विस्तार, जोखिम व्यवस्थापन तथा सेवा विविधीकरणमा सकारात्मक प्रभाव पार्नेछ। हाल करिब ५ लाख सदस्यलाई सेवा दिइरहेका यी संस्थाहरूको मर्जरपछि सेवा पहुँच, शाखा सञ्जाल तथा डिजिटल वित्तीय सेवामा उल्लेखनीय विस्तार हुने विश्वास गरिएको छ। मर्जर प्रक्रियालाई व्यवस्थित बनाउन ६ सदस्यीय संयुक्त समिति गठन गरिएको छ, जसले नियामकीय स्वीकृति र सम्पत्ति–दायित्व मूल्यांकनका कार्य तीव्र पार्ने जनाएको छ। योजना अनुसार २०८३ असार मसान्तभित्र मर्जर सम्पन्न गरी एकीकृत कारोबार सुरु गरिनेछ।
Kathmandu. The merger process has moved forward among Jeevan Bikas Laghubitta Bittiya Sanstha Limited of Morang, Unique Nepal Laghubitta Bittiya Sanstha Limited of Banke, and Manushi Laghubitta Bittiya Sanstha Limited of Kavrepalanchok. After the merger, the unified entity will operate under the name Jeevan Bikas Laghubitta Bittiya Sanstha Limited, with its central office located in Katahari, Morang. The current Chief Executive Officer, Sanjay Kumar Mandal, will lead the merged institution. With the combined capital of all three institutions, the financial base is expected to become stronger, positively impacting loan expansion, risk management, and service diversification. Currently serving around 500,000 members, the merged entity is anticipated to significantly expand its service reach, branch network, and digital financial services. A six-member joint committee has been formed to streamline the merger process, accelerating regulatory approvals and asset-liability evaluations. The merger is targeted for completion by the end of Ashad 2083, after which integrated operations will commence.




