मितेरी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ मा १४ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ८.९८ प्रतिशतले बढेको हो। अघिल्लो वर्ष बैंकले १२ करोड ९५ लाख रुपैयाँ नाफा गरेको थियो।
बैंकको नाफा वृद्धिमा खुद ब्याज आम्दानीको सुधारले मुख्य भूमिका खेलेको छ। बैंकको खुद ब्याज आम्दानी २० करोड ४५ लाख रुपैयाँबाट बढेर ३० करोड ७४ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकले ८ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। कर्जा गुणस्तरमा पनि सुधार देखिएको छ। बैंकको निष्क्रिय कर्जा (एनपीएल) ०.२६ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ०.२८ प्रतिशत थियो।
एक अर्ब २१ करोड ७१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३७ करोड ८ लाख रुपैयाँ सञ्चित छ भने रिटेन्ड अर्निङ १५ करोड ४८ लाख रुपैयाँ पुगेको छ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १०.६५ रुपैयाँबाट बढेर ११.६० रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ १४३.२० रुपैयाँ रहेको बैंकको वित्तीय विवरणले देखाएको छ।
बैंकले सार्वजनिक गरेको विवरणअनुसार हालको वित्तीय अवस्थाका आधारमा मितेरी डेभलपमेन्ट बैंकको लाभांश क्षमता १२.७३ प्रतिशत रहेको छ। खुद ब्याज आम्दानी वृद्धि, न्यून खराब कर्जा र बलियो जगेडा कोषले बैंकको वित्तीय आधार सुधारिएको संकेत गरेको छ।
Kathmandu — Miteri Development Bank has reported a net profit of NPR 141.2 million in the fiscal year 2025/26, marking an 8.98 percent increase compared to the previous year. The bank had earned NPR 129.5 million in the last fiscal year.
The improvement in profit was mainly driven by growth in net interest income. The bank’s net interest income increased significantly from NPR 204.5 million to NPR 307.4 million during the review period, supporting overall earnings growth.
During the year, the bank collected deposits of NPR 8.85 billion and extended loans worth NPR 6.92 billion. Asset quality also improved, with the non-performing loan (NPL) ratio declining to 0.26 percent from 0.28 percent in the previous year.
The bank, with a paid-up capital of NPR 1.217 billion, has accumulated NPR 370.8 million in its reserve fund. Retained earnings stood at NPR 154.8 million, strengthening its financial position.
The bank’s earnings per share (EPS) increased to NPR 11.60 from NPR 10.65, while net worth per share reached NPR 143.20.
According to the financial report, Miteri Development Bank has a dividend capacity of 12.73 percent based on its current financial performance. Growth in interest income, low NPL levels and a stronger reserve position indicate an improvement in the bank’s overall financial health.