NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Monetary Policy to Support Economic Stability, Says NRB Governor Adhikari
    आर्थिक स्थायित्वलाई समर्थन गर्ने मौद्रिक नीति आउनेः गभर्नर महाप्रसाद अधिकारी
    Investor
    1 min read
    Published on June 26, 2024
    NEPSE trading

    आर्थिक स्थायित्वलाई समर्थन गर्ने मौद्रिक नीति आउनेः गभर्नर महाप्रसाद अधिकारीMonetary Policy to Support Economic Stability, Says NRB Governor Adhikari

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ल्याएको बजेटले लिएको नीतिलाई समर्थन गर्ने र मुलुकको समग्र अर्थतन्त्रको हित हुने गरी मौद्रिक नीति आउने बताएका छन्।

    नेपाल व्यवस्थापन संघले सोमबार आयोजना गरेको आगामी वर्षको मौद्रिक नीतिसम्बन्धी अन्तरक्रियाका क्रममा गभर्नर अधिकारीले समग्र वित्तीय र मौद्रिक स्थायित्व कायम गर्ने गरी आगामी साउन दोस्रो साताभित्र राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गरिरहेको बताए।

    ‘देशको अर्थतन्त्रलाई हित हुने गरी साउनको पहिलो वा दोस्रो सातामा मौद्रिक नीति आउँछ। सबै क्षेत्रबाट आएका सकारात्मक सुझाव समेटेर समग्र वित्तीय स्थायित्व कायम हुने गरी मौद्रिक नीति ल्याउँछौं,’ उनले भने।

    गभर्नर अधिकारीले कोरोना महामारी र रूस-युक्रेन तनावका कारण विश्व अर्थतन्त्र नै समस्यामा परेको र नेपालमा पनि बाह्य क्षेत्र सन्तुलन बिग्रिँदा कडा खालको मौद्रिक नीति जारी गर्नुपरेको बताए।

    उनले गत आर्थिक वर्ष २०७९/८० को अन्तिम त्रैमास र चालु आर्थिक वर्षको सुरूआतबाटै मौद्रिक नीतिका व्यवस्था लचिलो बनाउँदै लगिएको उल्लेख गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा पनि त्यसलाई निरन्तरता दिइने बताए।

    उनले भने, ‘हामी सुधारोन्मुख छौं तर समान रूपले सुधार गर्न नसकेको यथार्थ हो। ठूलो जनसंख्या देश बाहिर रहेपछि आन्तरिक माग र खपत घटेको छ। निर्माण क्षेत्रमा देखिएको शिथिलताले बहुआयामिक असर देखाएको छ,’ गभर्नर अधिकारीले भने, ‘आर्थिक र मौद्रिक हिसाबले हामी सबल छौं। मुद्रास्फीति वाञ्छित सीमाभित्रै छ। बाह्य क्षेत्रमा अहिले स्थिरता देखिएको छ र समग्र वित्तीय स्थायित्व कायम गर्न सफल भएका छौं।’

    त्यस अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले निजी क्षेत्रको मनोबल उकास्ने र ऋणीहरुलाई दायित्व भुक्तानी गर्न सहज हुने गरी कुनै एकीकृत प्याकेज मौद्रिक नीतिमार्फत ल्याइनुपर्ने बताए।

    Governor of Nepal Rastra Bank (NRB), Mahaprasad Adhikari, stated that the upcoming monetary policy for the fiscal year 2081/82 will support the government's budgetary policies and aim for the overall benefit of the country's economy.

    During an interaction program on the upcoming year's monetary policy organized by the Nepal Management Association on Monday, Governor Adhikari mentioned that NRB is preparing to introduce the monetary policy by the second week of Shrawan, ensuring financial and monetary stability.

    "The monetary policy will be introduced in the first or second week of Shrawan in a way that benefits the country's economy. We will incorporate positive suggestions from all sectors to maintain overall financial stability," he said.

    Governor Adhikari noted that the global economy has been impacted by the COVID-19 pandemic and the Russia-Ukraine conflict, which has also affected Nepal, necessitating a stringent monetary policy.

    He mentioned that the flexibility in the monetary policy introduced in the last quarter of the fiscal year 2079/80 and the beginning of the current fiscal year will continue in the upcoming fiscal year's policy.

    Despite the country’s economy reaching a stronger position, the pace of improvement has not been as expected, he noted.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026