·

मुक्तिनाथ क्यापिटल : ९% नगद लाभांश घोषणा

Author

NEPSE TRADING

मुक्तिनाथ क्यापिटल : ९% नगद लाभांश घोषणा

मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्ना सेयरधनीलाई ९ प्रतिशत नगद लाभांश (करसहित) दिने घोषणा गरेको छ। क्यापिटलको भदौ १६ गते बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो।

कम्पनीले लाभांश प्रस्ताव अनुमोदनका लागि आगामी असोज १० गते साधारण सभा आह्वान गरेको छ। सभा काठमाडौंस्थित आरण्य बुटिक होटल एन्ड रेष्टुरेन्ट प्रालिमा अपराह्न ४ बजे सुरु हुने क्यापिटलले जनाएको छ।

साधारण सभामा आर्थिक वर्ष २०७८/८२ को नाफा–नोक्सान हिसाब सम्बन्धी छलफल हुने छ। साथै, आर्थिक वर्ष २०७९/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण लगायतका अन्य एजेन्डामा पनि निर्णय गरिनेछ।

Related News