NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Mountain Energy Nepal Limited Reports Significant Profit Growth in FY 2081/82
    माउन्टेन इनर्जी नेपाल लिमिटेडको नाफामा १३३.९५ प्रतिशतको उल्लेख्य वृद्धि
    Investor
    1 min read
    Published on August 13, 2025
    NEPSE TRADING

    माउन्टेन इनर्जी नेपाल लिमिटेडको नाफामा १३३.९५ प्रतिशतको उल्लेख्य वृद्धिMountain Energy Nepal Limited Reports Significant Profit Growth in FY 2081/82

    माउन्टेन इनर्जी नेपाल लिमिटेड (MENL) ले आर्थिक वर्ष २०८१/८२ मा आफ्नो खुद नाफा १३३.९५ प्रतिशतले बढाएको छ। कम्पनीले आज सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार, समीक्षा अवधिमा कम्पनीले ६२ करोड ९० लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको २६ करोड ८९ लाख रुपैयाँ नाफाभन्दा दोब्बरभन्दा बढी हो।

    आम्दानीको वृद्धि र मुख्य कारणहरू
    समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब ३० करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको ९७ करोड ६२ लाख रुपैयाँभन्दा ३३.९२ प्रतिशत बढी हो। यो वृद्धि ४२ मेगावाटको मिस्ट्रीखोला र ५ मेगावाटको ताँदीखोला जलविद्युत परियोजनाबाट नियमित उत्पादनले सम्भव भएको हो।

    यसै अवधिमा कम्पनीले बीमा दाबी भुक्तानी अन्तर्गत ८ करोड ६ लाख रुपैयाँ प्राप्त गरेको छ, जसले प्रत्यक्ष रूपमा नाफामा योगदान पुर्याएको छ। साथै, ब्याज खर्च २६ करोड ८८ लाख रुपैयाँबाट घटेर २४ करोड ४३ लाख रुपैयाँ पुगेको छ। विद्युत बिक्री बढ्नु, बीमा दाबी भुक्तानी पाउनु र ब्याज खर्च घट्नु जस्ता कारणहरूले गर्दा सञ्चालन मुनाफा अघिल्लो वर्षको ५४ करोड ३० लाख रुपैयाँबाट बढेर यस वर्ष ८९ करोड २१ लाख रुपैयाँ पुगेको छ।

    वित्तीय स्थिति र सेयरधनी लाभ
    आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख रुपैयाँ र रिटेन अर्निङ १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिशेयर आम्दानी (EPS) अघिल्लो वर्षको ११.८८ रुपैयाँबाट बढेर २४.१७ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४८.२० रुपैयाँबाट बढेर १५२.११ रुपैयाँ पुगेको छ।

    MENL को नाफामा आएको उल्लेख्य वृद्धि सञ्चालन दक्षता र आयको विविधीकरणको प्रतिफल हो। विद्युत बिक्रीमा आएको तीव्र वृद्धि उत्पादन क्षमता पूर्ण उपयोग र सम्भावित लाभदायी पावर पर्चेज एग्रिमेन्टको संकेत दिन्छ। बीमा दाबी भुक्तानीले कम्पनीको जोखिम व्यवस्थापन क्षमताको प्रमाण दिन्छ भने ब्याज खर्च घट्नुले ऋण सेवा क्षमता सुधारिएको देखाउँछ।

    यदि कम्पनीले यसै किसिमको आम्दानी स्रोत र लागत नियन्त्रण रणनीति कायम राख्यो भने आगामी वर्षहरूमा पनि नाफा वृद्धिको क्रम निरन्तर रहन सक्छ र कम्पनी नेपालको जलविद्युत क्षेत्रको अग्रणी स्थानमा अझ बलियो रूपमा उभिन सक्छ।

    Mountain Energy Nepal Limited (MENL) has reported a remarkable 133.95% surge in net profit for the fiscal year 2081/82, driven by increased electricity sales, insurance claim receipts, and reduced interest expenses. According to the company’s recently published unaudited financial report, MENL posted a net profit of NPR 629.075 million, up from NPR 268.9 million in the previous fiscal year.

    Revenue Growth and Key Drivers
    The company generated NPR 1.3072 billion in revenue from electricity sales during the review period, representing a 33.92% increase compared to NPR 976.2 million in the same period last year. This growth was primarily supported by steady power generation from its 42 MW Mistrikhola and 5 MW Tadikhola hydropower projects.

    MENL also received NPR 80.6 million in insurance claim settlements, which provided a direct boost to profitability. Furthermore, interest expenses decreased from NPR 268.8 million to NPR 244.3 million, further enhancing the bottom line. The combined effect of higher electricity sales, claim receipts, and reduced financing costs contributed to a sharp increase in operating profit—from NPR 543 million last year to NPR 892.1 million this year.

    Financial Position and Shareholder Returns
    As of the fiscal year-end, MENL’s paid-up capital stood at NPR 2.6027 billion, while retained earnings reached NPR 1.35 billion. Earnings per share (EPS) more than doubled from NPR 11.88 to NPR 24.17, signaling improved profitability for shareholders. Likewise, net worth per share increased from NPR 148.20 to NPR 152.11, indicating stronger financial stability.

    The sharp rise in MENL’s profit highlights the benefits of operational efficiency and revenue diversification. The significant jump in electricity sales reflects both optimal plant utilization and possibly favorable power purchase agreements. The insurance claim payout indicates effective risk management, likely linked to project or operational contingencies. Reduced interest expenses suggest improved debt servicing ability, which can enhance investor confidence.

    If the company sustains its current revenue streams and cost control measures, coupled with its growing asset base, MENL could see continued earnings growth in the coming fiscal years, potentially strengthening its position as a leading player in Nepal’s hydropower sector.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026