·

मोदी, पुटिन र सी चिनफिङबीच चीनमा भेटवार्ता

Author

NEPSE TRADING

मोदी, पुटिन र सी चिनफिङबीच चीनमा भेटवार्ता

चीनको थियानचिनमा भइरहेको शाङ्घाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलनको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ।

भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स मार्फत तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, “थियानचिनमा अन्तरक्रिया जारी छ। एससीओ शिखर सम्मेलनको क्रममा राष्ट्रपति पुटिन र राष्ट्रपति सीसँग दृष्टिकोण आदानप्रदान भयो।”

यस सम्मेलनमा विभिन्न मुलुकका सरकार तथा राष्ट्रप्रमुखहरू सहभागी छन्। हालैका भू–राजनीतिक परिवेशमा भारत, चीन र रुसबीचको यस्तो त्रिपक्षीय भेटलाई महत्वपूर्ण मानिएको छ।

Related News