NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Mero Kisan Limited to Launch IPO, Appoints Prabhu Capital as Issue Manager
    मेरो किसान लिमिटेडले आईपीओ ल्याउने तयारी, प्रभु क्यापिटल बिक्री प्रबन्धक नियुक्त
    Investor
    1 min read
    Published on March 17, 2026
    NEPSE TRADING

    मेरो किसान लिमिटेडले आईपीओ ल्याउने तयारी, प्रभु क्यापिटल बिक्री प्रबन्धक नियुक्तMero Kisan Limited to Launch IPO, Appoints Prabhu Capital as Issue Manager

    काठमाडौं — कृषि क्षेत्रमा आधारित कम्पनी मेरो किसान लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आईपीओ जारी गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो।यस सम्बन्धमा चैत २ गते काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटलको कार्यालयमा दुवै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार प्रभु क्यापिटलले कम्पनीको आईपीओ निष्काशन तथा व्यवस्थापनको जिम्मेवारी लिनेछ।मेरो किसान लिमिटेड कृषि उत्पादनसँग सम्बन्धित सम्पूर्ण आपूर्ति श्रृंखला व्यवस्थापन गर्ने उद्देश्यले स्थापना भएको कम्पनी हो। यसले किसानसँग प्रत्यक्ष सहकार्य गर्दै बीउ–बिजन उत्पादन, कृषि उपज संकलन, भण्डारण, वितरण तथा डिजिटल प्लेटफर्ममार्फत उपभोक्तासम्म कृषि उत्पादन पुर्‍याउने कार्य गर्दै आएको छ। कम्पनीमा विभिन्न क्षेत्रमा अनुभव र विशेषज्ञता भएका व्यक्तिहरूको संलग्नता रहेको बताइएको छ।कम्पनीले चितवन जिल्लाको पटिहानीमा कृषि प्रशोधन केन्द्र र दूध डेरी सञ्चालन गर्ने योजना अघि बढाएको छ। यसका लागि करिब ३.५ बिगा जग्गा खरिद गरी संरचना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। कम्पनीले चालू आर्थिक वर्षभित्र कृषि प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने र आगामी आर्थिक वर्षको पहिलो त्रैमाससम्म दूध डेरी सञ्चालन गर्ने लक्ष्य लिएको छ।कम्पनीका अनुसार पूँजी बजारमार्फत सर्वसाधारणसँग जोडिँदै कृषि क्षेत्रमा थप लगानी भित्र्याउने र व्यवसाय विस्तार गर्ने लक्ष्यका साथ आईपीओ निष्काशन गर्न लागिएको हो। यसले कृषि प्रधान देश नेपालमा आधुनिक प्रविधिमार्फत कृषि प्रणाली सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।सम्झौता कार्यक्रममा मेरो किसान लिमिटेडका अध्यक्ष विष्णुमणि गौतम, प्रबन्ध सञ्चालक अविनाश सिलवाल, सञ्चालक सुनिल थापा र सन्तोष बस्तेत सहभागी थिए। प्रभु क्यापिटलको तर्फबाट प्रबन्ध सञ्चालक आशिष गौचन, प्रमुख व्यापार अधिकृत बासु थपलिया तथा विशिष्टिकृत लगानी कोष प्रमुख सुदीप हरी ढुंगाना उपस्थित रहेका थिए।
    Kathmandu — Mero Kisan Limited has initiated the process to issue an Initial Public Offering (IPO), appointing Prabhu Capital Limited as its issue and sales manager. The agreement between the two parties was formally signed on Chaitra 2 at Prabhu Capital’s office in Kamaladi, Kathmandu.Under the agreement, Prabhu Capital will manage the entire IPO issuance process, marking a key step for the company to enter Nepal’s capital market and connect with public investors.Mero Kisan Limited is an agriculture-focused company established with the objective of strengthening the agricultural value chain through technology. The company works directly with farmers in seed production, collection of agricultural produce, storage, distribution, and delivery to consumers via digital platforms. It has involvement from professionals with expertise across multiple sectors, aiming to modernize Nepal’s agriculture system.The company is also expanding its infrastructure with plans to operate an agro-processing center and a dairy facility in Patihani, Chitwan. For this purpose, it has already acquired around 3.5 bigha of land, and construction of the required structures is in its final phase. Mero Kisan aims to bring the agro-processing center into operation within the current fiscal year and launch the dairy facility by the first quarter of the next fiscal year.Company officials believe that entering the capital market through an IPO will help mobilize additional investment and support the expansion of agricultural activities in Nepal. They have expressed confidence that this move will contribute to strengthening Nepal’s agriculture sector, often described as the backbone of the national economy.The signing ceremony was attended by Chairman Bishnumani Gautam, Managing Director Avinash Silwal, Directors Sunil Thapa and Santosh Bastet from Mero Kisan Limited. Representing Prabhu Capital were Managing Director Ashish Gauchan, Chief Business Officer Basu Thapaliya, and Head of Specialized Investment Fund Sudip Hari Dhungana.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026