तरलता सहज भएसँगै साउन महिनाका लागि अधिकांश बैंकको निक्षेप ब्याजदर घट्यो
Author
NEPSE TRADING

काठमाण्डौ — साउन महिनाका लागि देशका अधिकांश वाणिज्य बैंकहरुले निक्षेपमा दिइने ब्याजदर घटाएका छन्। २० वटै वाणिज्य बैंकहरूमध्ये १४ वटाले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ४ वटाले ब्याजदर यथावत् राखेका छन्। दुई बैंक—हिमालयन बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक—ले व्यक्तिगत निक्षेपको ब्याजदर केही वृद्धि गरेका छन्।
एनआईसी एशिया, नेपाल बैंक, प्रभु बैंक, एभरेष्ट बैंक र सिटिजन्स इन्टरनेशनल बैंकले व्यक्तिगत र संस्थागत दुवै निक्षेपको ब्याजदर घटाएका छन्। अहिले व्यक्तिगत मुद्दती निक्षेपमा पाइने अधिकतम ब्याजदर ४.२५ प्रतिशतदेखि ६.२५ प्रतिशतबीच देखिन्छ, जुन असार महिनाको तुलनामा कम हो। एनएमबी, ग्लोबल आईएमई, सिदार्थ, माछापुच्छ्रे लगायतका बैंकले ब्याजदर यथावत राखेका छन् भने नबिल, कुमारी र लक्ष्मी सनराइजले व्यक्तिगत निक्षेपको दर मात्रै घटाएका छन्।
ब्याजदरमा आएको यो घटावट हालको बैंकिङ प्रणालीमा तरलता सहज भइरहेकाले भएको संकेत मानिएको छ। विस्तृत ब्याजदर विवरण सम्बन्धित बैंकको वेबसाइट र नेपाल राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा हेर्न सकिन्छ।